साह्रै राम्रो लागेर Copy गरिएको)
प्रिय मेरा गणितका गुरू!
मैले घोकेका साध्य र ज्यामितीहरू
आयतन र परिमितीहरू
अनि ती बिजगणितका डरलाग्दा
'ए' र 'बि' का सूत्रहरू
खै कहाँ काम लाग्छन् ?
जो बिराउदा कैयौ चोट पाएका थिए यी हातले
कैयौ मुर्गा बनाइएका थिए चौरमा
कैयौ पटक उभ्याइएको थियो डेस्कमाथि
र जबर्जस्ती जान्ने बनाइएको थियो मलाई,
मानौकी मेरो जिन्दगी अब फलिफापको बाटोमा अगाडि लाग्यो
तर अचेल मलाई हजारबार जिन्दगीले फेल घोषणा गर्छ,
हिसाब मिल्दै मिल्दैन जिन्दगीको
गुरू कुन सुत्र प्रयोग गरूँ म?
बाको रसिला आखाको आयतन कसरी निकाल्नू?
आमाका हातको ठेलाको घनत्व कसरी नाप्नू?
प्यारीको मेरो अभाव
र छोराको भोकको क्षेत्रफल निकाल्ने सूत्र के हो?
हजुरआमाको लौरी कुन सूत्रले अड्याउने?
माइनस × माइनस = प्लस हुने सुत्रमा
दु:ख × दु:ख = सुख हुन नसकेर फेरि दुख नै हुनु पर्ने
आशु × आशु = हासो नभएर पुन: आशु नै हुनु पर्ने
यो कुन नियम हो गुरु ?
जो मलाई सिकाउदै सिकाइएन।
ब्ल्याकबोर्डको त्रिभुज र चतुर्भुज खुब नापियो
भित्री कोण र बाहिरी कोण नापियो
डिग्री डिग्रीमा नापियो
एन्गल एन्गलमा नापियो
तर जिन्दगी त हजारौ भुजाले बन्दो रैछ
न नापिन्छ न देखिन्छ कुनै दृश्यमा
न लेखिन्छ न छापिन्छ कुनै पानामा
भित्री कोण र बाहिरी कोण मात्र कहाँ?
रहश्य र जालझेलका करोडौ कोण हुदा रैछन्
घात र प्रतिघातका अनगिन्ती एंगल हुदा रैछन्
जसलाई नजरन्दाज सम्म गराइएन कि
तिमिले यसरी पनि बाच्नु पर्छ भनी।
सिंगो परिवार बन्धकीमा राखेर
हरियो पासपोर्ट बोकेर परदेश हिडेको
लाहुरेको गरूंगो पाइलाको भार कुन ग्रामले नाप्छ?
त्यो बिछोडिदाको मुटुको गति कुन मिटरले नाप्छ?
ती झरेका आशु कुन लिटरले नाप्छ?
त्यो चोटको गहिराई कुन एकाईले नाप्छ?
गुरू यसका कुनै सूत्र छैनन्?
प्रिय मेरा गणितका गुरू!
मलाई माफ गर्नुहोस् है
तपाईको गणितमा जसोतसो 'उत्तिर्ण' भएको म
तर जिन्दगीको गणितमा
लज्जास्पद तरिकाले 'उत्तरित' पनि हुन नसकेर
'लत्तारित' भैरहेको छु।
प्रिय मेरा गणितका गुरू!
मिल्छ भने मेरा भाइ अनि बहिनीहरूलाई
गणितसँग जिन्दगीको हिसाब पनि
थोरै थोरै जति सक्नुहुन्छ त्यति सिकाइदिनुस न है !!!
-------
प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम