नेता ! कति खान्छौ, यार ?
माटो खायौ, बाटो खायौ । इँटा खायौ, बालुवा खायौ ।ढुंगा खायौ, सिमेन्ट खायौ । रङ खायौ, रड खायौ । निष्ठा खायौ, नीति खायौ । विधि खायौ, विधान खायौ ।इमान खायौ, जमान खायौ । पुल खायौ, सडक खायौ । मल खायौ, ढल खायौ । जल खायौ, नल खायौ । मोटर खायौ, जहाज खायौ ।तलब खायौ, भत्ता खायौ । घूस खायौ, भुस खायौ ।तेल खायौ, भेल खायौ । घर हैन, महल बनायौ ।अझै तिमी भोकै रह्यौ, घर–भाडासमेत आफैं बजायौ !
एउटा मान्छे भाडामा लिन्छौ, अन्टसन्ट भुइँमा लडाउँछौं । गज्जब छ यार, त्यसको पनि भाडा खान्छौ !
अरे यार... नेता तिमी ! कति खान्छौ, कति तान्छौ । नांगै अझै कति हिँड्छौ ?
बाँकी बाह्रखरीमा- https://baahrakhari.com/news-details/172551/2019-01-19
धन्यवाद बाह्रखरी !
प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम