Skip to main content

बुलिंग खगराज बराल

– खगराज बराल
सार सङ्क्षेप
बुलिङलाई धम्क्याएर वा बल प्रयोग गरेर शोषण गर्नु, सताउनु, तर्साउनु, दुःख दिनु, धम्क्याउनु जस्ता विविध अर्थमा प्रयोग गर्ने गरिन्छ । बुलिङ शारीरिक, शाब्दिक, सम्बन्धात्मक र साइबर गरी चार प्रकारको हुन्छ । शारीरिक बुलिङमा हिर्काउने, मुक्का प्रहार गर्ने वा लात हान्ने जस्ता प्रत्यक्ष शारीरिक आक्रमण पर्छन् भने शाब्दिक बुलिङमा व्यङ्ग्य गरिन्छ । सम्बन्धात्मक बुलिङ भनेको साथीत्व तोड्ने हो । त्यस्तै विद्युतिय माध्यमको प्रयोग गरेर अरूलाई आघात पुर्याउने कार्य साइबर बुलिङ हो । बुलिङ घर, विद्यालय, कार्यस्थल जहाँ पनि हुनसक्छ । विद्यालयमा हुने बुलिङ शिक्षक विद्यार्थीबिच वा विद्यार्थी विद्यार्थी बिच हुनसक्छ ।
विभिन्न अध्ययनहरूले बुलिङका कारण विद्यार्थीहरूले विद्यालय मात्र छोड्ने नभई आत्महत्या नै गरेका घटनाहरू घटेको तथ्य उजागर गरेका छन् । नेपालका विद्यालयस्तरका विद्यार्थीहरूमा बुलिङ भईरहेको छ । यसलाई न त शिक्षकले न त अभिभावकहरूले गम्भिर समस्याको रूपमा लिएका छन् । कुनै सन्दर्भमा त पिडितलाई नै दोषी देखाउने गरेको पाइन्छ । घर र विद्यालयको वातावरण अनुकूल नभएका कारणले विद्यार्थीहरू बुलिङका घटना सम्बन्धमा उजुरी गर्दैनन् ।
बुलिङले विद्यालय छाड्ने, कक्षाबाट भाग्ने जस्ता परिणाम ल्याउने हुनाले यसले विद्यार्थीको सिकाइमा नकारात्मक असर पुर्याउँछ । यसर्थ, बुलिङलाई शिक्षक तथा आमाबाबुले गम्भिरतापूर्वक लिई सो को न्यूनीकरणका लागि पर्याप्त प्रयत्न गर्नुपर्छ ।
विषयप्रवेश
अङ्ग्रेजीमा बुलिङ (bullying) शब्दको नेपालीमा मिल्दो शब्द खोज्न कठिन छ । बुलिङको आसय जिस्काउने, गिज्याउने, हेप्ने, होच्याउने आदि हुन सक्छ । नेपाली परिवेशमा विभिन्न शब्द तथा कार्यबाट बुलिङको प्रतिनिधित्व भएको देखिन्छ । यस लेखमा तर्साइने/ धम्क्याईने, जिस्काउने, गिज्याउने, हेप्ने, होच्याउने सन्दर्भलाई बुलिङका रूपमा लिइएको छ ।
सबैले भन्ने गरेको तर खासै प्राथमिकतामा नपरेको बुलिङबाट नेपाली विद्यालय र शिक्षालयमा विद्यार्थीहरू प्रताडित छन् । बुलिङलाई प्राय : अभिभावक तथा विद्यालयका शिक्षक एवम् व्यवस्थापकले चासो देखाएको पाइँदैन । विद्यार्थीहरू बुलिङबाट सताइए पनि घर परिवारका सदस्य, साथीभाइ, अभिभावक, शिक्षक तथा आफन्तसँग व्यक्त पनि गर्दैनन् । बुलिङबाट प्रताडित हुँदै धेरै विद्यार्थीले आफ्नो विद्यार्थी जीवन टुङ्ग्याएका हुन्छन् । विद्यार्थीहरूले बिचैमा विद्यालय छोड्ने, घर परिवारसँग राम्रो सम्बन्ध नहुने, घर नै छोडेर भाग्ने जस्ता व्यवहार बुलिङका कारणबाटै सिर्जना भएका हुन्छन् । विद्यालय शिक्षाको प्रणालीमा नराम्रोसँग प्रभाव पारेको बुलिङका सम्बन्धमा यस लेखमा चर्चा गर्ने प्रयास गरिएको छ ।
बुलिङको परिभाषा
