Skip to main content

गणित सिकाई

गणित विषयलाई कसरी सहज रुपमा सिकाउने भन्ने विषयमा अमेरिका लगायतका मुलूकमा प्रचलनमा रहेको विधि नेपालमा लागु गर्ने अभियान सञ्चालन गरिएको छ।

बालबालिकाहरु काँचो माटो हुन्, तिनिहरुलाई जस्तो आकृति पनि वनाउन सकिन्छ भन्ने परम्परागत मान्यताको विकल्पमा बालबालिकाहरु बीऊ ( seed) हुन, जसलाई जसरी रोप्छौ, मलजल गर्छौ, त्यही अनुसारको बोट निर्माण गर्न सक्छौ भन्ने मान्यताका आधारमा AIM Math ले देशका करिव २ लाख वालवालिकाहरुको गणितीय नैराष्यतामा आसाको दियँ बाल्न सफल भएको छ। यसलाई अब आम वालवालिकाहरुको सारथि बनाउन AIM Math परिवार लागिरहेको छ।

Benjamin Franklin ले आजभन्दा करिव २५० वर्ष अगाडि व्यक्त गरेको भनाई “ Tell me – I forget, Teach me – I remember, And Involve me – I learn “ लाई तथ्यनजर गर्दै AIM Math Program बाट गणित सिकाईमा सहभागिताको आवाज उठाईएको छ।

AIM Math Program ले गणितीय निराशापनमा खुसी र सहजता ल्याउछ त ?

शिक्षण कार्यक्रमका ३ अवयवहरु विद्धार्थी, शिक्षक र अभिभावकको संयुक्त प्रयासवाट मात्र सिकाइ दिगो र प्रभावकारी बन्न सक्छ भन्ने मान्यतालाई जोड दिदै AIM Math ले गणित शिक्षणमा अभिभावकको संलग्नता ( Parents involvement) लाई पहिलो आधार मानेको छ। जसअनुुसार हरेकक बालबालिकाहरुले अभिभावकको सहभागितामा हप्ताको कम्तिमा १ दिन कम्तिमा १० मिनेट गणितिय समस्या समाधान निश्चित समयमा गर्नुपर्नेछ।

गणित शिक्षण क्रमवद्धतामा आधारित भएकोले अगिल्लो शिक्षण तथा सिकाइ प्रकृयाले पछिल्लो शिक्षण र सिकाइमा प्रत्यक्ष प्रभाव पार्दछ, अथवा अगाडिको सिकाइ बिना पछिल्लो सिकाइ सम्भव हुदैन भन्ने मान्यतालाई आत्मसाथ गरेको AIM Math ले Backward and Forward Teaching and learning Process लाई दोस्रो आधार मानेको छ। जसअनुसार जवसम्म वालक एउटा निश्चित तह पार गर्न सफल हुदैन, तबसम्म अर्को तहमा पुग्न सक्दैन। त्यसैले भनिन्छ, AIM Math ले Classwise Upgrade मा विश्वास गर्दैन, यसले Levelwise Upgrading मा विश्वास गर्छ। यसका अतिरिक्त यसले जवसम्म बालक माथिल्लो तहमा चढाउने अवसथामा पुग्दैन, तवसम्म तल्लो तहमै अभ्यास गराईरहन्छ र सफल भएपछि मात्र तह पार गर्न सघाउछ।

हाम्रो विद्धालयमा एउटै कक्षामा विभिन्न तहका विद्धार्थी रहन सक्छन, उनिहरुका फरकफरक क्षमता र बुझाई रहन सक्छन, त्यसैले AIM Math ले कक्षागत भन्दा तहगत सिकाइमा जोड दिएको हो। यसवाट पनि के निष्कर्ष निकाल्न सकिन्छ भने, नेपालका अधिकांस विद्धालयमा आधारभुत तहमा कमजोर शिक्षण प्रणाली रहने, तालिम अप्राप्त वा अविषयगत जनशक्तिवाट शिक्षण गर्ने र माथिल्लो ककष्ामा वालकलाई अपांग वनाएर जवर्जस्ति घचेट्ने जुन प्रचलन छ, त्यसको बिरोध गर्छ र दाविका साथ भन्छ, गणित सिकाईको जग नै आधारभुत तह हो, त्यसैले AIM Math ले कक्षा नर्सरि देखि कक्षा ७ सम्मलाई आधार मानेर Level 1 to Level 10 सम्मका पुस्तकहरु वजारमा ल्याएको छ।

