Skip to main content

शिक्षा सुधार

 स्तरीय, सफा र सुरक्षित भवन तथा कक्षाकोठा तथा प्रतिक्षालयको व्यवस्था गर्न ।

2.     विद्यालयको दुरदृटी,उद्धेश्य तथा लक्ष्य झल्किने अदर्श वाक्य school slogan तयार गरि लेटर प्याड,मूल गेट,कक्षा कोठा तथा विभिन्न स्थानमा लेखन गर्ने ।

3.     विद्यार्थीको उमेर सुहाउँदो फर्निचर र बसाइ व्यवस्थापन गर्न ।      

4.    विद्यालय हातालाई जैविक घेरावार, सुरक्षित पर्खाल वाट सुरक्षित गर्न ।

5.     सुरक्षित र सफा छात्रा मैत्री शौचालय, छात्र शौचालय तथा युरिनलको व्यवस्था गर्न ।

6.     प्रत्येक कक्षा कोठामा सफा, स्वच्छ तथा सुरक्षित पिउनेपानीको व्यवस्था गर्न ।

7.     कक्षा कोठाका भुँइ तथा भित्ता लिपपोत तथा रंग रोगन तथा सजावटगरी आर्कषक,रमणिय र सुरक्षित बनाउन ।

8.    विद्यालयमा बाल बगैँचा,फुलवारी र करेसाबारीको व्यवस्था गरी वतावरण रमणीय र आर्कषक वनाउन ।

9.     विद्यालयमा सुरक्षित खेलमैदान तथा आवश्यक खेल सामग्रीको व्यवस्था गरी शारीरिक तथा सम्वेगात्मक विकासमा जोड दिन  ।

10.   विद्यालयको हाता भित्र तथा कक्षाकोठाहरु नियमित सरसफाई गर्ने प्रणालीको विकास गर्न ।

11.   प्रत्येक शिक्षकलाई पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिका र सन्दर्भ सामग्रीहरूको  व्यवस्था गरी प्रयोग गर्न लगाउन

12.   विद्यालयमा पुस्तकालय,विज्ञान प्रयेगशाला मा पर्याप्त सामग्री व्यवस्था गरि प्रयोग गर्न ।  

13.   पाठ्यक्रमले निर्धारित पाठ्यभार अनुसारका सबै विषयवस्तुहरु विना अवरोध पूरा समय र अवधि पठन पाठन गर्न तथा ४५ मिनेट पुरा समय शिक्षकले कक्षामा शिक्षाण सिकाईमा विताउन ।

14.  शिक्षक विदामा बस्दा वैकल्पीक व्यवस्था गर्न ।

15.   विद्यालयमा कुनै किसिमको राजनीति नगर्न र राजनीति नगर्ने वातावरण वनाउने र कुनै राजनैतिक दल सम्वद्ध शव्दावली प्रयोग नगर्न ।

16.   शिक्षण सिकाईमा  शैक्षिक सामग्रीको निर्माण तथा प्रयोग गर्न ।

17.   विद्यालय हाता भित्र विद्यार्थी प्रतिभा प्रस्फुटन गर्ने बोर्ड, साहित्यिक कर्नर,नविनतम ज्ञान पाटीको व्यवस्था गर्न ।

18.  शिक्षक, अभिभावक, वि.व्य.स. तथा विद्यार्थीका आचार संहिता निर्माण तथा प्रयोग गर्न ।

19.   दैनिक कक्षा कार्य तथा गृहकार्यको व्यवस्था गर्न ।

20.   विद्यालयमा बालमैत्री शिक्षण तथा व्यवस्थापन गर्न तथा न्यूनतम सक्षमताका सूचकहरु कार्यान्वयन गर्न ।

21.   एकाई तथा आवधिक परीक्षा सञ्चालन  तथा निदानात्मक परीक्षण गरी पृष्ठपोषण सहित विद्यार्थीलाई उत्तरपुस्तिका फिर्ता दिने व्यवस्था गर्न ।

22.   बिहानी एसेम्लीमा उपयोगी ज्ञान, सामान्यज्ञान तथा अध्यावधिक समयसामयिक घटना, समाचारसम्बन्धी विहानी प्रार्थनामा हाजिरजवाफको व्यवस्था गर्न ।

23.   शुक्रबार १ बजेपछि ४ बजे सम्म विभिन्न अतिरिक्त तथा सह क्रियाकलापहरू कक्षागत, विषयगत तथा अन्तर सदनात्मक रुपमा सञ्चालन गर्न ।

24.  विद्यालयमा विद्यालय सुधार योजना निर्माण, शैक्षिक गुणस्तर सुधार रणनितिक योजना निर्माण र अध्यावधिकरण तथा कार्यान्वयन गर्न ।

25.   प्रत्येक शिक्षकलाई शिक्षण डायरीको व्यवस्था गरी आफुले शिक्षण गर्ने सवै विषयको वार्षिक शिक्षण योजना तयार गर्न लगाई कार्यान्वयन गर्न ।