बुलिङमा जिस्क्याउने, व्यङ्ग्य गर्ने, धम्क्याउने, हिर्काउने चोर्ने जस्ता प्रत्यक्ष व्यवहारहरू पर्छन् । यस्ता कार्यहरू पीडितका विरुद्ध एक वा एकभन्दा बढी विद्यार्थीहरू ले गर्छन् । प्रत्यक्ष आक्रमणका अतिरिक्त, बुलिङ जानाजानी सामाजिक बहिष्करण जस्तो अप्रत्यक्ष पनि हुन्छ । केटाहरू बुलिङका प्रत्यक्ष विधिमा संलग्न हुन्छन् जब कि केटीहरू अफवाह फैलाउने, सामाजिक बहिष्करण गर्ने जस्ता बुलिङका अप्रत्यक्ष रणनीतिहरू उपयोग गर्छन् (Ahmad & Smith, 1994; Smith & Sharp, 1994) ।
बुलिङ कार्य प्रत्यक्ष वा अप्रत्यक्ष जे भए पनि यसको मुख्य अङ्ग भनेको शारीरिक वा मानसिक भय उत्पन्न गराउने हो । यस्तो शारीरिक वा मानसिक भय समयव्रmममा पटक पटक दोहोरिने गर्छ । यसले हिंसा र दुव्र्यवहारको ढाँचा सिर्जना गर्छ भन्ने हो । बुलिङलाई अङ्ग्रेजीमा यसरी अर्थाएको छ :
Bullying is comprised of direct behaviors such as teasing, taunting, threatening, hitting, and stealing that are initiated by one or more students against a victim. In addition to direct attacks, bullying may also be more indirect by causing a student to be socially isolated through intentional exclusion.
While boys typically engage in direct bullying methods, girls who bully are more apt to utilize these more subtle indirect strategies, such as spreading rumors and enforcing social isolation (Ahmad & Smith, 1994; Smith & Sharp, 1994).
Whether the bullying is direct or indirect, the key component of bullying is that the physical or psychological intimidation occurs repeatedly over time to create an ongoing pattern of harassment and abuse (Batsche & Knoff, 1994; Olweus, 1993). (Resource : http://en.wikipedia.org/wiki/Bullying)
बुलिङ शब्दको उत्पति
“बुलिङ अर्थात तर्साउनु÷धम्क्याउनु” भन्ने शब्द सबैभन्दा पहिले १५३० को दशकमा डच भाषाको boel “प्रेमी, भाइ”, सम्भवत उच्च मध्यम जर्मनको buole “भाइ” को सानो रूप हो, जसको उत्पति अनिश्चित छ, बाट प्रयोग भएको थियो, जसको अर्थ “मायालु/प्रिय” भन्ने हुन्थ्यो ।
सो शब्द महिला तथा पुरुष दुबैलाई प्रयोग गरिन्थ्यो । सो शब्दको अर्थ १७ औँ शताब्दीदेखि “राम्रो साथी”, “घमण्डी”, “कमजोरलाई दुःख दिनु” हुँदै बिगारियो । यसको अर्थ “वेश्याको संरक्षकमा” जस्तै “मायालु/प्रिय” र “निर्दयी” बिचको हुनसक्छ, जुन बुलिङ अर्थात “तर्साउनु/धम्क्याउनु” को एउटा अर्थ (१७०६ सम्म स्वीकृत नगरिएको भएतापनि) हो ।  “बुलिङ अर्थात तर्साउनु/धम्क्याउनु” भन्ने शब्द सन् १७१० मा स्वीकृत भएको हो ।
(resource : http://en.wikipedia.org/wiki/Bullying)
बुलिङलाई अर्को व्यक्तिलाई शारीरिक, मानसिक र संवेगात्मक रूपमा दुखी बनाउने लक्ष्यका साथ निरन्तर गरिने आक्रमक व्यवहारको रूपमा परिभाषित गर्न सकिन्छ । बुलिङलाई अर्को व्यक्ति उपर शक्ति आर्जन गर्नका लागि निश्चित तरिकाले गरिने व्यवहारको रूपमा चित्रित गरिन्छ । यसलाई चार प्रकारमा विभाजन गर्न सकिन्छ :
१. शारीरिक (हिर्काउने, मुक्का प्रहार गर्ने अथवा लात हान्ने)
