गजल     यो दुनियामा पढ्ने भन्दा पिउने धेरै छन् ।  सायद त्यसैले मर्ने भन्दा जिउने धेरै छन् ।।  उजाड छन् तनहरु फाटेका छन् मनहरु ।  टाल टुल गरी ब्यथाहरु  सिउने धेरै छन् ।।   कविताहरु लेखिरहेछु तर म कवि होइन ।  कुना कन्दरा देखिरहेछु तर म रवि होइन ।।  कवि र रवि दुवै हुन सक्दिन म प्रियजन ।  चाकडी गर्दै अघि बढ्ने मेरो छवि होईन ।।     गजल   नाना थरी कुरा कानमा भर्छन् अचेल मान्छेहरू । खोलो तर्यो लौरो बिर्स्यो गर्छन् अचेल मान्छेहरू ।।   के हो झुठ के हो सत्य छुट्याउनै  मुश्किल छ । असत्य रूपी भ्रमहरु छर्छन् अचेल मान्छेहरू ।।   जालझेल, षड्यन्त्रको पर्दाफास हुन थालेपछि । विश्वासको शिखरबाट झर्छन् अचेल मान्छेहरू ।।   मुटु भित्र घुसेपछि  माहुरीले झै रस चुसेपछि । किन फरक कित्तामा  सर्छन् अचेल मान्छेहरू ।।   अर्कैको छ डाहा इर्ष्या आफ्नो पन केही छैन । सायद रिसले जलेर मर्छन् अचेल मान्छेहरू ।। २०७६/०५/२७   
A Complete Educational Blog