नेता ! कति खान्छौ, यार ?
माटो खायौ, बाटो खायौ । इँटा खायौ, बालुवा खायौ ।ढुंगा खायौ, सिमेन्ट खायौ । रङ खायौ, रड खायौ । निष्ठा खायौ, नीति खायौ । विधि खायौ, विधान खायौ ।इमान खायौ, जमान खायौ । पुल खायौ, सडक खायौ । मल खायौ, ढल खायौ । जल खायौ, नल खायौ । मोटर खायौ, जहाज खायौ ।तलब खायौ, भत्ता खायौ । घूस खायौ, भुस खायौ ।तेल खायौ, भेल खायौ । घर हैन, महल बनायौ ।अझै तिमी भोकै रह्यौ, घर–भाडासमेत आफैं बजायौ !
एउटा मान्छे भाडामा लिन्छौ, अन्टसन्ट भुइँमा लडाउँछौं । गज्जब छ यार, त्यसको पनि भाडा खान्छौ !
अरे यार... नेता तिमी ! कति खान्छौ, कति तान्छौ । नांगै अझै कति हिँड्छौ ?
बाँकी बाह्रखरीमा- https://baahrakhari.com/news-details/172551/2019-01-19
धन्यवाद बाह्रखरी !
विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...