Skip to main content

गजल

गजल

अहो! कस्तो मिलेका हुन प्रचण्ड र ओलीहरु ।
कति छिट्टै फेरिएछन यी दुईका ती बोलीहरु ।।

दुई तिहाई ल्याई राज गर्ने दाबी आएका छन  ।
आपसमै शंका गर्छन् गठबन्धनका टोलीहरु ।।

पुजिबाद बिकास गर्दै समाजबादको मार्गचित्र  ।
केको निम्ति बगेका हुन रगतका ती खोलीहरु ।।

कहिले हो निकाली दिने भन लाल कमरेडहरु ।
घाइतेका शरीरभित्र अड्किएका ती गोलीहरु ।।

उस्तै छन् गाउँ बस्तीहरु गरिबी झन उस्तै छ  ।
चुहिने छानो फाटेका ती गुन्यू अनि चोलीहरु ।।

नाताबाद कृपाबाद घुसखोरीको बिगबिगी छ ।
अझै भरिएका छैनन् भ्रष्टाचारका झोलीहरु ।।

आश्वासन सबैले दिन्छन् कर्म गरी देखाउनु ।
होइन भने अन्धकार हुन्छन् धेरै भोलिहरु ।।

२०७४/०८/०१

Popular posts from this blog

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...