Skip to main content

७५ जिल्ला

७५ जिल्लामा यसरी बस्यो माया प्रेम❣️                         (१) दार्चुलामा घुम्न गयको बैतडिको बाँस। डडेलधुरा कन्चनपुरमा भयो रात्री गाँस।। कैलालिको बाटो हुँदै पुगे म त डोटि। बझाङ अनि बाजुरामा खाजा खाय रोटि।। अछाम सारै राम्रो रैछ झनै पल्लो हुम्ला। प्रकृतिको बरदान रैछ मुगु अनि जुम्ला।। कालीकोट र दैलेखमा राउटे दाइ भेटे। सुर्खेत अनि बर्दियामा सारङ्गी धुन रेटे।। दाङ्ग हुँदै बाटो लागे अर्को जिल्ला बाके। सल्यान हुँदै जाजरकोट पुग्दा धेरै थाके।। रुकुमको लालिगुरास पुग्दो रैछ रोल्पा। सबै भन्दा ठूलो जिल्ला थाहा भयो डोल्पा।। प्युठानको स्वर्गद्वारी राम्रो रैछ ठाउँ। कपिलवस्तु लुम्बिनीमा बुद्ध जन्म गाउँ।। अर्घाखाँची घुम्दा खेरी गुल्मी जिल्ला छेक्यो। बाग्लुङ झरी चिया खादा उस्ले मलाइ देख्यो।। म्याग्दी रैछ उसको घर बोल्दा थाहा भयो। छ्ड्के गाजल त्यही माथी झनै डाहा भयो।। मुस्ताङ घुम्न जाने रहर रैछ उनको पनि। तर मनाङ घुम्न गयौ कसैलाइ नभनी।।                       (२) कास्की जिल्ला लोभ लाग्दो झनै फेवाताल । बाराहिको मन्दिरमा बस्यो माया जाल।। पर्बत हुँदै स्याङ्जा लाग्यौ हामी दुई जोडि। रुपन्देही पुगेछौ पाल्पा तानसेन छोडी।। जाने नबलपरासि त पुग्यौ तनहु जिल्ला। चारै तिर फैलियको लम्जुङको किल्ला।। घुम्दा घुम्दै गोरखा पुग्यौ त्यही मेरो घर। जिन्दगिले कहाँ लान्छ हुन्न रैछ भर ।। चितवनको सौराहामा हात्ती सवार गर्यौ। मिठा मिठा कुरा गर्दै धादिङ तिर झर्यौ।। हेर्न मन लाग्यो उनलाइ नुवाकोट दरबार। त्यही दरबार साक्षी राखी गर्यौ घरबार।। रसुवाको केरुङ गडि चाइना बोडर पर्यो। सिन्धुपाल्चोक पुग्दा खेरी असिना पानी झर्यो।। बस चढि लाग्यौ हामी काठमाडौ तिर। दुबै जना साथैमा छौ छैन केही पिर।। अझै घुमौ भन्छिन उनी भक्तपुर पनि। कुरा काट्न नसकेर पछि लाग्छु मनि।। ललितपुरको चिडियाखाना पनि हामी गयौ। मकवानपुर बजार हुँदै तराइ जाने भयौ।।                        (३) जादा जाँदै बाटो भरी मुसलधारे वर्षा। गफै गफमा कति छिटो आइपुगेछौ पर्सा ।। एक छिन थकाइ मारी हामी जानू थियो बारा। यी आखाले देखुन्जेल समथर सारा।। रौतहटमा बजार पर्यो चन्द्रनिगाहपुर । सर्लाहीको यात्रा भने भयो सारै झुर।। अझै घुमौ भन्छिन उनी महोत्तरी जिल्ला। सररर गुडि राथ्यो गाडी चिल्ला चिल्ला।। गाडी चढी लाग्यौ हामी धनुषा जनकपुर। रामजानकी मन्दिरमा रमाइलो भो भरपुर।। चारै तिर कुद्दा कुद्दै थाकियछौ धेरै। सिन्धुलिमा भेटी हाले मिल्ने साथी मेरै।। काभ्रे पनि गयौ हामी मिठा कुरा गर्दै। रामेछापमा फुलि राथ्यो फुल सुबास छर्दै।। चरिकोट दोलखामा भयो हाम्रो बाँस। सोलुखुम्बु लैजाउ भनी गर्छिन् उनी आस।। नाम्छे बजार हुँदै हामी ओखलढुंगा तिर। सार्है राम्रो देखीदैथ्यो खोटाङको शिर।। उदयपुर गाइघाटमा नास्ता पानी भयो। उनी र म घुम्दा घुम्दै जिन्दगानी गयो।।                        (४) हल्का पेट दुख्यो भन्न लागि उनी फेरि। सिराहामा पुगेपछी मैले पनि हेरि।। सप्तरिको चौतारिमा छोरी पाइन् उनले। सुनसरिमा हामी पुग्दा गिज्याइ दियो जुनले।। छ सात महिना मोरङ तिरै बस्नु पर्यो फेरि। औधी मन पर्ने उनलाइ समोसा र जेरि।। अब जाने धनकुटा हो पर्न लाग्यो साझ। जसरी नि भोजपुर पुग्नै पर्छ आज।। सङ्खुवासभा जिल्ला रैछ राई लिम्बुको गाउँ। तेह्रथुम झर्दा झनै मन लोभ्याउने ठाउँ।। सानी छोरी घुम्दा घुम्दै भयो एक दुई बर्ष । खसी काटी मनाउदै छौ ताप्लेजुङमा हर्ष।। जति घुम्नु घुमी सक्यौ जाने अब घर। कहाँ छोड्न मिल्थ्यो हजुर सुन्दर त्यो पाचथर।। छोरी भन्छे इलामको चिया सङ्ग खेल्छु। उनी भन्छिन दुख सुख हजुर सङ्गै झेल्छु।। छोरि भन्छिन भोक लाग्यो दिनुस मलाई पापा। इलाम हुँदै बाँस बस्न झर्यौ हामी झापा।। भोलि बिहान बस चढि काठमाडौं जानी। हासौ नाचौ यस्तै त हो हाम्रो जिन्दगानी ।। रचना: नवीन क्षेत्री

Popular posts from this blog

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्ष

गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु

भूमिराज शर्मा गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु                               गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव हुँदैन ।            मानवीय क्रियाकलापको अन्र्तनिहित शक्ति गणितमा नै निहित छ । विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी छ । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिन्छ । कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्छ तर गणितमा अब्बल विद्यार्थी आफूलाई हरेक विषयमा अब्बल रहेको प्रमाणित गर्न सक्छ र आफूलाई आत्मविश्वासले भर्न सक्छ । तसर्थ मानव