Skip to main content

निबन्धहरु नेपाली

                                                                   

  जीवनमा कर्मको महत्व

कर्म र जीवन एउटै सिक्काका दुई पाटा हुन् । सामान्य अर्थमा कर्म भनेको क्रियाकलाप तथा काम भन्ने हुन्छ । जीवन भनेको कुनै पनि व्यक्तिको बाँचुञ्जेलको समयावधि हो । कर्म मान्छेले गर्छ । कर्म हुनको लागि एउटा स्वस्थ जीवनको आवश्यकता पर्दछ । व्यक्तिको दैनिकी जीवनमा गरिने यावत कार्यकलापलाई नै कर्म भनिन्छ । व्यक्तिले गर्ने कामका आधारमा नै उसको जीवन सार्थक वा निरर्थक हुने गर्दछ । जीवनमा तबमात्र जीवन बन्छ जब जीवनमा कर्म गरिन्छ । अन्यथा कर्मबिनाको जीवन केवल भेन्टिलेटरमा सुतेको शरीर मात्र हुन्छ, वास्तविक जीवन हुन सक्दैन ।

मान्छेले आफ्नो भाग्य र भविष्य उज्ववल बनाउनको लागि त झन मानिसको जीवनमा कर्म अपरिहार्य हुन्छ । मानिसले गरेका दैनिकी व्यवहारबाट नै उसले आफ्नो गन्तव्य पहिल्याउने गर्दछ । जीवनलाई सफल तुल्याउन , सफलता प्राप्त गर्न, समाजसेवा गरेर मान कमाउन , मिठो खान, रमाइलो गर्न, खुसी हुन आदि यावत कार्यहरू परिश्रम र लगनशीलताबाट मात्र प्राप्त गर्न सकिन्छ । परिश्रम र लगनशीलताको अर्को नाम नै कर्म अथवा काम हो । कार्य तथा कर्म पनि असल र खराब गरी दुई प्रकारको हुने गर्दछ । मान्छेले खराब कार्यलाई परित्याग गरी कर्मलाई मात्र सधैँ आत्मसाथ गर्न सकेमा मात्र उसको जीवन सार्थक हुन्छ ।