२. शाब्दिक (नामले बोलाउने (नाम काढ्ने) अथवा व्यंग्य गर्ने)
३. सम्बन्धात्मक (साथीसङ्गीको स्वीकार्यता र साथीत्व तोड्ने)
४. साइबरमार्फत तर्साउनु/धम्क्याउनु (अरूलाई आघात पुर्याउन विद्युतीय माध्यम प्रयोग गर्ने)
शारीरिक, शाब्दिक र सम्बन्धात्मक रूपमा बुलिङ प्रायः जसो प्राथमिक विद्यालय र सोभन्दा अझ अघिपनि देखा पर्छन् । साइबरमार्फत बुलिङ कार्य प्राथमिक विद्यालयमा भन्दा माध्यमिक विद्यालयमा बढी देखिन्छ ।
बुलिङको प्रकृति
बुलिङ सार्वजनिक स्थलमा मात्र होइन निजी तथा व्यक्तिगत घरमा पनि हुने गर्छ । विद्यालयमा हुने बुलिङको समस्या संसार भर नै पाइन्छ । यसका कारण बालबालिकाहरूमा नकारात्मक परिणाम देखिन्छ । सुरक्षित र भयरहित वातावरणमा विद्यार्थीले सिक्न पाउने अधिकारलाई बुलिङले अवरोध गरिदिएको छ । बुलिङले तत्कालको पठनपाठन र विद्यालयको गतिविधिलाई मात्र असर गर्दैन, यसले बालबालिकाको भावी जीवनलाई अन्धकारतिर धकेलिदिन्छ ।
बुलिङको समस्याले पीडितको मात्र नभई पीडकको पनि भावी जीवनलाई असर पार्दछ । नर्वे, फिनल्यान्ड, डेनमार्क, स्वीडेन जस्ता देशहरू, बेलायत, जापान जस्ता मुलुकहरूमा विद्यालयमा हुने बुलिङका सम्बन्धमा अनुसन्धान भएको पाइन्छ । यस्ता अनुसन्धानहरूले विद्यालयमा शिक्षामा बुलिङ भईरहेको देखाउँछन् ।
गिज्याउने, धम्की दिने, चिमोट्ने, चोर्ने, पिट्ने जस्ता प्रत्यक्ष व्यवहार बुलिङअन्तर्गत पर्दछन् । प्रत्यक्ष आव्रmमणका साथसाथै अप्रत्यक्ष रूपमा सामाजिक रूपमा एक्लो पार्ने र नियतवश बहिष्करण गर्र्ने कार्य पनि बुलिङअन्तर्गत पर्दछ । बुलिङ प्रत्यक्ष वा अप्रत्यक्ष जे भए पनि बुलिङका व्यवहारले व्यक्तिलाई शारीरिक तथा मनोवैज्ञानिक असर पार्ने गर्दछ । यसले व्यक्तिलाई हतोत्साहित गराउँछ र व्यक्तिलाई दुव्र्यवहारको शिकार बनाउँछ । अनुसन्धानहरूले विद्यालयमा झण्डै १५% विद्यार्थीहरू बुलिङको शिकार भएको देखाएका छन् ।
(http://www.education.com/reference/article/Ref_Bullying_Schools)
बुलिङका घटना प्रत्यक्ष, नियमित मात्र नभर्ई साङ्केतिक रूपमा पनि हुने गरेको पाइएको छ । प्रत्यक्ष बुलिङका घटना प्रारम्भिक कक्षाहरूबाट सुरू भई विद्यालय तहको निम्न माध्यमिक तह वा जुलियर हाइस्कुलका वर्षमा अधिक मात्रामा हुँदै माध्यमिक तहमा व्रmमशः कम हुँदै गएको पाइन्छ । विद्यालयको आकार, जातिय बनौट, विद्यालयको भौगोलिक स्थिति, सहरीकरण आदिले बुलिङका घटनामा खासै प्रभाव पारेको देखिँदैन । प्रायः बुलिङ गर्ने पीडक केटाहरू हुने गर्छन् र बुलिङका घटनामा केटीहरूलाई कम प्रभाव पारेको पाइन्छ ।
बुलिङ विद्यालयको परिसरमा मात्र सीमित हुँदैन । त्यो त शारीरिक शिक्षाका कक्षाहरू, खेलकुद, शौचालय, चमेना गृह, विद्यालयका सवारी साधन, बसको प्रतिक्षालय लगायत विद्यालयभित्र र बाहिर सबै स्थानमा हुने गर्छ । बुलिङ विभिन्न किसिमले गरिन्छन् : साइवर बुलिङ, अपाङ्गलाई गरिने बुलिङ, कानुनी बुलिङ, अभिभावकबाट गरिने बुलिङ, विद्यालयमा गरिने बुलिङ, भौतिक रूपमा गरिने बुलिङ, कार्यक्षेत्रमा बुलिङ आदि ।
बुलिङ कार्यमा संलग्न विद्यार्थी आफू बलियो भएको अनुभव गर्दछन् । यस्ता विद्यार्थीमा परपीडामा आनन्द मान्ने मनस्थिति हुने गर्छ । यस्ता विद्यार्थीलाई परपीडक ९क्बमष्कत० भन्ने गरिन्छ । यस्ता विद्यार्थीले आफूले गरेका व्यवहारलाई बचावट गर्छन् । यिनीहरूले पीडितलाई नै दोषी देखाउँछन् । बुलिङमा संलग्न विद्यार्थीको व्यवहार घरदेखि नै फरक भएको हुन्छ । जुन घरमा शारीरिक दण्ड दिने गरिनछ, जसका अभिभावकहरूले छोराछोरीलाई ध्यान दिर्दैनन् त्यस्ता परिवारका सन्तानमा परपीडक मनस्थिति विकास हुने गर्छ ।
बुलिङ व्यवहार देखाउने विद्यार्थीले नकारात्मक व्यवहार देखाउने, गैर सामाजिक क्रियाकलाप देखाउने र समय समयमा विद्यालयका नीति नियमलाई तोड्ने पनि गर्छन् । पीडितहरू बढी चिन्तित देखिन्छन्, कहिले काहीँ त आफैंलाई नै नराम्रो ठान्ने र आफैंलाई दोषी महसुस गर्ने गर्दछन् ।
अभिभावकहरूले बुलिङका सम्बन्धमा आफ्ना छोराछोरीसँग छलफल गर्ने गर्दैनन् । अधिकांश बुलिङबाट पीडित विद्यार्थीले आफ्ना अभिभावकलाई विद्यालयमा भएको बुलिङका बारेमा बताउने गर्दैनन् । पीडित विद्यार्थीहरूलाई बुलिङका सम्बन्धमा आफ्ना अभिभावकहरूले सहयोग गर्छन् भन्नेमा विश्वास छैन ।
एक व्यक्तिको अनुभव : बुलिङका सम्बन्धमा एक मामला
विद्यालय तहमा हुने बुलिङसम्बन्धी एक लेखकको अनुभवलाई यहाँ प्रस्तुत गरिएको छ :
“मेरो विद्यालय शिक्षा वि.सं.२०३३/०३४ को शैक्षिक सत्रबाट सुरू भएको हो । बुवा शिक्षक भएका कारण घरेलु वातावरण मिलेकाले कक्षा एकको सिकाइ उपलब्धि हासिल भइसकेको भनी सिधै कक्षा २ मा भर्ना भएको थिएँ । त्यसभन्दा अगाडि बुवा र दाजुसँग विद्यालय जाने र शिशु कक्षामा बस्ने बानी परेको थियो । प्राथमिक तहमा बुवा शिक्षक भएका कारण मैले बुलिङको खासै अनुभूति गरिनँ तर बालजन्य गल्ती हुँदा पनि हेडसरको छोराले गल्ती ग¥यो भनी टिका टिप्पणी हुन्छ भनेर बुवाले विद्यालयमा हप्काउने गर्दा साथीभाइका अगाडि ज्यादै नरमाइलो लाग्दथ्यो ।
प्राथमिक तह (कक्षा १–३) को अध्ययन पश्चात् भने मेरा बुलिङका दिन सुरू भए । प्राथमिक तह पुरा गरेपछि निम्न माध्यमिक तह (कक्षा ४–७) अध्ययन गर्न झण्डै ४५ मिनेटको दुरीमा रहेको विद्यालय जानुपर्दथ्यो । घरमा सामान्य गल्ती भएमा अब काहुले पानी, लेकको पाखाको स्कुलमा जानुपर्छ्, अनि त्यहाँ गुरूङका केटाहरूले पिटेपछि चाल पाउलास् । यस्तै यस्तै भनाइ सुनिन्थ्यो । मेरो गाउँको एउटा पाटोमा ब्राह्मण बस्ती र अर्को पाटो गुरूङ बस्ती रहेको थियो । दुवै बस्तीको बिचमा निम्न माध्यमिक विद्यालय रहेको थियो । लेकको पाखाको स्कुल पढ्न गएपछि पिटाइ खानु पथ्र्यो, शिक्षकहरू कडा छन् भन्ने सोचाइले विद्यालय जान मन लाग्दैनथ्यो ।
कक्षा ४ मा भर्ना भएपछि लेकको पाखाको निम्नमाध्यमिक विद्यालयमा जान सुरू भयो । कक्षामा भर्ना भएका विद्यार्थी मध्ये र झण्डै स्कुलमा सबै विद्यार्थी मध्ये म उमेरले, शारीरिक बनोटले पनि सानो थिए । त्यसैले होला मलाई सबैले “फुच्चे” भनेर बोलाउन थाले ।
मेरो आफ्नै नाम थियो तर त्यो नामबाट सबैले प्रायः बोलाउदैनथे । मेरो नाममा बुलिङ गरिन्थाो । मलाई फुच्चे भनियो । कक्षामा म भन्दा ठुला ठुला साथीहरू थिए । उनीहरूले मलाई अगाडिको बेञ्चमा बस्न दिदैनथे । सानो उचाइको मान्छे त्यसमा पनि पछाडि बेञ्चमा बसाइ, मलाई सकसपूर्ण हुन्थ्यो । त्यसवेला कपाल काट्ने चलन गाउँघरमा आफ्नै किसिमले हुन्थ्यो । प्रायः जसो बुवाले ब्लेडले नै कपाल काटिदिनु हुन्थ्यो । ब्लेडले पुरै कपाल काटिदिएपछि टोपी लगाएर स्कुल जान्थे ।
ब्राह्मणको सन्तान भएकाले कपाल काटेपछि टुप्पी राख्ने चलन थियो । मेरो पनि टुप्पी थियो । कक्षाका ठुला ठुला साथीहरूले मेरो टोपी देखेपछि खोसिदिन्थे, टोपीलाई भलिबल जस्तो खेल्थे, कोही मेरो टुप्पी समाएर “चोर छ कि साधु छ ?” भन्दै टुप्पी ठडाउनेतिर लाग्थे । म सबै विद्यार्थीको अगाडि हाँसोको पात्र हुन्थे । दिनभरि टोपी नपाएर कपाल काटिएको टाउको लिएर बस्थे । बेलुकी घर जाँदा टोपी नभए गाली खानु पथ्र्यो । यो समस्या मैले विद्यालयका शिक्षकहरूलाई भन्न सक्दैनथे । यदि मैले उजुरी गरँे भने कक्षाका ठुला ठुला साथीबाट कुटाइ खानु पथ्र्यो ।
म कक्षा ५ मा पुगेपछि पनि यही प्रवृत्ति दोहोरियो । वर्षको ३/४ पटक कपाल काट्ने, उनीहरूले टोपी खोस्ने, टुप्पी खेलाउने, गिज्याउने पिट्ने यस्तै यस्तै । म ५ कक्षामा अध्ययन गर्दा म भन्दा उमेरले सानो कक्षा ४ मा भर्ना भएको एउटा गुरूङ भाइले समेत मलाई ठुला ठुला साथीका आडमा पिट्थ्यो । म प्रतिकार गर्न सक्दैनथँ । प्रतिकार गरेमा ठुला साथीहरूले मलाई पिट्न आउथे । स्कुलमा हुने यस्ता बुलिङ प्रति स्कुल र शिक्षक बेखबर थिएँ । कसैले उजुरी गरे पनि वास्ता गरिँदैनथ्यो ।
कक्षा ५ मा अध्ययन गर्दा एकजना गुरूङ साथीले मिठाइको पोका केही समय लिइदिन अनुरोध ग¥यो । मलाई सङ्कट आइलाग्यो । नलिए “किन नलिएको” भनेर पिट्ने, लिएमा मिठाइ हरायो भनेर पैसा माग्ने । त्यस समयमा स्कुलमा अधिकांश विद्यार्थीहरूले मिठाइको प्याकेट ल्याउने र खुद्रा विक्रि गर्ने चलन थियो । मैले उसबाट मिठाइको प्याकेट लिइदिएँ । केही समयपछि उसले मिठाइको प्याकेट मबाट फिर्ता लियो । एक घण्टापछि उसले मलाई मिठाइ चोरेको आरोप लगायो । मैले आफूले नचोरेको भनेर विभिन्न कसम खाएर विश्वास दिलाउने प्रयास गरे । उसले मलाई मिठाइ चोरेको आरोप लगाइ रह्यो । दिनदिनै “मिठाइ चोर” भनिरह्यो । नखाएको बिष लगाउने प्रयास गर्यो ।
अब त ३ ओटा मिठाइ हराएकाले “तैले नै चोरेर खाएको होस् । पैसा तिर् ।”, भन्यो । मैले मिठाइ चोरेको पनि थिइनँ । उसले मसँग पैसा मागिरह्यो । पिटिरह्यो । यो सहन नसकेपछि मैले नचोरे पनि नखाए पनि पिटाइबाट जोगिन पैसा तिर्नै नै निश्चय गरेँ । पैसा तिर्नका लागि मसँग केही थिएन । यो बुलिङबाट मुक्त हुन कहिल्यै नसोचेको अपराध गर्न उद्घत भएँ । बुवाको पैसा त झिक्न सक्दैनथँे, आमाले पूजा गर्न राखेको देवताको फोटो पछाडिको एक रूपैयाँ चोर्ने निश्चित गरें ।
