लघु कथा " खुट्टाको मर्म " --भुमिराज शर्मा एक दिन अन्तराष्ट्रिय दौड़ प्रतियोगितामा दौड्दै गर्दा खुट्टा सानो तिखो ढुङ्गामा ठोक्किएछ । ठेस लाग्दा घाऊ भएछ । ह्वाल ह्वाल्ती रगत आउन थालेछ । तै पनि खुट्टाले हार मानेनछ । राष्ट्रको लागि पदक प्राप्तिका खातिर सबै पीडाहरु भुलेर उसले आफ्नो गति झन बढाएछ । अन्तमा प्रथम भएरै छाडेछ । यो देखेर खुट्टा लाई जुत्ताले सोधेछ ।" ढुङ्गा ले मलाई छेड्यो । तिमीलाई चोट लागेर रगत बग्यो । पुरै रगतले म निथरुक्क भिजें । तर पनि तिमी किन रोकिएनौ ? खुट्टाले बिस्तारै भन्यो । " हेर लक्ष्य प्राप्ति को बाटोमा यस्ता कैयौ बाधा र पीड़ाहरु आई रहन्छन।तर ती कुराहरु भन्दा आफ्नो लक्ष्य प्रधान ठानेर निरन्तर गतिमा अगाडि बढ्नु पर्छ । यदि म त्यति बेला पिडाको अनुभूति गरेर सुस्ताएको भए यो बिजय सम्भब थिएन । " एकछिन पछि बिजय उत्सब शुरू भयो । दौडदा च्यातिएको जुत्ता नजिकैको फोहोर फाल्ने भाडोमा हालियो । त्यसको ठाउँमा नयाँ जुत्ता फेरियो । घाइते खुट्टाको रगत कट्कटिएर जमेको थियो । रगत आउन बन्द भइसकेको थियो । तर उपचारको कुनै वास्ता थिएन । कि...
A Complete Educational Blog