                                                                    लागुपदार्थ दुव्र्यसन  र रोगथाम
 


    लागुपदार्थ शब्दले प्राकृतिक वा संयोजित त्यस्ता वस्तुहरुलाई जनाउँदछ, जसको सेवनले सेवनकर्ताको मानसिक वा शारीरीक स्थीतीमा प्रभाव पारी लठ्याउने, उत्तेजीत पार्ने, मतिभ्रान्त पार्ने, आवेग शुन्य र शिथील बनाउने गर्छ ।मानिसको मनोभावनालाई प्रभावित पारी बुझ्ने, सम्झने र सोच्ने शक्तिलाई बिकृति तुल्याउने औषधीलाई लागुपदार्थ भनिन्छ । अर्थात लागुपदार्थ ती रसायनीक पदार्थहरुलाई भनिन्छ, जसको अरु मानिसको सहयोग विना सेवनबाट व्यक्तिको शरीरिक, मानसिक,संवेगात्मक एंव सामाजिक पक्षमा परिवर्तन ल्याउँदछ । जसको लतमा फसि सकेपछि व्यक्ति त्यसलाई छोड्न नसक्ने स्थीतिमा पुगेको हुन्छ । यसले विश्व नै ग्रसित पार्न पुगेको छ । यस संक्रामक रोगबाट नेपाली समाजपनि पीडीत अवस्थामा छट्पटाई रहेको धु्रवसत्य कुरा सबैलाई थाहा भइसकेको छ । नेपाली युवा युवतिहरुमा यो सामाजीक क्यान्सरको प्रभावले गर्दा राष्ट्रमा युवाशक्तिको ठुलो ह्रास भइराखेको छ । नेपालमा वर्षेनी विदेशी सहित धेरै जनालाई प्रहरीले पक्राउ गरी कारवाही थालनी गर्न लागे पनि राजनैतिक दवावले छोड्नुपर्ने तितो यर्थाथ विद्यमान रहेको छ ।
नेपालमा लागु औषधीको दुव्र्यसनी भएखाने वर्ग देखि हुनेखाने वर्गसम्म करीव ८० प्रतिशत लागेका छन्   । खासगरी लागुपदार्थले १४ दखि २२ वषसम्मको उमेर समुहलाई निकै असर पारेको छ । हाल सुर्खेतको सन्ंदर्भमा जम्मा लागुपदार्थ प्रयोगकर्तामध्ये १६ देखि १८ वर्ष उमेरका १० प्रतिशत युवाहरु र ३२ प्रतिशत युवतीहरु रहेका छन्  भने ०।८७ देखि १ प्रतिशतसम्म युवतीहरु फस्ने  रहेको देखिन्छ । लागुपदार्थ दुव्र्यसनिमा लाग्नुका विभिन्न कारणहरु हुने गर्दछन्  जसमा  जिज्ञासा, साथी भाईको दबाव, स्वतन्त्र अस्तित्व देखाउने भावना, आर्थिक विषमता, पलायनवादी प्रवृत्ति, निराशा, डर र दवाव, मनोरञ्जनको लहड, धार्मिक विश्वास, आमाबुुवाको सुपरीबेक्षण र अनुगमनको अभाव, सजिलै लागुपदार्थ उपलब्धता, शरीरीक तथा मानसिक तनाव हटाउन, बेरोजगारी, लागुपदार्थ सम्बन्धि शिक्षाको अभाव यस्ता थुप्रै कारणहरुले गर्दा मानिस सजिलै फस्ने गर्दछ ।
लागुपर्दार्थ दुव्र्यसनमा फसेपछि यसका रोकथामका विभिन्न उपायहरु अवलम्बन गर्न सकिन्छ । नेपालमा बढ्दो गरिवी, बेरोजगारी, अशिक्षा, चेतनाको कमी, सामाजिक परिवेश जस्ता कारण, राजनीतिक असफलताको कारण मानिस यसमा फस्ने गर्दछन् । त्यस्तैगरी  पारिवारीक स्नेह र सद्भावनाको वातावरण सिर्जना गर्ने,पत्रप्रत्रिका, टेलिभिजन, रेडियो जस्ता संचारको माध्यम वाट लागु पदार्थको बारेमा जानकारी दिने,लागुपदार्थ सम्बन्धित दक्ष व्यतिmलाई समावेश गरी तालिम, सेमिनार र गोष्ठीको व्यवस्था गर्ने,लागु पदार्थ बेचबिखनमा संलग्न व्यतिmलाई प्रहरी कहाँ खबर गर्ने, लागु पदार्थ विक्रि, वितरण र उत्पादनमा कडा नियम लागु गर्ने, युवा वर्गहरुलाई लक्षित कार्यक्रमको आयोजना गर्ने, आवश्यक अध्यन र अनुसन्धान संचालन गर्ने, लागु पदार्थ सम्बन्धि उपचार, परामर्श,सल्लाह दिनको लागी पुर्नस्थापना केन्द्रको स्थापना गर्ने जस्ता कार्यहरु गर्न सकेमा मानिस दुव्र्यसनमा नफस्न सक्छ । त्यसैले हामीले  दुव्र्यसनमा फस्ने कुनै पनि कार्यबाट अलग्गै हुन जरुरी छ ।

