Skip to main content

मेरो केहि बार्षिक योजनाहरु

हरेक नयाँ बर्ष सँगै ब्यक्तिले केहि नयाँ पनको महशुस गर्नु स्वभाबिक हो । जसरी बर्ष फेरिएको हुन्छ त्यसैगरी ब्यक्तिका चाहना, आबश्यकता  र आकांक्षाहरु पनि बदलि रहन्छन ।   नयाँ बर्षको आगमन सँगै अघिल्लो बर्षका कार्यहरु, उपलब्धिहरु र कमजोरीहरुको समिक्षा गर्दै  भाबी योजनाहरुको निर्माण र कार्यान्वयन तर्फ लाग्नु पर्ने हुन्छ ।

शिक्षा क्षेत्रमा कृयाशील शिक्षाकर्मी हुनुको नाताले स्वभाबिक रुपमा मेरा योजनाहरु शिक्षाको सुधार, बिकास र  पेसागत उन्नयनमा  आधारित हुने गर्दछन् ।  पहिलो प्राथमिकता शिक्षण पेसाको पेसागत बिकास, जवाफदेहिता, इमान्दारिता र कर्तब्यनिष्ठता नै हो । नयाँ बर्षको आगमन सँगै नयाँ शैक्षिक सत्रको शुरुवात भइसकेको छ ।  बिद्यार्थी भर्ना अभियानमा सकृय सहभागी भई बिद्यालय बाहिर रहेका बालबालिकाहरुलाई  भर्ना गराई उनीहरुको शिक्षाको अधिकार सुनुश्चित गराउनु प्रमुख दायित्व हो ।  बालबालिकाहरुलाई समयमै पाठ्य पुस्तक उपलब्ध गराउने, आबश्यक परामर्श र सल्लाह प्रदान गर्ने  खालका योजनाहरु समेटिनु  पर्ने हुन्छ ।
प्रत्येक शिक्षकले शैक्षिक सत्रको शुरुमा आफूले अध्यापन गर्ने बिषयहरुको  सबै खाले योजनाहरुको निर्माण गर्ने,  शिक्षण  सामग्रीहरुको बन्दोबस्त मिलाउने,  सन्दर्भ सामग्रीहरुको  खोजी तथा संकलन गर्ने, आबश्यक पर्ने बिधि तथा प्रबिधिहरुको उपयोगका लागि पूर्ब तैयारी गर्ने,  नियमित रुपमा प्रयोगमा आउने मूल्यांकनका साधनहरुको तैयारी गर्ने जस्ता योजनाहरु निर्माणमा आफूलाई ब्यस्त गराउनु पर्दछ ।  मेरा योजनाहरु पनि यिनै बिषय बस्तुहरुमा केन्द्रित हुनेछन ।

आफ्नो बिषयसंग सम्बन्धित नबिनतम जानकारीहरु संग परिचित हुने, आफूलाई अध्ययनशील बनाउने, बिद्यार्थीहरुको उपलब्धि बृद्धि को योजना बनाउने, शिक्षण सुधार योजनाहरु निर्माण गर्ने, अतिरिक्त समय ब्यबस्थापनको योजना गर्ने,  आबश्यक स्रोत साधनहरुको  ब्यबस्थापन  गर्ने जस्ता कार्य हरुमा योजनाबद्ध  ढंगले लाग्ने ।

यसका अतिरिक्त बिद्यालय सुधार योजना निर्माण र त्यसको कार्यान्वयनमा सकृय रहने, शिक्षासंग सम्बन्धित पुस्तक, लेख रचनाहरू लेखन तथा प्रकाशन गर्ने, शिक्षण सिकाईसंग सम्बन्धित खोज अनुसन्धान गर्ने ।  समुदाय सचेतिकरण कार्यक्रमहरुमा सहभागी हुने ।  शिक्षण सिकाईका ज्ञान तथा अनुभबका लागि बिभिन्न शिक्षण संस्था तथा स्थानहरुको अबलोकन भ्रमण गर्ने । बिभिन्न  शैक्षिक अन्तर कृयात्मक  कार्यक्रमहरुमा बिचार बिनिमय गर्ने जस्ता कार्यहरुमा सरिक हुने  नै नयाँ बर्षका योजनाहरु हुन ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...