केहि पालिकाहरुले शिक्षालाई पहिलो प्राथमिकतामा राखि शिक्षा सुधारमा लागेका छन् ।
यसै क्रममा पर्साको बिकटमा रहेको ठोरीले गरेका कार्यहरु
सवै विद्यायमा डिजिटल हाँजिरी
सवै कक्षाको परीक्षा पालिकामा एकरुपता हुने गरी विज्ञसमुहद्वारा प्रश्न पत्र निर्माण, परीक्षा सेन्टर निर्माण गरी सिमित विद्यालयमा
सवै बिद्यालयका शिक्षक र लेखापाललाई सुचना प्रविधि सम्वन्धि तालिमको व्यवस्था
वालविकास केन्द्रहरुलाई एक एक टेलिभिजनको व्यवस्था, कार्पेटिङ्गको व्यवस्था,
दिवाखाजाको व्यवस्था
हाल कार्यालयमा काम गर्ने वातावलण नभएकोले पालिकाका प्रमुख प्रशासकीय अधिकृत आफ्नो समयलाई विद्यालयहरुमा पुगी शिक्षण सिकाइको कार्यमा लागाउन थाल्नु भएको ।
(सूचनाको स्रोत ठोरीका शिक्षकहरु)
शिक्षा विकास निर्देशनालय ठोरीका प्रमुख प्रशासकीय अधिकृत नविन गङ्गताङ्ग लामा प्रति आभार व्यक्त गर्दछ ।
प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम