Skip to main content

जन्म दिनमा बिद्यार्थीलाई छात्रबृत्ती वितरण

पर्वत, २६ फागुन
           तपाईले आफ्नो जन्म दिन कसरी मनाउनु हुन्छ ? केक काटेर, साथीभाई जम्मा गरी भोज भतेर नाच गान गरेर,  मिठाई बाडेर वा अन्य कुनै कार्य गरेर ।  जन्म दिन मनाउने आआफ्नै तरिकाहरु एवं शैलीहरु हुन्छन् । तर यहाका एक व्यक्तिले आफ्नो जन्म दिन फरक किसिमले मनाउँदै आउनु भएको छ । जिल्लाको मोदी गाउँपालिका वडा नं २ पातीचौर निवासी ६४ बर्षिय समाजसेवी बुद्धि प्रसाद तिवारीले आफ्नो जन्मदिनको अबसर पारेर छ ओटा विद्यालयमा अध्ययन गरेका छ जना उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कार प्रदान गरी  जन्म दिन मनाउनु भएको हो ।  तिवारीले यस बर्ष मात्र नभइ विगत २२ बर्ष देखि यसै गरी आफ्नो जन्म दिन मानाउदै आउनु भएको छ ।
         २०५४ सालमा दश हजार राशीको बुद्धि शुभ जन्मोत्सव अक्षयकोष स्थापना गरी त्यसको व्याजबाट गाउको जननेत्र मावि देउपुरबाट हरेक बर्ष एसएलसीमा प्रथम स्थान प्राप्त गर्ने एक जना, पशुपति निमावि र आदर्श प्राविबाट सर्वोत्कृष्ट हुने एक एक जना गरी तीन जना बिद्यार्थीलाई क्रमशः एक एक हजार  रुपैया पुरस्कार प्रदान गर्ने गरिएकोमा केही बर्ष पहिले देखि नमुना आवासीय मावि र देउपुर नमूना आवासीय माविका सर्वोत्कृष्ट बिद्यार्थीलाई पनि पुरस्कृत गर्न थालिएको थियो । यसवर्ष देखि अक्षय कोष समेत बढाएर ५० हजार पुरयाइएको र जनआदर्श अंगे्रजी आवासीय  विद्यालय थप गरी छ ओटा विद्यालयका छ जना सर्वोत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको  संस्थापक तिवारीले जानकारी दिनुभयो ।

            कार्यक्रममा जननेत्र माविका विशाल राज शर्मा, नमूना आवासीय माविका सौगात लामिछाने, देउपुर नमूना आवासीय माविका रिया केसी, पशुपति आविका सफल परियार, आदर्श आविका गरिमा चापागाई, र जनआदर्श अंग्रेजी आविका रेजन मल्ललाई जनही रु एक हजार नगद र प्रमाणपत्र प्रदान गरी पुरस्कृत गरिएको थियो । सो अवसरमा बोल्दै मोदी गाउँपालिका वडा नं २ का वडाध्यक्ष विकास तिमिल्सिनाले समाज सेवाको क्षेत्रमा तिवारीले  पुर्याएको योगदानको चर्चा गर्नु भएको थियो । त्यस्तै रोटरी क्लब अफ पर्वतका पूर्व अध्यक्ष प्रेम प्रसाद पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । अक्षय कोष संचालक समितिका अध्यक्ष नारायण प्रसाद चापागाई सो सभापतित्वमा भएको सो  कार्यक्रमको संचालन पशुपति आधारभूत विद्यालयका प्रअ तारापति तिमिल्सिनाले  गर्नु भएको थियो ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...