Skip to main content

गण्डकी प्रदेशको शिक्षा नीति तथा कार्यक्रम

प्रदेशको धनः दक्ष जनशक्ति उत्पादन


 


प्रादेशिक शिक्षा नीति, कानून र मापदण्ड तयार गरी कार्यान्वयनमा ल्याइनेछ। आगामी दुई वर्षभित्र गण्डकी प्रदेशलाई पूर्ण साक्षर प्रदेश घोषणा गरिनेछ। प्रदेशस्तरमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम सम्बन्धी नीति र मापदण्ड बनाई नियमन गरिनेछ। प्रादेशिक जनशक्तिको आवश्यकता प्रक्षेपण तथा शैक्षिक योजना निर्माण गरी कार्यान्वयन गरिनेछ। सामुदायिक विद्यालयमा सञ्‍चालित प्राविधिक तथा व्यावसायिक कार्यक्रमको गुणस्तर वृद्धि गर्न प्रोत्साहित गरिनेछ। प्रदेशस्तरमा विद्यालय तहको शिक्षकको सेवा शर्त, योग्यता र सक्षमताको मापदण्ड निर्धारण गरी नियमन गर्ने व्यवस्था मिलाइनेछ।


उच्चस्तरीय दक्ष जनशक्ति उत्पादनका लागि गण्डकी विश्‍वविद्यालय स्थापना गरी सञ्‍चालनमा ल्याइनेछ। गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा विकास र विस्तारका लागि गण्डकी प्राविधिक प्रतिष्ठानको स्थापना गरी सञ्‍चालनमा ल्याइनेछ।


गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालयका शिक्षकलाई आवश्यक तालिम प्रदान गर्ने नीति लिइनेछ। सूचना-प्रविधिमैत्री शैक्षिक सामग्रीको उत्पादन र विकासको व्यवस्था मिलाइनेछ। स्थानीय आवश्यकता बमोजिम पाठ्‍यक्रम तयार गरी कार्यान्वयनमा ल्याइनेछ।


स्थानीय तहसँगको सहकार्यमा मातृभाषामा पठनपाठनको व्यवस्था मिलाउने नीति लिइनेछ।


प्रदेशका दुर्गम तथा हिमाली क्षेत्रमा सञ्‍चालित न्यून विद्यार्थी संख्या भएका विद्यालयहरूलाई स्थानीय तहसँगको सहकार्यमा एकीकरण तथा समायोजन गरी आवासीय विद्यालय व्यवस्थापन तथा सञ्‍चालन गर्ने कार्यलाई सहयोग गरिनेछ। गुम्बा, मदरसा, आश्रम र गुरुकुलमा सञ्‍चालित शैक्षिक कार्यक्रमलाई मूलधारको शिक्षा प्रणालीमा आबद्ध गर्ने नीति लिइनेछ।


निजी तथा सामुदायिक क्षेत्रसँगको समन्वयमा प्रविधि, वित्तीय तथा व्यावसायिक सचेतना कार्यक्रम सञ्‍चालन गरिनेछ। स्थानीय तहसँगको समन्वयमा बालविकास केन्द्रलाई नमूना केन्द्रको रुपमा विकास गर्दै लगिनेछ।


अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच बढाई गुणस्तरीय शिक्षा प्रदान गर्न प्रविधिमैत्री शिक्षण सिकाईमा जोड दिइनेछ।


एमबीबीएस लगायत उच्च प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्तिमा छनौट भएका दलित, अल्पसंख्यक तथा गरीब विद्यार्थीलाई थप प्रोत्साहन गर्न उच्च शिक्षा प्रोत्साहन छात्रवृत्ति कार्यक्रम सञ्‍चालन गरिनेछ।


उत्पादन र उत्पादकत्व वृद्धि गरी दिगो विकास गर्न अनुसन्धान र विकासलाई सँगसँगै लैजाने नीति लिइनेछ। विकासका लागि विश्‍वविद्यालयसँगको समन्वयमा खोजमूलक र अनुसन्धानात्मक कार्यक्रम सञ्‍चालन गरिनेछ। टनेल इन्जिनियरिङको पाठ्यक्रम बनाउन विश्‍वविद्यालयलाई सहयोग गरिनेछ।


Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...