गणित एउटा प्राविधिक विषय हो। जुन खेल, कला वा प्रविधिको रमाईलो साथि पनि हो, जसलाई निश्चित नियम र सिद्धान्तमा आधारित रहेर निश्चित समयावधिमा पुरा गर्नुपर्ने हुन्छ। यसै कुरालाई आत्मसाथ गरेको AIM Math Program ले गणित सिकाईमा समयवन्धन ( Time bound) लाई तेस्रो आधार मानेको छ। AIM Math Program ले हरेक विषयवस्तु बालबालिकाको तह र क्षमता अनुसार निश्चित समयभित्र पुरा गर्ने गरी अभ्यास निर्माण गरेको छ। जसले बालबालिकाहरुलाई कुन गतिमा कति सहि निर्णय गर्न सकिन्छ भन्ने जिज्ञासालाई सहज तुल्याएको छ। त्यसैले त AIM Math भन्छ “ Speed + Accuracy = Mastery.

गणित “ पढ्ने नभई लेख्ने विषय हो, हेर्ने नभई गर्ने विषय हो, सम्झने नभई अनुभुत गर्ने विषय हो” जता तथ्यलाई आत्मसाथ गरेको AIM Math Program ले गणितलाई कार्यशाला ( worksheet) मा आधारित बनाउनुपर्छ भन्ने मान्यतालाई चौथो आधार मानेको छ। प्रसिद्ध दार्शनिक तथाशिक्षाविद Jean jack Rousseau को प्रकृतिप्रेम र वालकलाई प्रकृतिमै सिक्न दिनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै बालबालिकालाई स्वस्फुर्त रुपमा स्वतन्त्र रुपमा सिक्ने बाताबरण तयार गर्नुपर्छ भन्दै AIM Math Program ले गणित प्रयोगशाला ( Math Library) को आवश्यकतालाई अगि सारेको छ।

American Interactive Math विधि प्रसिद्ध गणितिज्ञ ब्रुनर को easy – step by step सिद्धान्तमा आधारित छ। जुन नेपालका विद्धालयमा कक्षा नर्सरी देखि कक्षा ७ सम्म अध्ययनरत आधारभुत तहका सामुदायिक तथा संस्थागत विद्धार्थीमा Level 1 to Level 10 सम्म निर्माण गरिएका worksheet मा आधारित सहायक पुस्तकको माध्यमबाट अभ्यासमा ल्याईएको छ। जुन पुस्तकहरुमा प्रत्येक बिद्धार्थीले सकभर सधै नत्र कम्तिमा पनि हप्ताको १ दिन Homework and classwork को चरणमा विद्धालयमा र एक दिन घरमा अभिभाबकको रोहबरमा निश्चित समयमै पुरा गर्ने गरि अभ्यास सामग्री दिईएको छ। जसलाई अभिभावक तथा विद्यार्थीले हाउगुजिको विषय नभएर रमाईलो खेल तथा सहयोगि साथिका रुपमा लिनेछन भन्ने विश्वास छ। हामि दाविका साथ भन्छौ तीन महिनाभित्रमा बालबालिका गणित विषयप्रति नजिकिने, रमाउने र अभ्यासमा अग्रसर हुने जस्ता लक्षण देखिनेछन र गणितको हाउगुजि हटेर जानेछ।

kshitiz727@gmail.com

खनाल AIM Math काठमाडौंका क्षेत्रीय संयोजक हुन् । 

Popular posts from this blog

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्ष

गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु

भूमिराज शर्मा गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु                               गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव हुँदैन ।            मानवीय क्रियाकलापको अन्र्तनिहित शक्ति गणितमा नै निहित छ । विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी छ । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिन्छ । कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्छ तर गणितमा अब्बल विद्यार्थी आफूलाई हरेक विषयमा अब्बल रहेको प्रमाणित गर्न सक्छ र आफूलाई आत्मविश्वासले भर्न सक्छ । तसर्थ मानव