Skip to main content

पढ्न सघाउने एप्स

पढ्न सघाउने एप्स
रञ्जनहरि कोइराला
    ११ जेठ २०७६
आजका बालबालिका स्मार्टफोन र इन्टरनेट बिनाको संसारबाट अछूतो रहन सक्दैनन्। उनीहरूले धेरैभन्दा धेरै समय प्रविधिमा बिताउन चाहन्छन्। त्यसमध्ये पनि बालबालिकाको पहिलो रोजाइ टेलिभिजन नै हो। १२ देखि १७ वर्ष उमेरका बालबालिकाले हप्तामा १४ घण्टा टेलिभिजन हेरेर बिताउने गरेको एक अध्ययनले जनाएको छ। अध्ययनका अनुसार २ देखि ११ वर्ष उमेरसमूहका बालबालिकाले हप्तामा १९.५ घण्टा टेलिभिजनमा बिताउने गरेका छन्।

टेलिभिजज सँगसँगै पछिल्लो समय स्मार्टफोन र इन्टरनेटमा समय बिताउने बालबालिका पनि सोही अनुपातमा बढेको पाइएको छ। अध्ययनका अनुसार १२ देखि १७ वर्ष उमेरका बालबालिकाले हप्तामा थोरैमा पनि १२ घण्टा मोबाइलमा बिताउँछन्। त्यस्तै, २ देखि ११ वर्ष उमेरसमूहका बालबालिकाले हप्तामा थोरैमा पनि १० घण्टा मोबाइलमा भिडियो कन्टेन्ट हेर्ने गरेको पाइएको छ। खासगरी भिडियो गेम खेल्ने र युट्यबमा भिडियो हेर्ने, सामाजिक सञ्जाल चलाउने गरेको पाइएको छ।

केही समय पछिल्लो प्रविधिसँग बिताउनु राम्रो पनि हो। यसले विश्वसँग जोड्न ठूलो मद्दत गरिरहेको हुन्छ। तर इन्टरनेटमा सबै ज्ञानमूलक सामग्री हुँदैन। यस लेखमा इन्टरनेट र त्यहाँ उपलब्ध शिक्षामूलक केही महत्त्वपूर्ण सामग्रीको परिचय दिइएको छ। जसले बालबालिकाको सिकाइ शैलीमा समेत मह�त्त्वपूर्ण परिवर्तन ल्याउन मद्दत गर्न सक्छ।

यो दशक भनेको प्रविधिमा आधारित शिक्षाको हो। यसले सिकाइ सहज र सुलभ बनाएको छ। इन्टरनेटमा अहिले बालबालिकाको शिक्षासँग सम्बन्धित हजारौं साइट तथा एप्स रहेका छन्। जसमार्फत अनौपचारिक शिक्षा हासिल गर्न सकिन्छ। शिक्षासँग सम्बन्धित केही महत्त्वपूर्ण एप्स यस्ता छन्।

क्लासडोज

क्लासडोज अनौपचारिक शिक्षा हासिल गर्ने एउटा महत्त्वपूर्ण र रमाइलो मोबाइल एप्स हो। यसले बाबुआमा, विद्यार्थी र शिक्षकलाई एकअर्कासँग कुराकानी गर्ने अवसर दिन्छ। विद्यार्थीले आफ्नो उमेर र कक्षाअनुसारको शिक्षा लिन सक्छन्। त्यहाँ जोडिएका विश्वका सयौं शिक्षकसँग आफ्नो समस्या प्रस्तुत गर्न सक्छन्। आफूलाई जान्न मन लागेको विषयमा सोध्न सक्छन्।

बाबुआमाले पनि शिक्षक र आफ्नो छोराछोरी बीचमा भएको अन्तरक्रिया सुन्न सक्छन्। उक्त अन्तरक्रियाको आधारमा शिक्षकले दिएको मार्कको आधारमा छोराछोरीको शैक्षिक क्षमताको बारेमा जान्न पाउँछन्। साथै बाबुआमाले एपमार्फत आफ्ना छोराछोरीलाई कुन उमेरमा कस्तो खालको शिक्षा आवश्यक पर्छ ? यसबारे शिक्षकहरूबाट सोधेर जानकारी लिन सक्छन्। क्लासडोज एप्समा यो सुविधा छ। त्यसैले यसलाई अनौपचारिक शिक्षा लिन महत्त्वपूर्ण एप्सको रूपमा लिइएको छ।

डुलिंगो

मोबाइलमा युट्युबमा भिडियो हेरेर समय बिताउनुभन्दा अन्य देशको भाषा सिक्नु पनि राम्रो हुन्छ। यदि विदेशी भाषा सिक्न चाहनुहन्छ भने ‘डुलिंगो’ सबैभन्दा वेस्ट अप्सन हो। यो एपले स्पेनिस, डच, डेनिस, फ्रान्स, जर्मन, इटालियन, आइरिसका साथ अंग्रेजी भाषा सिक्ने अवसर दिन्छ। नयाँ भाषा सिक्न चाहनेलाई एपले सुआतमा साधारण शब्द सिकाउँछ।

बालबालिकालाई अंकको बारेमा जानकारी दिन क्विक म्याथ्स एप सहयोगी छ। कक्षा २ देखि ६ सम्मका बालबालिकालाई यो एप राम्रो मानिएको छ।

पछि वाक्य बनाउनेदेखि लिएर बोल्नसमेत सिकाउँछ। भाषा सिकाइको लागि विभिन्न शैलीको प्रयोग भएको छ। यो एप पूर्ण रूपमा निःशुल्क छ। जो कोहीले पनि आफ्नो मोबाइलमा डाउनलोड गरेर प्रयोग गर्न सक्छन्।

क्विक म्याथ्स

बालबालिकालाई नम्बरको बारेमा जानकार बनाउन क्विक म्याथ्स सहयोगी सिद्ध हुन्छ। कक्षा दुईदेखि ६ सम्मका बालबालिकालाई यो एप राम्रो मानिएको छ। यसमार्फत बालबालिकाले साधारण हिसाब सिक्न सक्छन्। यसले बालबालिकाई आफ्नो क्षमता वृद्धि गर्न, गणितीय समस्या हल गर्ने बानीको विकास गर्न मद्दत गर्छ।

युट्युब किड्स

बालबालिकाकै लागि भनेर युट्युबको किड्स भर्जन पनि आएको छ। जसमा बालबालिकालाई आवश्यक पर्ने शिक्षासँग सम्बन्धित भिडियो, जानकारीमूलक भिडियो र रमाइला खालका भिडियो राखिएको छ। यो भिडियो मार्फत जानकारी लिन अहिलेको सबैभन्दा राम्रो एपको रूपमा लिइएको छ। त्यतिमात्रै नभएर, यसमा बालबालिकाले आफ्नो दिमागमा खेलेका हरेर कुरा खोजेर हेर्न सक्नेछन्। यो एप पूर्ण पारिवारिक र बालबालिकासँग सम्बन्धित भएकाले यसलाई महत्त्वपूर्ण एपको रूपमा लिइएको छ।

साइन्स ३६०

नेसनल साइन्स फाउन्डेसनले निर्माण गरेको यो एप बालबालिकाको लागि विज्ञानसँग सम्बन्धित जानकारी प्रदान गर्छ। यो विशेषगरी ट्याबलेटको लागि उपयोगी एप हो। यसबाट साइन्स, इन्जिनियरिङसँग सम्बन्धित नयाँनयाँ आविष्कारको बारेमा जानकारी प्राप्त गर्न सकिन्छ। यो एपले बालबालिकाको सहजताको लागि भिडियो कन्टेन्ट पनि उपलब्ध गराउने गरेको छ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...