Skip to main content

निबन्ध: घनघस्याको उकालो काट्ता

 घनघस्याको उकालो काट्ता-  तारानाथ शर्मा

भोलिपल्ट ती भरियाहरु डडेल्धुरा जान मानेनन् । सहायक अञ्चलाधीशले पाटनका प्रधानपञ्चलाई भरिया बन्दोबस्त गर्न लगाउनुहोला भनेकाले खोज्दाखोज्दा साढे एघार बजेतिर मात्र प्रधानपञ्चसित भेट भयो । उनले दुई जना भरिया खोजिदिए,तर त्यतिन्जेलमा दिउँसोको बाह्र बजिसकेको थियो । घरले विभागका कर्मचारीले भोलि मात्रै जानोस्आज मरे पनि डडेल्धुरा पुगिँदैन भनेर जिद्दी गरे पनि हामी बाह्र बजे पाटनबाट हिँड्यौं ।
ठीक दुई बज्दा त्यस दिन हामी तेर्सैतेर्सो हिँडेर अघोरी गाड पुगेका थियौं । अघोरी गाडमाथि अग्लो पारेर तेर्स्याएको फलेकको साँघु तरेर हामीले टोपी खस्ने उकालामा पाइला राख्यौं । डरलाग्दो जङ्गलले घेरिएको ढुङ्गेनी बाटाले मुटु ढक्क फुल्यो । यही थियो कुख्यात घनघस्याको विकट उकालो ।
मेरो शरीर अलिक मोटो भएकाले उकालो देख्ने बित्तिकै मेरो सातोपुत्लो उड्छ । तेर्सो र ओह्रालो बाटामा म निकै छिटो हिँड्न सक्छुतर उकालो भने मेरा लागि जेमराज जत्तिकै भयावह हुन्छ । तरम विवश थिएँमैले घनघस्या नकाटी भएको थिएन । पाटनका सहृदय व्यक्तिहरुले दिएका दुई लाँक्रा उखु पहिले टेक्तै र पछि चबाउँदै हामी एकोहोरो उकालिइरह्यौंउकालिइरह्यौं ।
जोगबनीदेखि धरानसम्को अलकत्रे बाटालाई धिक्कार्दै र भादगाउँदेखि बाह्रबीसेसम्‍मको फराकिलो कालो बाटालाई सराप्तै हामी ठसठस कनिरह्यौं । सिंहदरबार अगाडिको चिप्लो बाटो त्यहाँ थिएनन त्यहाँ भैरहवाबाट बुटौल जाँदा जस्तो तेर्सो सोझो बाटो नै थियो । त्यहाँ त चुच्चे ढुङ्गाहरु पहरामा तेर्सिएका थिए काला रुखहरुका छायामा कच्पल्टिएर । पसिनाले निथ्रुक्क भिजेर हामी ६ जना अभागीहरु आकाशतर्फ उचालिइरह्यौउचाइलिइरह्यौं ।
नील आर्मस्ट्रङहरुलाई त्यति फिटफिटी परेन होलाकिनभने चन्द्रमामा पुग्दा उनीहरुसित यथेष्ट वैज्ञानिक उपकरणहरु उपलब्ध थिए । हामी भने पानी समेत नपाएर रौयौं । निकै माथि पुगेपछि दुइटा पानीका कुला भेटिँदा स्वर्ग पुगेको अनुभव भयोमरुभूमिका यात्रीले एक्कसी मरुद्यान भेटे झैं हामी फुलेल भयौं ।
त्यत्ति हो, अरु पानी कतै भेटिएन । धेरैधेरै माथि हिउँ प्रारम्भ हुने ठाउँमा पो एउटा असाध्यै चिसो धारो रहेछ । बाटामा एकदुई ठाउँ घरहरु भेटिएतर तिनमा मान्छे थिएनन् । धुरामा पुग्ने बेला तीन माइल जति बाटो जमिसकेको हिउँले ढाकिएको थियो ।
चिसो धारामा पानी खाएपछि दुई भरियाहरु लागे हिउँ नै हिउँको पहरातिर । म पनि तिनको पछि लागेँ । चिप्ला हिउँका ढुङ्गाहरु खाली खुट्टाले टेक्तै रामसिंह भरिया र उसको भतिजो उकालिए । म तिनको सहनशीलता देखेर मख्ख पर्दै ठाउँठाउँमा चिप्लेर लड्दै तिनीहरुसित धुरातर्फ चढेँ । रामसिंहउसको भतिजो र म टुप्पामा पुग्‍दा पाँच बजेको थियो । अरु साथीहरुको पत्तो थिएन ।