                                                                                                 समयको महत्व

       समय भनेको बेला, काल, मौका र अवसर हो । समयलाई जुनै चिजले नाप्न खोजिए पनि  यो अन्नत छ । युगौँदेखि  गतिमान् भएर बगिरहेको छ  । यसलाई कसैले रोक्न र छेक्न सक्दैन । समय कसैको लोभलालचमा फस्ने डराउने पनि गर्दैन । यो निरन्तर आफ्नो वेगमा चलिरहन्छ । समयले मानिसलाई हसाउँन,रुवाउन सबै जानेको हुन्छ । समय सृष्टिको उपज भएकोले महत्त्वपूर्ण हुन्छ । मानिसहरुले समयसँग परिचित हुन सकेनन् भने धेरै पछुताउनु पर्दछ । समयले मानिसलाई हाँस्ने रुने, अगाडि बढ्ने सबै काम सिकाउँछ । समयलाई कसैले कस्तो भनेर चिन्न सकेको छैन यो अनौठो र अलौकिक छ । 
समयले मानिसलाई मार्ग दर्शनको काम गर्दछ । मानिसलाई समयको सहि बाटोमा हिँड्न सिकाउँछ  तर हिँड्न नसकेमा त्यो मान्छे पछारिन्छ ।  समयको महत्व बुझेकाहरु सुकरात अरस्तु बन्छन् । समयले मानिसलाई महान् बनाउँछ  तर समयको सदुपयोग गर्न हामी सबैले जान्नु पर्दछ । समय र जीवन एक अर्काका साथी हुन् । हामीले समयसँग चलन जान्नु पर्दछ । समयले हामीलाई कहिल्लै पर्खिदैन । हामी समयसँग चल्न जान्नु पर्दछ । समयले मानिसलाई काम गर्न सिकाउँछ । सहि बाटो  हिँड्ने मानिसले सबै बुझेको हुन्छ,  समयले उसलाई हरेक कार्य सिकाएको हुन्छ । हरेक कार्यको लागि समय हुन्छ । जुनै पलमा पनि समय एउटै हुन्छ फरक यति होकी हामीले त्यसलाई फरक तरिकाले सदुपयोग गरिरहेका हुन्छौ । 
हामीले समयलाई बुझ्न नसक्दा जे पनि हुन सक्छ । तर समयलाई सहि तरिकाले सदुपयोग गर्दा हामीले पछाडि फर्केर हेर्नु पर्दैन । कुनै खेलाडीले एक सेकेण्डलाई सदुपयोग गर्न जान्यो भने ऊ विश्वको बिजेता बन्न सक्छ तर जानेन भने कुनै मान्छे समयको सदुपयोग सही सदुपयोग गर्छ विश्मा वाह वाह बन्छ भनेकोही समयको सदुपयोग गर्न नजानेर खाते बन्छ । समयले महान् कवि जन्मायो समयले नै शक्ति शक्तिशाली मानिस जन्मायो समयले नै आधुनिक विज्ञान जन्मायो । 
मौका आउँछ पर्खदैन बगेको खोला फर्कदैन भनेझैँ समयले हामीलाई कहिल्लै पर्खिदैन हामी नै समयसँग चल्न जान्नु पर्दछ । जसले जति बिन्ती गरे पनि समयले कसैलाई पर्खदैन समय त आफ्नो गतिमा गुडिरहन्छ । समयको भविष्य अल्झिदैन तर  हामी समयसँग अल्मलिन्छौ । समयको दुरुपयोग गर्नेहरु पछि समय बितेपछि पछुताउनु शिवाय केही छैन । समयअनुसार हामीले विवेक लगाएर काम गर्दा कतै हराउँने छैनौँ । हामीले हरेक काम समयमा नै गर्नु पर्दछ भोलिलाई केही पनि साँच्नु हुँदैन । जसले समयको महत्त्व बुझ्दैन त्यो खाडलमा फस्छ ऊ त्यहाँबाट निस्कन सक्दैन । त्यसैले हामीले अहिलेको समयलाई सदुपयोग गरौँ ताकि भविष्यमा पछुताउनु नपरोस् । कसैले पनि समयसँग जोरी नखोजौँ । समय एक क्षणमा सबै उथलपुथल बनाउँछ । समय एक महत्त्पूर्ण चिज हो हामी सबैले सही सदुपयोग गर ।

