Skip to main content

जनवादी

१. नेपालमा जनवादी शिक्षा सम्भव छ ?
यस्तो छ उत्तर कोरियाको शिक्षा प्रणाली
(२०७५ बैशाख २२ गते ०९:३३मा educationpati मा प्रकाशित )

यादव आचार्य

दोस्रो विश्वयुद्धसँगै कोरिया दुईभागमा बाँडियो । कोरियाको उत्तरपट्टिक भाग सोभियत सङ्घका सैनिकको कब्जामा आयो । दक्षिणपट्टिको भाग अमेरिकी सैनिकको कब्जामा गयो । सन् १९४५ मा यी दुई भाग दुई वटा देशको रूपम जन्मिए । सन् १९४८ मा किम इल सुङले नेतृत्व गरेको कोरियन वर्कस पार्ट (KWP) बलियो बन्यो । सोभियत सङ्घको पूर्ण सहयोगमा सुङले जनवाद गणतन्त्र कोरिया घोषणा गरे । कम्युनिस्ट पार्टीको सत्ता आयो । समाजवाद स्थापना भयो । समाजवादी अर्थतन्त्र लागु भयो । उद्योग धन्दाको विकास जोड दिइयो । सामूहिक कृषि प्रणाली अपनाइयो । माक्र्सवादी–लेनिनवाद राजनीतिक विचारलाई मुख्य आदर्श बनाइयो । जुच्छे (Chuch's) विचारलाई आत्मसात गरियो । Chuch's को अर्थ सदैव कोरियन चिज वा अवस्थालाई प्राथमिकता दिने हुन्छ । यिनै विचारहरूले उत्तर कोरियाको राजनीति, अर्थतन्त्र, राष्ट्रिय सुरक्षा, शिक्षा र विदेश नीति आदिलाई निर्देशित गर्यो ।

उत्तर कोरियाको जन्मसँगै सोभियत ढाँचाको शिक्षा लागु गरियो । शिक्षामा पनि माक्र्सवाद–लेनिनवाद र जुच्छे विचारधारा हावी भयो । त्यहाँ राज्य र पार्टीले शिक्षाको सम्पूर्ण जिम्मा लियो । निजीकरणको गन्ध समेत आउन दिइएन ।

शिक्षाको नीति, पाठ्यक्रम, विधि, संरचना आदि तयार गर्ने, मान्यता दिने र कार्यान्वयन गर्ने काम कम्युनिस्ट पार्टीले गर्यो । सुङ (१९७५ इ.सं.) भन्छन् राजनीतिक र विचारधारात्मक शिक्षा नै समाजवादी शिक्षाको एउटा महत्त्वपूर्ण कसी हो । उनको विचारमा उपयुक्त राजनीतिक र वचारधारात्मक शिक्षाको माध्यमबाट विद्यार्थीहरूलाई क्रान्तिकारी बनाउन सकिन्छ। क्रान्तिकारी र वैज्ञानिक विश्वदृष्टिकोणबाट ओतप्रोत गराउन सकिन्छ । कम्युनिस्ट गुण र चरित्रको विकास गराउन सकिन्छ । यिनै विचारहरूका आधारमा उत्तर कोरियाको शिक्षा प्रणाली सञ्चालित छ।

उत्तर कोरियामा १५ वर्ष सम्मको शिक्षा निःशुल्क, अनिवार्य र सर्वव्यापी बनाइएको छ । यो उमेरसम्मकालाई किताब, पोशाक र अन्य आवश्यक सामग्री समेत निःशुल्क उपलब्ध गराइन्छ । विद्यालय शिक्षालाई प्राथमिक र माध्यमिक गरी दुई भागमा बाँडिएको छ । २ वर्षे किन्डरगार्डन, ४ वर्षे प्राथमिक विद्यालय (पिपल्स स्कुल) र ६ वर्षे मिडिल स्कुल (माध्यमिक विद्यालय)को व्यवस्था गरिएको छ। यसका साथै अन्धा, बहिरा, शारीरिक र मानसिक रूपमा फरक क्षमता भएका र अनाथहरूका लागि विशेष विद्यालयको व्यवस्था छ ।

उनीहरूलाई आवासीय सुविधा पनि छ। यहाँको विद्यालय तहमा राजनीतिक उन्मुख विषयहरू पढाइन्छ । महान् किम इल सुङ ,कम्युनिस्ट चरित्र, कम्युनिस्ट पार्टीका नीति तथा कार्यक्रमहरू आदि आदर्शहरू पढाइन्छ।

११ वर्षे अनिवार्य विद्यालयीय शिक्षा पुरा गरेकाहरू उच्च शिक्षा र विशिष्टीकृत शिक्षामा भर्ना हुन पाउँछन् । महाविद्यालय र विश्वविद्यालयहरू औपचारिक उच्च शिक्षा प्रदान गर्ने संस्थाहरू हुन् । यिनीहरूले सामान्य र प्राविधिक शिक्षा प्रदान गर्दछन् । यसका साथै केही अनौपचारिक उच्च शैक्षिक संस्थाहरू पनि अस्तित्त्वमा छन् । यिनीहरूले काम गर्दै पढ्दै गर्नेहरूलाई अध्ययनको सुविधा दिन्छन् । यस्ता अनौपचारिक उच्च शैक्षिक संस्थाहरुमाFactory Colleges, Farm Colleges, Fishermen's College,Correspondence Colleges हरू पर्दछन् ।

यिनीहरूले आ–आफ्ना कामदार हरूलाई शिक्षा प्रदान गर्दछन् । उत्तर कोरियाको महाविद्यालयमा भर्ना हुनकालागि निर्धारित अनिवार्य शैक्षिक सेवा गरेको हुनुपर्दछ । साथै कामको अनुभव भएको सिफारिस पत्र समेत अनिवार्य गरिएको छ ।

यहाँको शिक्षा प्रणालीमा बहुप्राविधिक शिक्षाका सिद्धान्तहरू प्रयोग गरिएको छ। शिक्षा र उत्पादनमुखी कामलाई सँगै लगिएको छ । विद्यार्थीहरूलाई श्रम गर्न अनिवार्य गरिएको छ। त्यहाँ श्रमको सम्मान गर्न सिकाइन्छ।

सुङले सामाजिक शिक्षामा पनि जोड दिएका छन् । सोही आधारमा उत्तरकोरियामा विभिन्न अतिरिक्त क्रियाकलापहरू, सांस्कृतिक अध्ययन, सामूहिक कार्यको संस्कृति आदिलाई औपचारिक शिक्षामा समावेश गरिएको छ । यसका साथै पारिवारिक जीवन, मानवीय सम्बन्ध, सह–सम्बन्ध र समुदाय व्यवहार आदि पनि सिकाइन्छ । यहाँ एउटा महत्त्वपूर्ण व्यवस्था के छ भने त्यहाँ सयौंको सङ्ख्यामा बाल उद्यानहरू स्थापित गरिएका छन् । ती उद्यानहरूमा सयौंको संख्यामै विभिन्न व्यवसायसँग सम्बन्धित क्रियाकलापहरू हुन्छन् । बाल बच्चाहरू पालैपालो आफ्नो रुची अनुसार ती क्रियाकलाप गर्छन । सामग्री चलाउँछन् । जस्तै कपडा काट्ने, बुन्ने, फोटो खिच्ने, खेती गर्ने, गाडी चलाउने आदी । यी सबै क्रियाकलापको रेकर्ड गरिन्छ। बच्चाले जुन क्रियाकलापमा बढी रुची देखाउँछन् सोही अनुसारको व्यवसाय रोज्न पाउँछन् । यसले आफ्नो अन्तर्निहित क्षमता र रुची पत्ता लगाउन सहयोग गर्छ । यही आधारमा उसलाई माथिल्लो शिक्षा प्रदान गरिन्छ।

यहाँ साक्षरता शिक्षालाई पार्टी र राज्यको दायित्व मानिएको छ । औपचारिक र अनौपचारिक दुबै रूपमा प्रौढ शिक्षा सञ्चालन गरिन्छ । व्यवहारिक रूपमा सबै नागरिक कुनै न कुनै तरिकाले शैक्षिक गतिविधिमा समावेश हुन्छन् । साना अध्ययन समूहहरू निर्माण गरिएका छन् । प्रौढहरू समूहमा पढ्दछन् । अनुभव साट्छन् । एक आपसबाट सिक्छन् । त्यहाँ पार्टीका कार्यकर्ता साक्षरता अभियानमा परिचालित भए। उनीहरू गाउँमा गए । निरक्षरलाई साक्षर बनाए । सरकारले कामदारहरूको लागि काम गर्ने ठाउँमै दिनको २ घण्टा पढ्ने समय छुट्याई दिएको छ। शिक्षक र अन्य बिद्वान्हरूले त्यहाँ कक्षा लिन्छन् । अध्ययन अध्यापनमा सेल्फ डिस्कभरी मेथडको प्रयोग, छलफल, प्रयोगशाला कार्य, यूरिस्टिक विधि आदि बढी प्रचलनमा ल्याईएको देखिन्छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...