घरमा मलाई चोर्छ भन्ने विश्वास नै थिएन । आमाको एक रूपैयाँ चोरेर त्यो साथीलाई बुझाएँ । त्यो साथीले पैसा पाएपछि मलाई झन् पक्का चोर भन्न थाल्यो । घरमा आमाले एक रूपैयाँ हराएको त थाहा पाउनु भएछ तर कसले चोर्यो भनी शङ्का गर्न नै सक्नु भएन छ । जिन्दगीमा बुलिङबाट जोगिन चोर बन्न तयार भएँ ।
शिक्षकबाट पनि म बुलिङ भएको थिएँ । घरमा सानो भाइ थियो । भाइको हेरचार गर्नु पथ्र्यो । शिक्षकले घरायसी कुरा निकालेर कक्षामा सबैका अगाडि गिज्याउनु हुन्थ्यो । म लाज मानेर बस्थेँ । शिक्षकले भनेको कुरालाई लिएर विद्यार्थीहरूले झनै गिज्ज्याउँथे । एक जना नारायण नामका शिक्षक हुनुहुन्थ्यो । वहाँले सबैलाई किताब बन्द गर्न लगाउनु भयो । हामी सबैले किताब बन्द गर्यौँ । वहाँले एकाएक मेरो कान बटार्नु भयो । कन्चटका रौं तान्नुभयो । मलाई अचम्म लाग्यो । किन मलाई सजाय दिएको होला ? मैले पुस्तकको बाहिरी पृष्ठको गाता मिलाइ रहेकोमा मलाई पिट्नुभयो ।
म कक्षाको सानो विद्यार्थी नै थिए । अर्को, शारीरिक शिक्षा पढाउने शिक्षकले प्रार्थनामा लाइन नमिलेको भनेर लात्ताले (जुत्ता लगाउनु भएको थियो) हान्नु भयो । म लडें । कक्षाको सानो विद्यार्थी भएकाले लाइनमा सबैभन्दा अगाडि बस्नुपथ्र्यो । अगाडिको व्यक्तिले कभर अपमा हात अगाडि बढाउनु पाइदैनथ्यो । मैले झुक्किएर बढाउँथे । जति गर्थेँ, उति पिट्नु हुन्थ्यो, लठ्ठील,े हातल,े लात्ताले । अगाडि उभिएको हुँदा पछाडिकाले के गर्छन् थाहा हुँदैनथ्यो । पछाडिका साथीहरूले अगाडिकाले जस्तो गर्छन् त्यस्तै गर्नुहुन्थ्यो । म अगाडि भएकाले त्यो अवसर पनि पाइन । पछाडिका साथीहरूले कहिले गर्धनमा चिमोट्थे, कहिले टोपी तान्थे, कहिले टुप्पी । पछाडिका साथीहरूले मेरा चप्पलमा टेक्ने काम त कैयौं दिन गर्थे ।
कक्षाका सिधा र साना साथीहरूले पुच्छर बनाएर बुलिङबाट पीडा त धेरै नै खपियो । सानो भएकाले कक्षाको अगाडि बस्ने अवसर पाउँदा पछाडिका ठुला साथीहरूले कागतको पुच्छर बनाएर हाफ पाइन्टमा झुण्डयादिन्थे । थाहा नपाई बाहिर आइन्थ्यो सबैले “बाँदर आयो, बाँदर आयो ” भन्थे । हाँसोको पात्र बनिन्थ्यो ।
यस्तै बुलिङ सँहदै कक्षा ८ मा पुगियो । कक्षा ७ सम्मको विद्यालय प्रस्तावित माध्यमिक विद्यालय हुने भयो । म पनि त्यहीँ पढ्ने भएँ । फेरि त्यहीँ साथीहरू, त्यही शिक्षक त्यही विद्यालय र त्यही बुलिङका घटना । अर्को उपाय थिएन ।
माध्यमिक विद्यालय सञ्चालन भएपछि ठुला ठुला शरीरका, कक्षा ७ को पढाइपछि अध्ययन छोडेका दाइ दिदीहरू पनि पढ्न आए । उनीहरूका तुलनामा हामीहरू लिलिपुटका बित्ते मानव जस्तै भयो । हामीले कक्षाका अगाडिका बेञ्चमा बस्न त पाएनौ नि, स्कुलमा हामीले खेल्न पाउने खेलबाट पनि बञ्चित भयाँै । म त झन पछाडि परें । भलिबल खेलमा कहिल्यै भाग लिन पाइनँ । भलिबल खेल त ठुला ठुला साथीहरूको हातमा नै हुन्थ्यो । मैले खेल्ने प्रयास गर्दा हप्काइ पिटाइ खानु पथ्र्यो । पहाडको भिरालो ठाउँमा स्कुल, भलिबल खेल्दा तलतिर जान्थ्यो ।
