Skip to main content

कालान्जर पर्वत, नेपाल एक परिचय

कालञ्जर पर्वत
कालञ्जर क्षेत्र प्राकृतिसँगै सांस्कृतिक तथा धार्मिक रुपमा पनि उत्तिकै महत्वूर्ण ठाउँ हो । कालञ्जर पर्वत जिल्लाको मोदी तथा जलजला गाउँपालिका र म्याग्दीको अन्नपूर्ण गाउँपालिकासम्म फैलिएको छ । 

अहिले हम्पाल भनेर चिनिने यो क्षेत्र हिन्दू धर्मग्रन्थहरूमा पवित्र तपोभूमिका रूपमा व्याख्या गरिएकोे ‘कालञ्जर पर्वत’ हो । धर्मग्रन्थहरूमा कालञ्जर पर्वतको महिमा वर्णन मात्रै गरिएको छैन, त्यहाँ पुगेर तपस्या गरेर धेरै ऋषिमुनिले सिद्धी प्राप्त गरेको उल्लेख छ ।

पद्मपुराणमा महादेव र पार्वतीको क्रिडास्थल, पितृको श्राद्धकर्मका लागि निर्देश गरिएका गंगासागर, ब्रह्मसागर, यमुना, कुरुक्षेत्र, नीलकण्ठ जस्तै कालञ्जर तीर्थलाई पनि उत्तम पितृतीर्थका रूपमा उल्लेख गरिएको पाइन्छ ।

हिमालय पर्वतका राजा र उनकी पुत्री पार्वतीसँग जोडिएको यो क्षेत्र पवित्र भूमिका रूपमा र तपस्यास्थलका रूपमा रहेको थियो । राजर्षि जडभरतले यस क्षेत्रमा तपस्या गरेको पुराणहरूमा उल्लेख छ ।  

एकपटक कालञ्जरमा रहेको मृग सरोवरमा स्नान गरे त्यहाँ रहेका भगवान् शिवको दर्शन गरेमा मात्रै पनि स्वर्गलोकमा जान पाइन्छ भन्ने मान्यता छ । कालञ्जर पर्वतलाई बराहपुराणले भगवान् शिवको बासस्थानका रूपमा व्याख्या गरेको छ । 

समुन्द्री सतहदेखि कालञ्जर पर्वत ३ हजारदेखि ३ हजार ५ सय मिटरको उचाइमा छ ।  प्रचीन धर्मग्रन्थहरूमा ‘मृग सरोवर’ का रूपमा उल्लेख गरिएको जलजला सिमसार क्षेत्र २ हजार ९ सय मिटरका उचाइमा छ । घना जंगल, हिउँदका केही महिना हिउँ पर्ने गर्दछ ।

हनुमानले यही क्षेत्रबाट जडीबुटी लगेर औषधि उपचारमा प्रयोग गरेको धार्मिक ग्रन्थ रामायणमा उल्लेख छ । नीरमसी, पाँचऔलो सतुवालगायत बहुमुल्य जडीबुटीहरू प्रशस्त पाइने जलजला क्षेत्रको जंगलमा कालो वर्णको मृग, घोरल, चितुवा, भालु, डाँफे, मुनाल, कालिजलगायत पशुपक्षीको बसोबास छ ।

मातातीर्थ औंसीका दिन दिवंगत बुबाआमाको श्राद्ध गर्न जलजलामा जाने चलन छ । पूजाआजाका लागि शंकर भगवानको मन्दिर बनाइएको छ ।

जलजलालाई पर्वतको उत्तरी भागको ‘वाटर रिजर्भर’ पनि भन्ने गरिन्छ । त्यहाँबाट पर्वतको पातिखोला र भुरुङ्दी खोलाको सुरुवात हुन्छ । 

जलजलाको सो सिमसार क्षेत्रलाई तालको रुपमा विकास गर्ने योजना अगाडि बढेको छ । नेपालको ‘नैनी ताल’ बनाउने परिकल्पनासहित गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले तयारी गरिरहेको छ भने पर्वतका मोदी र जलजला गाउँपालिकाले संयुक्त रुपमा काम गर्न थालेका छन् । 

पदयात्राका लागि परिचित पर्यटकीय गन्तब्य मोहोरेडाँडा, पुनहिल र घोरेपानी पनि यही क्षेत्रमा पर्दछ । अहिले ट्रेकिङका लागि नयाँपुल, घान्द्रुक हुँदै घोरेपानी, पुनहिल पर्यटक पुग्छन् । अर्को रुटका रुपमा नयाँपुलदेखि तिखेढुंगा, उल्लेरीहुँदै घोरेपानी–पुनहिल परिचित रुट हुन् ।

योसँगै नयाँपुल, लप्सीबोट, भुमरकोट, डाँडाकमेरे, जलजला हुँदै घोरेपानी पुग्ने नयाँ रुट बनिरहेको छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...