Skip to main content

योजना

अरुले झै तपाईले पनि नयाँ बर्षमा गर्ने कामको तालिका सहितको संकल्प गर्नु भएको छ? यदी तपाईंले संकल्प गर्नु भएको छ तर यसलाई कसरी पुरा गर्ने भन्ने सोचमा पर्नु भएको छ भने यस लेखले केहि मद्दत गर्नेछ।

मान्छेले नयाँ बर्षमा म यी कामहरु गर्छु भनी लामो तालिका बनाएका हुन्छन र ती काम हरु गर्ने संकल्प गर्दछन। आखिर किन मान्छेले नयाँ बर्षमा यस्तो संकल्प गर्दछन? मान्छेले नयाँ बर्षमा आफु उपर कुनै असल बानी ब्यहोरा स्थापित गर्न आफु भित्र सकारात्मक परिवर्तनको बिकास होस भन्ने चाहाना राख्दछन।

मान्छे प्रगतिशिल हुन्छ र उ सदा प्रगती कै लागी अग्रसर भएको हुन्छ। मान्छेले गलत काम का लागी संकल्प गरेको भन्ने हामीले कहिले पनि सुनेका छैनउ। त्यसैले नयाँ बर्षको सुरुवातमा गरिने बाचा वा संकल्पको उदेस्य पबित्र हुन्छ। हामी बडो उल्लासका साथ यस बर्ष यो यो काम गर्छौ भनी आफु लाई सकारात्मक प्ररिबर्तन का लागी अभिप्रेरित गर्दछौ, तर आफुले प्रतिज्ञा गरेका ती काम हरु लाई मुस्किल ले एक महिना भन्दा बढी निरन्तरता दिन सक्दैनौ। आखिर हामिले गरेका संकल्पहरु लाई निरन्तरता दिन किन हामी लाई कठिन हुन्छ? आज यस लेख मार्फत हामीले गरेका संकल्पहरु लाई कसरी निरन्तरता दिने भन्ने आफ्नो बिचार प्रस्तुत गर्दैछु।

 कुनै पनि दिन आफुले गरेको संकल्प सुरु गर्न सकिन्छ:

नयाँ बर्ष का लागी आफु ले गरेको संकल्पको सुरुवात नया बर्ष को पहिलो दिन बाट नै हुनु पर्दछ भन्ने होईन। हामीले नयाँ बर्षको संकल्पका लागी ऐले सम्म कुनै कार्य तालिका बनाएका छैनउ भने पनि केहि फरक पर्दैन। त्यस्तै, नयाँ बर्षको सुरुमा कुनै संकल्प गरिएको थियो र अझै आफ्नो काम को सुरुवात हुन सकेको छैन भने पनि फरक पर्दैन। जसरि हामी पुरा एक महिना नै नयाँ बर्षको शुभकामना आदान प्रदान गर्दछौ त्यसै गरी पुरा महिना को कुनै दिन पनी हामी नयाँ बर्षका लागी आफ्नो संकल्प गर्न सक्छौ।

यदी हामीले के के कुरा का लागी नयाँ बर्षका लागी संकल्प गर्ने हो त्यसमा निर्णय लिन सकेनौ भने पनि बर्ष को पहिलो महिना पस्चात पनि संकल्प लिन सर्किन्छ जसलाई नयाँ बर्ष को संकल्प का बदलामा साधारण संकल्प मात्र भनेर सुरु गर्न सकिन्छ।

आफ्नो अवस्यकता अनुसारको संकल्प गरौ:

यदी नयाँ बर्षको एक दिन अघी मात्र तपाई को मनमा आए बमोजिम भोली बिहानै देखी म एक किलो मिटर हिडछु, भोली बिहान देखी नै सिगरेट छोडछु, भोली बिहान देखी नै योगा सुरु गर्छु भनी नयाँ बर्ष का लागी अचानक संकल्प गर्नु भयो भने त्यस्तो संकल्पले निरन्तरता पाउन सक्ने सम्भावना एकदम कम हुन्छ। यसरि कुनै सोच बिचार र भाबी योजना बिना हतारमा तय गरिने नयाँ बर्षको संकल्प दिगो हुँदैन। हुन त संकल्पहरु सफल बनाउन का लागी कुनै जाच र परिक्षण बाट निकालिएका तौर तरिका छैनन तापनी केहि तरिकाहरु याहा प्रस्तुत गर्दैछु जसबाट मलाई फायदा पुगेकोछ।

 मलाई जुन कुरा हरुले फायदा होला जस्तो लाग्दछ म ती कुराहरु लाई नियमित रुपले आफ्नो डायरी मा नोट गर्ने गर्दछु। दिनमा एक पटक बिहान म आफ्नो डायरीमा लेखिएका कुराहरु अध्ययन गर्ने गर्दछु र लेखिएका कुराहरु लाई प्राथमिकता क्रम अनुसार क्रम-बद्द गरेर मैले गर्नु पर्ने कामको लिस्टमा राख्दछु। मैले क्रमबद्द रुपमा राखेका कामहरु मध्य जुन काम मलाई सबै भन्दा बढी उपायोगी लाग्दछ र त्यस्को प्राप्तीले खुशी प्राप्त हुन्छ त्यसलाई सर्बप्रथम् गर्नु पर्ने कामको श्रेणीमा राख्दछु।

त्यसै गरी अन्य उपयोगी कामहरु लाई पनि प्राथमिकता अनुसार क्रमबद्द रुपले राख्दछु। मैले लिपी बद्द गरेका ती काम हरु सम्पन्न गरे पस्चातको परिणाम बाट प्राप्त हुने खुशीका बारेमा म कल्पना गर्दछु….. यी काम भए मलाई आफ्नो काम बाट कती सन्तुष्टी प्राप्त हुदो हो…….. कती खुशी हुदो हो।

यसरि नै ती कामहरु का बारेमा म यती ज्यादा एकाघ्र हुन्छु की ती कामहरु उल्लासका साथ शुरु हुन्छन। यसको मुख्य कारण नै मेरो चाहाना र ईच्छा अनुरुप को कामहरु जस्ले मलाई खुशी दिने भएकाले नै हो। यसमा आत्मसन्तुस्टी प्राप्त हुने भएकाले यस्ता कामहरु दिगो हुन्छन। सोच र योजना नै ठुलो कुरा हो।

यदि तपाई आफुमा कुनै सकारात्मक परिवर्तन होस भन्ने चाहाना राख्दै हुनु हुन्छ वा त्यसको आवस्यकता महसुस गर्दै हुनु हुन्छ भने सर्ब प्रथम त्यसको बारेमा धेरै सोच बिचार गरेर मात्र अगाडी बढेको राम्रो हुन्छ। त्यसको परिणाम बाट प्राप्त हुने फायदा र खुशी का बारेमा सोच्नुस्, कल्पना गर्नुस।

तपाईको सोच र कल्पना ले साच्ची नै खुशी र सन्तोस प्राप्त हुने महसुस भएमा मात्र त्यो काम गर्ने संकल्प गर्नुस। यदी तपाईंले आफ्नो सोच अनुरुपको काम गर्न सक्नु हुन्न भने त्यसले तपाइ को समय बर्बाद गर्नेछ। अत : सन्कल्प  नै गर्नु पर्छ भन्ने छैन, आफ्नो नियमित काममा लाग्नुस , आफुले नसक्ने काम का लागी गरिने संकल्पले तपाई लाई मानसिक तनाब नै बढाउछ।

ठुलो योजनालाई सानो भागमा बिभाजन गरी कार्यतालिका बनाउनुस:

कुनै पनि ठुलो योजनालाई यदी सानो सानो भागमा बिभाजन गरी काम सुरु गरियो भने कार्य सम्पादनमा सरलता हुन्छ। मेरो बिध्यार्थी जिवनताका म आफ्नो पढने कार्य तालिका बनाउने गर्दथे। त्यो कार्य तालिका मा बिभिन्नरङले लेखेर बडो आकर्षक बनाई भित्तामा टास्थे। त्यस कार्य तालिका मा बिहान उठने देखी लिएर पढने, गृह कार्य गर्ने , खेल्ने र बेलुका सुत्ने समय समेत हुन्थ्यो। दैनिक रुप ले पढने र गृह कार्य तर्फ यती बजे देखी गणित, त्यस पछी अङ्रेजी, सामाजिक, बिज्ञान आदी का लागी समय निर्धारण गरिएको हुन्थ्यो।

यस प्रकार अनिस्चित अवधी का लागी तयार गरेको कार्य तालिका दुई दिन भन्दा बढी कैले पनि टिकेन। भोली पल्ट फेरी अर्को नयाँ कार्य तालिका बनाउदथे। जब स्कुलको हप्ता दिनको रुटिन लाई हेरेर मैले आफ्नो अनिस्चित कालिन कार्य तालिकामा सन्सोधन गरी हप्ता - हप्ता का लागी नयाँ कार्य तालिका बनाउन सुरु गरे, त्यस पस्चात मलाई आफ्नो रुटिन अनुरुप को पढाई गर्न सहज भएको थियो।

यस्तै किसिमले तपाईं पनि आफ्नो संकल्प अनुसारको काम लाई सानो सानो भाग मा बिभाजन गरी कार्य तालिका बनाउन सक्नु हुन्छ । आज देखी पाच किलो मिटर पैदल हिडछु भन्ने प्रतिज्ञा गर्दै लक्ष्य अनुसारले काम सुरु गर्नु भन्दा सुरुको तीन हप्ता सम्म एक किलो मीटर्, त्यस पछी बिस्तारै आफ्नो लक्ष्य बढाउने कोशीस गर्नुस। त्यस्तै, आजका दिन देखी नै म सधै समयमा कार्यालय पुग्छु भनी तपाई आफ्नो प्रण नगर्नुस बरु पहिलो तीन हप्ता सम्म नियमित रुपले म कार्यालय समयमा पुग्छु भनी अठोट गर्नुस र त्यही मुताबिक को प्रयास गर्नुस। यसरि कार्य लाई बिभाजन गरी सरल पार्दा तपाईको संकल्प बिचैमा तुहिने सम्भावना न्युन हुन्छ।

यती छोटो समयबाट किन सुरु गर्ने, पुरै बर्ष दिन कै संकल्प किन नगर्ने भनी यदी तपाई सोच्दै हुनु हुन्छ भने यसको मुख्य कारण हो सुरु-सुरु मा आफु लाई बानी पार्नु वा बानी बसाल्नु। अनुसन्धानकर्ता हरु का अनुसार मान्छे लाई कुनै पनि कुराको स्थाई रुपले बानी बसाल्न दुई देखी तीन हप्ताको समय लाग्दछ। जब तपाईको बानी बस्छ तब तपाई आफ्नो रुटिन अनुरुप चल्न सक्नु हुनेछ।

केहि अन्य टिप्स:

आफ्नो कार्य तालिका लाई राम्ररी पढन सक्ने गरी लेखेर आफुले नियमित देख्ने ठाउमा राख्नुस- उदाहरण : मलाई दुई हप्ता सम्म बिहान ६ बजे उठेर योगा गर्नु छ।

आफ्नो संकल्पका बारेमा घर का परिवार वा मिल्ने साथी भाईलाई सुनाउनुस ताकी समय समयमा उनीहरुले तपाईको प्रगती का बारेमा सोध पुछ गरुन। यस बाट तपाई ले आफ्नो कर्तब्य बोध गर्नु हुनेछ।

यदी तपाईले कुनै कारणबस आफ्नो रुटिन बाट बिचलन हुनु पर्‍यो वा आफुले गरेको संकल्प पुरा गर्न सक्नु भएन भने त्यसलाई आफ्नो हार नमानी निरन्तर जिन्दगी लाई अगाडी बढाउने प्रयास जारी राख्नुस।

Popular posts from this blog

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्ष

गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु

भूमिराज शर्मा गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु                               गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव हुँदैन ।            मानवीय क्रियाकलापको अन्र्तनिहित शक्ति गणितमा नै निहित छ । विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी छ । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिन्छ । कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्छ तर गणितमा अब्बल विद्यार्थी आफूलाई हरेक विषयमा अब्बल रहेको प्रमाणित गर्न सक्छ र आफूलाई आत्मविश्वासले भर्न सक्छ । तसर्थ मानव