तल गुडेको भलिबल रोक्ने काम म जस्ता साना–सानाको हुन्थ्यो । विद्यालयमा हुने व्रिmयाकलापमा पनि ठुलाले सानोलाई बुलिङ गर्थे । नमानेमा टाउकोमा हातको पञ्जालाई उत्तानो पारेर ट्वाकट्वाक हानिन्थ्यो । कञ्चटका रौं तानिदिन्थे, कानको लोती तान्थे ।
कक्षा नौमा अध्ययन गर्दा ठुला विद्यार्थीहरूले साना विद्यार्थीको झोला साटिदिने, एउटाको झोलाभित्रका सामान अर्काकोमा राखिदिने, झगडा गराइदिने, पिटापिट गर्न उक्साउने गर्न थाले । झगडा गर्न र लड्न नचाहने विद्यार्थी विद्यालय आउन छाडे । शिक्षकले प्रश्न सोध्दा विद्यार्थीले उठेर जवाफ दिनुपथ्र्यो । यसरी उठेको समयमा बेञ्चमा कलम ठड्याएर राखिदिने, झोला राखिदिने, किताब राखिदिने गर्दथे । एकपटक कलम ठड्याएर राखेपछि मेरो पछाडिको भागबाट रगत नै बगेको थियो ।
मेरो टोलको एउटा भाइले यस्तै बुलिङका घटनाले विद्यालय जान नै छाडे । कति साथीहरूको पठन पाठन अवरूद्ध भयो । कतिको सिकाइ अवरूद्ध भयो ।”
बुलिङसम्बन्धी जापानी अनुभव
बुलिङसम्बन्धी जापानी अनुभवमा यसरी उल्लेख गरिएको छ (बराल : २०६९) :
विद्यालयमा हुने बुलिङसम्बन्धी हिंसा (School Violence) का सम्बन्धमा चार किसिमले हेरिदो रहेछ : विद्यार्थीबाट शिक्षकमाथि हुने हिंसा (Violence to the teachers) विद्यार्थीविद्यार्थी बिच हुने हिंसा (Voilece among students), विद्यालयबाहिरका बालबालिकाबाट हुने हिंसा (Violence done by the children outside the school) र सम्पत्तिको हानी नोक्सानी गरी गरिने (Violence by damaging the property)। गिज्याउने र सताउने (Bullying) का घटनाहरू बढेका छन् ।
तथ्याङ्कले कक्षा ७ वा १३ वर्षका उमेरका बालबालिकामा हिंसाका घटना बढी भएको देखाएको छ । यही कक्षामा बुलिङ (Bullying) पनि बढेको देखाएको छ । कक्षा ७ मा ६ र ८ का तुलनामा बुलिङ (Bullying) बढी भएको पाइन्छ । प्राथमिक शिक्षाबाट निम्न माध्यमिक तहमा आउने र यौवनावस्थामा प्रवेश गर्ने उमेर भएकाले यस समयमा बढी हिंसाका घटना भएको पाइन्छ । आफ्ना सहकर्मीबाट भौतिक तथा मानसिक रूपमा सताइनुलाई बुलिङ (Bullying) भनिएको पाइन्छ । बुलिङ (Bullying) लाई कहिल्यै पनि माफ दिन सकिदैंन भन्ने भनाइ रहेको छ ।
यसबाट व्यक्तिको जीवनमा दुर्घटना निम्तन सक्छ । The Daily Yomiuri (Friday, September 7, 2012) सम्वाददाता लेख्छन्– सापोरामा एकजना १२ वर्षीय निम्न माध्यमिक विद्यालय छात्रले बुलिङ (Bullying) का कारण अपार्टमेन्टबाट हाम फाली आत्महत्या गरेका छन् । सेप्टेम्बर ६ गते बिहान ७ः१० तिर एकजना छिमेकीले अपार्टमेन्टको अगाडिको बाटोमा निज छात्र लडिरहेको देखेका थिए । घाइते छात्रलाई अस्पताल पु¥याएपछि मृत घोषणा गरिएको थियो ।
होक्काइडो प्रिफेक्चुवल प्रहरी र सापरो सहर शिक्षा बोर्डका अनुसार उक्त छात्रले लेखेको डायरीमा बुलिङ (Bullying) का कारण आफू बाँच्न नसकेको उल्लेख छ । सोही पत्रिकामा शिक्षा मन्त्रालयले विशेषज्ञको सहभागितामा विस्तृत बुलिङविरुद्धको निर्देशिका सार्वजनिक गरेको कुरा ठूलो महत्तवका साथ उल्लेख गरिएको छ । यस किसिमको समस्यासँग जुध्न मन्त्रालयले आर्थिक वर्ष २०१२ देखि २.७ मिलिनयन बजेटलाई बढाएर ७.३ मिलियन पु¥याएको छ । पत्रकार सम्मेलनमा शिक्षा मन्त्री हिरोफुमी हिरानोले गम्भीर घटनाहरूले विद्यार्र्थीहरू ज्यादै खतरामा भएको देखिएको छ, यस्ता समस्यालाई हामीले प्रत्यक्ष र सावधानीपूर्वक सामना गर्नुपर्छ भनी उल्लेख गरेका थिए ।
शिक्षा मन्त्रालय पूर्व प्रहरी अधिकृत, मनोवैज्ञानिक, कानुनविद् र विशेषज्ञसहितको टोली निर्माण गर्ने योजनामा छ । बुलिङ्बाट विद्यार्र्थीलाई कसरी बचाउने भन्ने सम्बन्धमा स्थानीय शिक्षा बोर्डलाई पनि परिचालन गरिने उल्लेख छ । सरकारले आर्थिक वर्ष सन् २०१२ मा योग्य मनोवेत्तालाई देशका ९,८३५ सामुदायिक निम्न माध्यमिक र १३,८०० सामुदायिक प्राथमिक विद्यालयमा पठाउने निर्णय पनि गरेको छ । सबै प्राथमिक, निम्न माध्यमिक तथा माध्यमिक विद्यालयमा बुलिङ्का विरुद्ध २४ घण्टे हटलाइन सेवासहित आपतकालीन सूचना कार्ड वितरण गरिने पनि उल्लेख छ । Source: The Daily Yomiuri (Friday, September 7, 2012,  26-!7-1 Ginza, Chuo Ward, Tokyo 104-8243)
बुलिङसम्बन्धी एघारओटा तथ्यहरू (11-facts-about-bullying)
१. प्रत्येक वर्ष तिस लाख बिसहजारभन्दा बढी विद्यार्थीहरू बुलिङ्का सिकार हुन्छन् । (Over 3.2 million students are victims of bullying each year.)
२. प्रत्येक दिन झण्डै एक लाख साठी हजार किशोर किशोरीहरू बुलिङ्का कारण विद्यालयबाट भाग्छन् । (Approximately 160,000 teens skip school every day because of bullying.)
३. १७ प्रतिशत अमेरिकी विद्यार्थीहरूले एक विद्यालय सेमेष्टरमा महिनामा २ देखि ३ वा सोभन्दा बढी पटक बुलिङको शिकार भएको भनी उजुरी गर्छन् । विद्यालयको बुलिङ विरुद्धको नीतिहरूलाई आवश्यकता अनुसार परिवर्तन गर्दै तपाईको समुदायमा बुलिङ सम्बन्धमा सुधारका कार्यहरू आयोजना गरी सो मा अडिग रहनुहोस् । (17% of American students report being bullied 2 to 3 times a month or more within a school semester. Take a stand in your community by hosting a Bullying Policy

Popular posts from this blog

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्ष

गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु

भूमिराज शर्मा गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु                               गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव हुँदैन ।            मानवीय क्रियाकलापको अन्र्तनिहित शक्ति गणितमा नै निहित छ । विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी छ । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिन्छ । कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्छ तर गणितमा अब्बल विद्यार्थी आफूलाई हरेक विषयमा अब्बल रहेको प्रमाणित गर्न सक्छ र आफूलाई आत्मविश्वासले भर्न सक्छ । तसर्थ मानव