                                                   बेरोजगारी समस्या र समाधानका उपाय

    श्रम मानव जीवन, व्यक्तित्व र सभ्यता विकासको आधारशीला हो । मानवोचित जीवनयापनका लागि आयमूलक रोजगारीका अवसरहरूको सृजना हुनु आवश्यक छ । पेशा वा रोजगारीबाट नै समाजमा आयको वितरण हुने हुँदा काम गर्न पाउने अधिकारलाई व्यक्तिको मौलिक आधारभूत अधिकार मानिन्छ । आयमूलक रोजगारी नै गरिबी निवारणको प्रमुख माध्यम हो । तसर्थ, नेपालले गरिबी न्यूनीकरणका लागि बेरोजगारी घटाउन कठोर  प्रयत्न गर्नैपर्छ । राजनीतिक सङ्कटको निकासको उपाय पनि यही नै हो । अतः विभेदरहित पहुँच सुनिश्चित गरी देशका सबै नागरिकहरूका लागि आयमूलक रोजगारीका अवसरहरू सृजना गरिदिनु राज्यको दायित्व हो । न्यूनतम सामाजिक तथा व्यावसायिक सुरक्षासहितको मर्यादित, शोषणमुक्त एवम् न्यायपूर्ण जीवनयापन गर्न सक्ने रोजगारी सृजना हुनुपर्छ ।
    बेरोजगारी अहिले नेपालको मुख्य समस्याका रूपमा रहेको छ । बेरोजगारी समस्याको परिणाम भयावह हुन्छ । सामाजिक, आर्थिक र राजनीतिक गरी यसका मुख्य रूपमा तीन किसिमका परिणाम देखिने गरेका छन् । बेरोजगारीले गरीबी र गरीबीले चोरी, डकैती, अपहरण, हत्या र अन्य सामाजिक अपराध जन्माउँछ । उत्पादनको एउटा मुख्य आर्थिक साधन जनशक्ति बेरोजगार हुँदा उत्पादनमा कमी हुन्छ । त्यस्तै, बेरोजगार व्यक्ति नै कुनै राजनीतिक दलविशेषको दबाबमा सडकमा टायर बाल्न उद्यत हुन्छ । काम पाएको व्यक्ति निश्चय नै सडकमा ढुङ्गामुढा गर्न जाँदैन । यी तीनै किसिमका कारणले मुलुकलाई अधोगतितर्फ लैजान्छन्,  जुन कुरा अहिले नेपालले भोगिरहेको छ ।
    यसरी बढिरहेको बेरोजगारी समस्यालाई कसरी समाधान गर्न सकिन्छ, सरकार र जनताले पनि कसरी स्वरोजगारका कार्यक्रमहरु ल्याउन सकिन्छ । निजीकरणलाई उपयुक्त हिसाबले अघि बढाउन नसक्दा यो क्षेत्र नकारात्मक रूपमा प्रभावित भएको छ । सबैभन्दा बढी रोजगारी प्रदान गर्ने कृषि क्षेत्रको आधुनिकीकरण हुन सकेको छैन । औद्योगिक क्षेत्रको सम्भावना अत्यन्त न्यून छ । सेवा क्षेत्रको विकासको कमी आधारभूत आधारशिलाको अपर्याप्तता, सबै क्षेत्रको अत्यन्त बढी केन्द्रीकरणले गर्दा रोजगारी सिर्जना गर्ने सबै कार्यक्रम पछि परेका छन् । देशका नीतिहरू र कार्यक्रमहरू प्रायः औपचारिक क्षेत्रमा कामदारलाई लक्षित गरी तयार भएका छन् । अनौपचारिक क्षेत्रलाई समेटने दूरगामी सोचको अभाव छ । यसले ९६ प्रतिशत अनौपचारिक क्षेत्रमा काम गर्ने सक्रिय जनशक्तिलाई राष्ट्रले महत्त्व दिन सकेको छैन । यसैगरी श्रम व्यवस्थापनले त्रिपक्षीय सामन्जस्यताका आधारमा अघि बढ्न सक्नुपर्छ  । कृषि घरेलु उद्योगको आधारमा साना तथा मझौला उद्योगहरूको विकास गर्ने, कार्यान्वयन योग्य नीतिहरू तर्जुमा गरी तुलनात्मक लाभका क्षेत्रहरूको पहिचान गरी लगानी गर्ने, अन्तर्राष्ट्रिय स्तरको मापदण्डलाई आत्मसात गरी अघि बढ्ने सामाजिक सुरक्षा र औद्योगिक प्रवद्र्धन प्रत्याभूति गर्ने, अनुगमनलाई प्रभावकारी बनाउने, वैदेशिक रोजगारीको क्रियाशीलतामा वृद्धि गर्ने, रुग्न उद्योगहरूको सुधारमा पर्याप्त चासो दिनुपर्छ ।  यसरी  सरकारले विभिन्न कार्यक्महरु लागु गर्न सकेमा मात्र देशको आर्थिक  वृद्धि हुने छ र बेरोजगारी समस्या समाधान हुँदै जाने छ ।   



                                                                              परोपकार    
भनिन्छ, ‘प्रत्येक भाग्यको पछाडि एउटा अपराध हुन्छ।’ यही लुकेको वस्तुले मानिसलाई परोपकारी कार्य गर्न उक्साउँछ, कसैलाई आफ्नो कमाइको कर घटाउन, कसैले व्यक्तित्व बढाउन, सुन्दर र स्वास्थ्य सामुदायिक जीवन बिताउन, नेतृत्वदायी भूमिका निर्वाह गर्न, शुद्ध हुन र बदनामीबाट जोगिन मात्र । परोपकारलाई यही सीमाभित्र राखेर परिभाषित गर्नु उपभोक्तावादी सोचाइ मात्र हो।
परोपकार भन्नु नै मानव प्रेम हो। अको शब्दमा भन्दा लोककल्याणको भावनाले अभिप्रेरित भै सम्पूर्ण प्राणीको उपकारको लागि गरिएको सौहाद्रपूर्ण कार्यलाई परोपकार भनिन्छ। भिक्षा, भीख, कृपा, करुणा, दयाभाव, धर्मदान आदि शब्दहरू दक्षिण एसियामा प्रायः उस्तै(उस्तै प्रयोजनको लागि प्रयोगमा आउने गर्दछन्। गहन रूपमा अध्ययन गर्दा परोपकार र भिक्षामा तात्विक अन्तर पाउन सकिन्छ । परोपकार समस्याको मूल कारण पहिचान गर्न उद्दत हुन्छ भने भिक्षा दान वर्तमान दुःखबाट थोरै राहत पाउनमा सीमित हुन्छ, परोपकार एक दीघकालीन समाधान हो भने भिक्षा अल्पकालीन, परोपकार हुने खानेको लागि एक मजबुत आग्रह हो भने भिक्षा सादा दान हो, पैसाको ठूलो राशी कुनै सत्कार्यमा प्रदान गर्नु परोपकार हो भने सानो रकम टीका लगाएर दिनु दान हो । विस्तृत रूपमा हेर्दा परोपकार समाजको जीवन शक्ति रूपान्तरणको लागि समय, स्रोत, साधन र प्रतिभाद्वारा गरिने पवित्र कार्य हो।
अरूको मन जित्ने सबैभन्दा ठूलो र बलियो साधन परोपकार भएको छ । यसले आत्मसन्तोष दिलाउँछ। मानवता प्रति प्रेमभाव दर्शाउनुको साथै आत्मनिर्भरताको सन्र्दर्भमा एउटा भरोसालाग्दो सन्देश दिन्छ, विश्वले मानेको छ । १५ नोभेम्बर सन् १९८६ मा प्रथम अन्तर्राष्ट्रिय परोपकार दिवस मनाइदै आएको छ । परोपकार नै समस्त मानव जातिद्वारा सराहना गरिएको सत्यता हो’ भनेर अमेरिकी लेखक डेभिड हेनरी थारोले १९ सौं शताब्दीमै भनिसकेका हुन्। प्राचीन एथेन्सको कानुन र सोक्रेटस दुवै परोपकारी थिए । अर्काको उपकार, पराइको भलो हुने काम, अनाथ र दीनदुःखीको उपकार गर्ने संस्थाहरू पहिले पहिले पनि खुलेका थिए । आत्मा, शरीर र भावनाको विकास नै मानव विकास हो भन्ने शास्त्रीय अवधारणाले आदर्श विद्या प्रभावकारी थियो ।


                                                                 

 देश विकाशमा विद्यार्थीको भूमिका

देश भनेको मानिसहरूको समूह हो, जो एउटा निश्चित भूभागमा आफ्नै सरकार अन्तर्गत बसोबास गर्दछ। दोस्रो “निर्माण” भन्नाले यहाँ भवन निर्माण होइन विकाससँग सम्बन्धित छ। यस अर्थमा राष्ट्रनिर्माण भन्नाले देश विकासलाई सम्झनुपर्छ। एकजना विचारकका अनुसार “देश भनेको माटो होइन, मानिसलाई सम्झनुपर्ने हुन्छ।” यसकारण यसको भित्री अर्थ मानव विकाससँग जोडिएको छ किनभने कुनै पनि देशको विकास त्यहाँ बसोबास गर्ने मानिसद्वारा नै सम्भव हुन्छ। मानिसहरूले नै राष्ट्रलाई बलियो बनाउन अथक परिश्रम गर्नुपर्ने हुन्छ। भारतका पूर्वराष्ट्रपति एपीजे अब्दुल कलामका अनुसार,“राष्ट्रको विकासको कुरो त्यहाँ बसोबास गर्ने मानिसहरूको सोचाइमाथि निर्भर हुन्छ ।”
अब प्रश्न उठ्छ राष्ट्र र विद्यार्थीबीच के सम्बन्ध छ ? सबैभन्दा पहिला हामीलाई के थाहा हुनुपर्छ भने मानिसले आफ्नो सोच, कल्पना शक्ति र कत्र्तव्यपालनले आफ्नो देशलाई महान् बनाउन सक्छ । यस अर्थमा विद्यार्थी यदि बीउ हुन् भने मानिस त्यस बीउबाट उम्रेको रूख। एउटा राम्रो बीउले नै राम्रो रूख प्रदान गर्छ र राम्रो रूखले नै मीठो फल दिन्छ । एउटा विद्यार्थी नै भोलि त्यस देशका सुयोग्य नागरिक बन्छ र त्यो सुयोग्य नागरिकले नै पहिलेभन्दा राम्रो समाजको निर्माण गर्छ। यसप्रकार समृद्ध राष्ट्रको सूत्र भनेको राम्रो विद्यार्थी, नैतिकवान समाज र समृद्ध राष्ट्र हुन आउँछ। एउटा गुणवान र विवेकशील विद्यार्थीले यस्तो इमानदार समाजको निर्माण गर्दछ, जो राजनीतिकरूपले सन्तुलित, आर्थिक दृष्टिकोणले परिपूर्ण र नैतिक धरातलमा उभिएको हुन्छ। यस्तो राष्ट्रको प्रतिष्ठा सधैंका लागि हुन्छ किनभने त्यस्ता विद्यार्थी राष्ट्रिय विकासका मेरूदण्ड हुन्छन् । 
आजका विद्यार्थी नै राष्ट्रको भावी उत्तराधिकारी भएको हुनाले उनीहरू दक्ष, कुशल र  नैतिकवान हुनुको साथसाथै राजनीतिक र आर्थिक विचारले सुसज्जित हुनुपर्छ। उनीहरू राष्ट्रका आधार स्तम्भ हुन्, जसमाथि नयाँ नेपालरूपी सुन्दर भवनको निर्माण हुनेछ । यस अर्थमा आधारस्तम्भ बलियो भए भवन पनि बलियो हुन्छ र कमजोर भए खस्न पनि बेर लाग्दैन। यसकारण विद्यार्थीहरूमा जित्ने प्रबल चाहना, सफलता प्राप्त गर्ने साहस र समस्याहरूलाई बुझ्ने र निराकरण गर्ने बुद्धि हुनु अति आवश्यक छ।
 विद्यार्थीहरू राष्ट्रका अभिन्न अङग हुन्। उनीहरू भविष्यका यस्ता नागरिक हुन्, जसको राष्ट्रलाई बढी आवश्यकता पर्छ । भविष्यमा राष्ट्रका लागि उनीहरू उत्पादक, संरक्षक र दार्शनिक हुन सक्छन् । उत्पादक भन्नाले आवश्यक वस्तुहरूको उत्पादन गर्ने जो कृषि, इलेक्ट्रोनिक्स, इ्रन्जिनियरिङ, स्वास्थ्य, शिक्षा आदिसँग सम्बन्धित हुन सक्छ। यसैगरी संरक्षक भन्नाले राष्ट्रको सार्वभौमिकतालाई सुरक्षा प्रदान गर्ने जो नेता, ब्यूरोक्रेट्स, न्यायालय, सुरक्षा निकाय आदिसँग सम्बन्धित हुन सक्छ।  दार्शनिक भन्नाले राष्ट्रलाई सुमार्ग निर्देशन प्रदान गर्ने नागरिक समाजसँग वा अन्य सरोकारका निकायसँग सम्बन्धित हुन सक्दछ। यसप्रकार वर्तमानको विद्यार्थी पुस्ताले नै भोलि गएर आफ्नो राष्ट्रलाई सबल र सफल राष्ट्र बनाउन सक्ने क्षमता राख्छन्। यसकारण देश निर्माणका लागि विद्यार्थीहरूले हरसम्भव प्रयास गर्नुपर्छ ।


Popular posts from this blog

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्ष

गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु

भूमिराज शर्मा गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु                               गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव हुँदैन ।            मानवीय क्रियाकलापको अन्र्तनिहित शक्ति गणितमा नै निहित छ । विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी छ । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिन्छ । कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्छ तर गणितमा अब्बल विद्यार्थी आफूलाई हरेक विषयमा अब्बल रहेको प्रमाणित गर्न सक्छ र आफूलाई आत्मविश्वासले भर्न सक्छ । तसर्थ मानव