26.   विद्यालयमा इन्टरनेट सहितको कम्प्यूटर व्यवस्था र शिक्षण स्रोत सामग्री (अर्न्तक्रियात्मक शिक्षण सामग्री) खोजी गरी सुचना प्रविधिमा आधारित शिक्षण सिकाई प्रविधिलाइ आधुनिक प्रविधिको प्रयोग तथा प्रतेक कक्षा एक कम्प्युटरको अवधारणा लागु गर्न ।

27.   कक्षागत तथा विषयगत रुपमा सिकाई उपलब्धि तयार गरी आगामी  ३ वर्षको लक्ष्य निर्धारण गरी लक्ष्यमा पुग्ने रणनितिक कार्ययोजना तयार गरी कार्यान्वयन तथा कार्यालयमा प्रर्दशन गरी राख्न र प्रतेक वर्ष अध्यावधिक गर्दै लैजान ।

28.  कक्षा ९ र १० को उतिर्ण प्रतिशत लाई मात्र ध्यान नदिई प्रत्येक कक्षाको उच्च सिकाइ उपलब्धिमा ध्यान दिन ।

29.   विद्यालयमा विभिन्न शैक्षिक तथा अन्य पत्र पत्रिकाहरूको व्यवस्था गर्न ।

30.   विद्यालयमा नियमित स्टाफ बैठक बसी आवधिक शैक्षणिक विषयमा समीक्षा तथा छलफल गर्न ।

31.   पठ्यक्रमले तोकेका विषयमा स्थानिय आवश्यकता,सभ्यता,सांस्कृतिक,परम्परा,सीप र संस्कार सिकाउने खालको स्थानीय पाठ्यक्रम तयार गरी जीवनपयोगी विषयवस्तु शिक्षण गर्न ।

32.   निरन्तर विद्यार्थी मूल्याङकनको व्यवस्था अनुसार शिक्षण सिकाई क्रियाकलाप संचालन गर्ने तथा अभिलेख राख्ने प्रणाली कार्यान्वयन गर्न तथा प्रतेक आवधिक परिक्षामा उत्त्तरपुस्तिका सहित मार्कसिट अभिभावक समक्ष पठाउने ।

33.   विद्यार्थीहरू जथाभावी बाहिर निस्कने अवस्था अन्त गर्न कक्षा कोठा भित्र शिक्षणसिकाइ क्रियाकलापमा निरन्तर रुपमा लागी रहने वातावरण तयार गर्न ।

34.  बालक्लव गठन र सदन विभाजन अनिवार्य गर्न र विभिन्न क्रियाकलापमा सक्रिय वनाउन  ।

35.   विद्यालयमा विद्यार्थीको स्तर अनुसारका पाठ्यपुस्तक र सन्दर्भ सामग्री सहितको पुस्तकालय व्यवस्था गरी अध्ययनमा सक्रिय बनाउने तथा प्रतेक कक्षामा बुक कर्नरको व्यवस्था गर्न  ।

36.   शिक्षकको पोसाक कोड कार्यान्वयन गर्ने तथा शिक्षक नमूना व्यक्तित्व बन्न विद्यालय हाता भित्र र विद्यार्थीले देख्ने तथा अनुभव हुने गरी मादक पदार्थ, सुर्तिजन्य पदार्थ सेवन गर्न निषेध गर्न ।

37.   विद्यालयलाई ध्रुम्रपान,मध्यपान,जंक फुड,दण्ड र वन्द निषेधित क्षेत्र घोषणा गर्न ।

38.  विद्यार्थीका लागी School diary को व्यवस्था गर्ने र प्रभावकारी कार्यान्वयन गर्न ।

39.   अंग्रेजी माध्यमप्रति अभिभावकहरूको आकर्षणलाई मध्यनजर गर्दै आवश्यकता अनुसारका विषयमा अंग्रेजी माध्यममा शिक्षण गर्न ।

40.  शिक्षकहरू तथा व्यवस्थापन समितिबाट नमुना विद्यालय भ्रमण गराउन ।

41.  शिक्षकहरूलाई थप प्रोत्साहीत र पेशाप्रति जिम्मेवार वनाउन उपलव्धी र कार्य सम्पादनमा आधारीत प्रोत्साहन तथा पुरस्कार प्रणालीको कार्यक्रम ल्याउन ।

42.  आवश्यकतानुसार परीक्षा लक्षित गरी अतिरिक्त कक्षाको व्यवस्था गर्न ।

43.  विद्यार्थीलाई स्थानिय समुदाय तथा घर परिवारको सहभागितामा स्थानिय दिवा खाजाको Tiffin box model मा आवश्यक प्रबन्ध गर्न ।

44.  सामाजिक परीक्षण तथा वित्तिय परिक्षण समयबद्ध रुपमा गर्ने, प्रतिवेदनहरुको सुझाव कार्यान्वयन गर्न तथा पारदर्शिताका लागी सार्वजनिक गर्न ।

45.  प्र.अ. तथा वि.व्य.स./शि.अ. संघको तथा शिक्षकको नियमित बैठक बस्ने र वि.व्य.स. र शि.अ.संघबाट नियमित रुपमा अनुगमन र रेखदेख गराउने ।

46.  विद्यालयमा सुझाब पेटिका तथा नागरिक वडापत्र व्यवस्था गर्न ।  

47.  विद्यालयका क्रियाकलापमा अभिभावकको सक्रिय सहभागिता सुनिश्चित गर्न आन्तरिक मुल्याङ्कनमा अङ्क प्रदान गर्ने ।

48.  विद्यालयको अनुगमनलाई आन्तरिक र बाह्य निकायहरूबाट प्रभावकारी बनाउने ।

49.  विद्यालय व्यवस्थापन सुचना प्रणाली EMIS लाई अध्यावधिक गर्ने र उपयोग गर्न ।

50.  विद्यालयमा स्वास्थ्य परीक्षण व्यवस्था,लघु संग्रहालय, white board व्यवस्था गर्न ।

51.   विद्यालयका भौतिक,शैक्षिक तथा अन्य जिन्सी सामग्रीको अध्यावधिक अभिलेख व्यवस्था गर्न ।

52.   विद्यालयको सामाजिक संजाल पेज,इमेल ठेगाना,वेभ पेज आदि तयार गरी विधुत्तिय सुशासन प्रणालीको व्यवस्था गर्न ।

53.   आफ्नो सेवा क्षेत्र भित्रका सवै वालवालिका लाई आफ्नै विद्यालयमा भर्ना गरी टिकाउने कार्यक्रम तयार गरी कार्यान्वयन गर्न ।

54.  कक्षा कोठामा शिक्षकले तथा विद्यालयमा विद्यार्थिका लागी मोवाईल फोन प्रयोग निषेध गर्न ।

55.  विद्यालयको शैक्षिक व्यवस्थापन लाई विषयगत बिभागीय संरचनामा लगी जिम्मेवारी बाँडफाँड गरी सामुहिक नेतृत्व प्रणाली लागु गर्न ।

56.   विद्यालयको वार्षिक बजेट तथा कार्यक्रम शैक्षिक सत्रको शुरुमानै तयार गरी वि.व्य.स.वाट पारीत गर्ने, वार्षिक प्रगति प्रतिवेदन तथा मुखपत्र प्रकाशन गर्ने ।

57.  प्राकृतिक प्रकोप तथा जोखिम व्यवस्थापन सम्बन्धी सचेतना अभ्यास र शिक्षा दिने व्यवस्था गर्न ।

58.  शैक्षिक प्रतिवद्धतापत्र २०७० आश्विन ७, वालिङ्ग कार्यान्वयन गर्न ।

59.  शिक्षकहरुको तलव बैकमार्फत भुक्तानी गर्न ।

60.   विद्यालयहरुको दरवन्दी विद्यार्थी सख्या र विषयगतरुपमा प्रतेक वर्ष मिलान गर्ने ।

61.   अनुगमन,निरीक्षण तथा प्राविधिक सहायता प्रणालीलाइ प्रभावकारी वनाउन ।

62.   प्रधानाध्यापकहरुको क्षमता विकासको विशेष कार्यक्रम अयोजना गर्ने ।

63.   विद्यालयमा सञ्चालनहुने सबै परीक्षाहरुलाइ स्वच्छ र मर्यादित वनाउने ।

64.  शिक्षकलाइ तालिममा सहभागीहुन पठाउने र तालिम पश्चात विद्यालयमा प्रबोधिकरण र कक्षामा कार्यान्वयन गराउने ।

65.   माध्यमिक विद्यालयहरुले अफ्ना फिडर विद्यालयको शैक्षिक स्तर कायम गर्न पहल गर्ने ।

66.   विद्यालयका सबै रेकर्ड अध्यावधिक,पारदर्शिता,चुस्त र दुरुस्त व्यवस्थापन गरी माग भएका समयमा सम्विन्धत निकायमा पेश गर्न ।

67.   प्रतेक चौमासिक अवधिमा जिल्ला स्तरमा मावि र उमाविको  र मासिक रुपमा स्रोतकेन्द्रका बैठकमा सबै प्र अ सस्थागत र सामुदायिक अनिवार्य सहभागी हुन साथै मासिक स्रोतकेन्द्र बैठक सबै मावि, उमावि मा पालैपालो सञ्चालन गर्न ।

68.  विद्यालयमा समय समयमा अभिभावक शिक्षक अन्तर्किया कार्यक्रमको अयोजना गर्न ।

69.   प्रतेक कक्षा कोठामा घडी, क्यालेण्डर, शैक्षिक सामग्री बक्स,डष्ट विन,white board,नेपालको र विश्वको नक्सा,राष्ट्रिय गान,झण्डा तथा चिन्हहरु राखन ।

70.  विद्यालयमा lost & Found box,कक्षाकोठामा दैनिक क्रियाकलाप रजिष्टर,कक्षा व्यवस्थापन समिति को व्यवस्था गर्न ।

71.   विद्यालयको सबैभन्दा सफा,स्तरीय,ठूला कक्षाकोठामा वालिवकास देखि क्रमश कक्षा राख्न ।

72.   उपरोक्त प्रतिवद्धताहरु पुरा गर्ने ठोस कार्य योजना एक महिना भित्रमा तयार गरी सार्वजनिक तथा कार्यान्वयन गर्न ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...