पूर्वपट्टि डडेल्धुरा कुइरामा कता हो कता चन्द्रमा जस्तै टाढा भएर बिलाएको थियो । उँधोतिर कहालीलाग्दो कालो जङ्गल थियोजसलाई छिचोलेर एउटा खोलो तरेर एउटा उकालो चढेपछि मात्र डडेल्धुरा पुग्न सकिन्थ्यो ।
डरलाग्दा चितुवा र भालु लाग्ने पट्टेर जङ्गललाई सेतै ढाकेको हिउँमा खाली खुट्टाका औंलालले मान्छेको आकृति कोरेर रामसिंहले भन्यो, ‘आज डडेल्धुरा पुग्न सकिँदैनपोखरातिर राति बाह्र बजेतिर सम्ममा पुगिएला ।
पोखरा पनि पुगिँदैन । तल कतै रित्तो गोठ पाइएछ भने त्यहाँ रात काट्नुपर्छ ।भतिजो चाहिँले हिउँका डल्लाले छेवैको रुखलाई हिर्काउँदै भन्यो ।
म चाहिँ साथीहरु हिउँमा हराए कि भनेर विचलित भएर कराएँ, ‘प्रेमबहादुर भाइ !’
प्रत्युत्तरमा हावा मात्र सुइइयँ गर्‍यो ।
जाऊँ त कसरी जाऊँबसूँ त जाडोले सिध्याइसक्यो !’ भन्दै मैले हिउँको ढिस्को थुपारेँ ।
बल्ल साढे पाँचतिर साथीहरुले जवाफ दिए तल भीरतिरबाट, ‘हामीले बाटो हरायौं !’
हाम्रो आवाजलाई पछ्याउँदै साथीहरु डाँडामा निस्किसकेपछि मैले भनेँ, ‘आज डडेल्धुरा त कुनै अवस्थामा पनि पुग्न सकिँदैन रे । रामसिंह पोखरासम्म पुगिहालिन्छ कि भन्छ भने उसको भतिजो चाहिँ तल गोठतिर अलपत्रै सुत्ने कुरो गर्छ । त्यसैले छिटो हिँड्न नसक्ने साथी चाहिँ दुई जना भरियाहरुसित बिस्तारी आउनुहोस्हामी तीन जना चाहिँ दुगुर्दै पोखरा जान्छौं अनि बासगाँसको व्यवस्था मिलाउँछौं । जस्तै अवस्थामा पनि र जति रात परे पनि तपाईंहरु अवश्य आइपुग्नुहोला ।
मेरो योजना सबैलाई मन परेकाले प्रेमबहादुर प्रधानएक जना साथी र म ओह्रालो कुद्‌यौं । लड्दै पछारिँदै धेरै हिँडेपछि बाटो तेर्सियो र फेरि उकालियो । अनेकौं ओह्राला र उकाला बाटाहरु हिँड्दाहिँड्दै अँध्याराले झ्याप्पै छोप्यो । चोरडाँकाभूत,प्रेत र जङ्गली जनावरका आक्रमणको आशङ्काले ढक्क भएको छातीलाई दुई हातले थिचेर हामी तीन जना एक प्राण र एक मुटु भएर दगुरिरह्यौं ।
हामी यति पछारियौं, भनेर साध्य छैन । हामीलाई यति तिर्खा लाग्यो, भनेर साध्य छैन । भोकडर र बाटो बिरियो होला भन्ने आशङ्काले थुर्थुर हुँदै दस बजे रातितिर एउटा डाँडामाथिको गाउँमा हामी पस्यौं । निकै घरमा बोलाएपछि एउटाबाट थाहा पाइयोबाटो बिरिएको रहेनछ । अनेकौं घरमा प्रयत्न गरेपछि एउटा छाप्राकी खड्किनी मकै भुट्न तयार भई । लोग्ने परदेश लागेको रहेछ । तल्लो तलामा गाई बाख्रा थिए र माथ्लामा सस्याना भन्टाङभुन्टुङ छोराछोरीहरु यत्रतत्र पसारिइरहेका थिए ।
दियालाको छेस्को बत्ती जस्तै बालेर त्यस आइमाईले अँगेनामा बीट नभएको ताप्के जस्तो भाँडाले कुँचाले चलाएर तीन घान मकै भुटिदिई । पैसा पहिले दिएपछि मात्र त्यसले मकै हाम्रो रुमालमा हालिदिई । प्रशस्त पानी लोटाबाट खाएर त्यो अमृत जस्तै मकै खाँदै हामी पोखरातिर लाग्यौं ।
खड्किनीले भनेकी थिई, ‘बाटामी गाड पडन्छ ।
साँच्चै नै बाटामा एउटा खोलो रहेछ । त्यहाँ मन ढक्क फुल्यो । खोलो वास्तवमा मसानघाट होकिनभने मरेका मानिसलाई खोलाकै किनारमा जलाउँछन् । त्यसै हुनाले खोलो भन्ने बित्तिकै दिउँसै पनि मेरो सातोपुत्लो उड्छ भने रातिको त कुरै भएन । तरत्यहाँबाट केही उकालो लागेपछि नै रमाइलो डाँडो टुप्लुक्क देखा पर्‍यो,जसमा बाटामा दुवैतिर पन्ध्रसोह्र ढुङ्गाले छाएका घरहरु थिए । घरहरु सबै बन्द थिए । एकदुई घरका बाहिरपट्टि सिकुवामा मान्छेहरु सुतिरहेका थिए ।
मैले सोधेँ, ‘पोखरा कता पर्छ ?’
यही हो !’ एउटाले ओढ्ने भित्रैबाट भन्यो ।
दोकानहरु सबै थुनिएका छन् नि यहाँ कतै पनि बास पाइँदैन कि क्या हो ?’प्रेमबहादुर प्रधानले सोध्नुभयो ।
दोकानमा राति कोही बस्तैनन् । दिउँसो बेचबिखन गरेर बेलुका ती गाउँतिर आफ्ना घरमा सुत्न जान्छन् । बरु अलिक पर्तिर जानोस्एउटा पसले त्यहीँ सुत्छ । त्यहीँ बास पाइन सक्छ । त्यस मान्छेले ओढ्ने झिकेर हामीलाई राम्ररी नियाल्दै भन्यो ।
हामी अघि बढ्यौं । साँच्चै नै एउटा घरभित्र लालटिन बलिरहेको हामीले देख्यौं । ढोका निकै घचघच्याएपछि एउटा बूढाले ढोका उघारी लालटिन उचालेर हामीलाई हेर्दै सोध्यो, ‘रातिहुँदो के चाहियो ?’
मैले घडी हेरेँ– रातिको बाह्र बजेको रहेछ ।
हामीलाई एक रातको बास चाहियो । मैले भनेँ ।
यहाँ बास पाइँदैन । बूढो ढोका ढप्क्याउन लाग्यो ।
त्यसरी निठुरी बन्न तपाईं पाउनुहुन्न । हेर्नोस्हामी टाढा पूर्वबाट आएका । बास नदिए पनि केही खानेकुरा भए दिनोस्हामी किनेर खान्छौं । प्रधानले भन्नुभयो ।
बूढासित खाने कुरो केही रहेनछ । चिउरामकैचामलआलु केही रहेनछ । सस्याना सुन्तलाहरुले भरिएको एक डालो रहेछ ।
कास्‍की पोखराका सुन्तला रहेछन् नि त तारा दाइ !’ अर्का साथीले व्यङ्ग्य गर्नुभयो ।
अनि हामीले दुईदुई रुपियाँका तीसतीस दाना जति ती चिचिले सुन्तला खायौं । बूढाले कति गर्दा पनि त्यहाँ बास दिन मानेन । उसकै घर अगाडिको चिसो छानु ह्वाङ्गै भएको र फोहरी कटेरो उसले देखायो । त्यसैसित दुई रुपियाँका ती अँगाला दाउरा किनेर हामी आगो ताप्तै साथीहरुलाई पर्खन लाग्यौं ।
राति दुई बजे सास मात्र बाँकी राखेर भरियाहरु र साथी आइपुगे । अनि रामसिंह र उनको भतिजो आगोको छेउमा पातलो तन्दा ओछ्याएर र हामी चार भाइ आआफ्ना सुत्ने थैलाभित्र पसी चिसो न चिसो ढुङ्गाको सिरानी लगाएर भोलि रमाइलो डडेल्धुरा पुग्ने स्वादिलो कल्पना गर्दै साढे दुई बजेतिर कच्पल्टिलो निद्रा सुत्यौं ।२०२४ सालको एसएलसी परीक्षाको सञ्चालन गर्न डोटी जाँदा राष्ट्रको पश्चिमी सीमामा स्थित महाकाली नदीलाई झुलाहाटमा तरी बैतडी र डडेल्धुरा हुँदै सिलगढी पैदलै पुग्नुपरेको थियो । झुलाहाटदेखि बैतडीसम्मको उकालो काटी बैतडीमा दुई रात बिताएर डडेल्धुरामा एसएलसी परीक्षा सञ्चालन गर्न हिँडेका मित्र र वहाँका साथीसित म र प्रेमबहादुर प्रधान डोटीतर्फ हिँडेका थियौं । हामी दुई रात डडेल्धुरामा पनि बसेका थियौं ।आजभोलि त दक्षिण तराईबाट मोटरको बाटो पनि त्यतातिर पुगिसकेको छतर सुदूर पश्चिम पहाडको विकटता अझै पनि छँदै छ । घनघस्याको अग्लो डाँडो बैतडी र डडेल्धुराको बीचमा अवस्थित छ । हामी बैतडीतिरबाट डडेल्धुरा गएका थियौं र यस नियात्रामा त्यही उकालाको बयान गरिएको छतर डडेल्धुरातिरबाट बैतडी जाँदाको दक्षिणी पाटो पनि उत्तिकै अप्ठ्यारो छ ।
OOO
२०२४ साल पुसको अन्तिम हप्तामा म महाकाली अञ्चलमा थिएँ । मेरो जन्म मेची अञ्चलम भएको थियो । म सुदूर पूर्वको इलामे शरीर बोकेर सुदूर पश्चिमको बैतडीबाट डडेल्धुरातर्फ हिँडेको थिएँ ।
म नेपाललाई माया गर्ने राष्ट्रवादी मान्छे हुँ र मेरो राष्ट्रको हरेक भागलाई म उत्तिकै स्नेहसित मुटुमा सँगाल्छु । म खप्तडमा वसन्त बिताउन चाहन्छु,तुम्लिङमा हिउँ खेल्न चाहन्छु र राजापुरको काँसे घारीमा झ्याउरे गाउन चाहन्छु । मलाई तिल्केनीको उकालोघनघस्याको उकालो र चन्दनीको उकालोसित जति प्रेम छउति नै प्रेम अघोरी गाडपुवा खोला र टुकुचासित छ । सतबाँझको लेक होस् वा ट्याम्के डाँडो होस्अन्तु डाँडो होस् वा चन्द्रागिरि होस्जहाँ पनि उस्तै पाराको आफ्नोपनले मेरो मुटु ढुक्ढक्याउँछ ।
जीवनमा कति उकालाहरु काटियो होला र कति ओह्रालाहरु झरियो होलातर थोरै व्यक्तिले मात्र घनघस्याको उकालो चढेका होलान् । यो यस्तो उकालो होजो कठोरतामा अद्वितीय छ । अघोरी गाडदेखि उकालिन थालेको यो डाँडो सहारा मरुभूमिको तिर्खालाई बिर्साउँछु भने झैं तपाईंतिर हेरेर खिस्स हाँस्छ । संसारले अनेकौं काँचुली फेरिसक्योदेशका अरु भागले हजारौं नयाँ दृश्यहरु देखिसकेतर यो उकालो अनन्तदेखि उस्तै छ । युगहरु बिते र समयले टाप लगायोतर घनघस्याको उकालो उत्तिकै घोसेमुन्टो लगाएको लगाएकै छ ।
टाउकामा चिप्लो न चिप्लो बरफको हिउँलो केश फुलाएर आफ्नो अररो वृद्ध शरीरमा काला रुखहरुको जिङ्ग्रिङे भुत्ला ठड्याई यो घनघस्या गजधुम्म परेर बसेको छ । यो मान्छेहरुसित रिसाएको छअग्घोरै रिसाएको छअघोरी गाड जत्तिकै रिसाएको छ अनि पोखराली सेती जत्तिकै रिसाएको छ । सेती नदी पृथ्वीको पेटमा भासिँदै जाओस्यो चाहिँ ठडिएको ठडियै छ । यसले कहिल्यै त टाउको झुकाउला कि भनेर मैले निरीक्षण गरिहेरेँतर त्यस्तो लक्षण कतै भेटिएन । उल्टो यो झन्झन् दृढ हुँदै गइरहेको पो मैले पाएँ ।
प्रकृतिसित जुध्नु नै जीवनको रमाइलो हो भन्ने भावलाई ह्याकुलाले छोपेर नै म सुदूर पश्चिमको भ्रमणमा निक्लेको थिएँ । बैतडीको शाहीलेकमा अवस्थित विद्यालय भवनमा दुई रात बसेपछि डडेल्धुरा जान तम्सिँदा भरिया पाइएन । नौ बजे भात खाएर हिँड्न तयार भएका हामी चार जना व्यक्तिहरु साढे दस बजेसम्म वाल्ल परेर दुई भरियाको खोजमा यता र उता दुगुर्दै नै थियौं ।
झट्ट मलाई सहायक अञ्चलाधीशको सम्झना भयो । हामी दुगुर्दै सहायक अञ्चलाधीशलाई भेट्न माथि बैतडी बजारतर्फ गयौं । सहायक अञ्चलाधीश यमुनाराज पौड्यालज्यूले लगत्तै दुई जना दमाईहरुलाई बोलाएर सत्रसत्र रुपियाँमा पाटनसम्म भारी बोक्न मिलाइदिनुभयो । एघार बजे हामी दशरथ चन्दको सालिकलाई श्रद्धाका दुई थोपा आँसु चढाएर सतबाँझको लेकतर्फ उकालियौं ।
बाटामा एउटा रमणीय ठाउँ भेटियो । देब्रेपट्टि पर्खालले घेरेको ढिस्कामा राम्रो मन्दिर थियोजसको छानाको मर्मत हुँदै थियो । पर्खाल बाहिर फलामे साङ्लीको अग्लो पिङ थियो । त्यसमा मच्चिएर मैले उत्तर पश्चिमतिरका हिमचुचुराहरु देखेँ । सातआठ पसलहरु थिएजसका वरिपरि भेडाका बथानहरु नून र चामलका बोराहरु बोकेर उग्राइरहेका थिए । ठाउँठाउँमा बारीहरु थिएवनहरु थिए र चरनहरु थिए । गाईहरु चराउँदै गोठाला गोठाल्नीहरु विरहलाग्दा गीतहरु कुर्लिरहेका भेटिन्थे । आउनेजाने मान्छेहरुमा समूह पनि प्रशस्तै देखिन्थे । धेरै माथि पुगेपछि हिउँले ढाकेको पाखो देखियो ।
नेपाल हिमाली मुलुक हो तापनि धेरैजसो नेपालीले हिउँ कुल्चन पाएका हुँदैनन् । मैले २००१ सालको विशाल हिउँ वर्षा हुँदा फिक्कलमा हिउँमा खेल्न बाहेक र दार्जिलिङमा एकदुई पटक हिउँ फुस्फुसाएको देखे बाहेक हिउँको राम्रो परिचय बेलाइतमा मात्र पाएको थिएँ । बेलाइती हिउँभन्दा सतबाँझका लेकको हिउँ बेग्लै थियो । यो हिउँ मेरो थियोमेरो मुटुको थियो र हिमाली हार्दिकता बोकेको र चम्किलो थियो ।
मेरा साथी प्रेमबहादुर प्रधान र म यस हिउँमा निकै बेरसम्म खेल्यौं, कहिले चिप्ली खेल्दै कहिले हिउँका डल्लाले एकअर्कालाई हिर्काउँदै र कहिले हिउँका रमाइला थुप्राहरुमा आकृतिहरु बनाउँदै र लेख्तै हामीले सतबाँझमा समयलाई जिस्क्यायौं ।  डाँडामा पुगेर पूर्वतर्फ दृष्टिपात गरेपछि पो हामीलाई थाहा भयोहामीले सतबाँझलाई छोडेर धेरै टाढा जानु रहेछ । जीवन एउटा नटुङ्गिँदो यात्रा रहेछ । जतिसुकै प्यारो लागे पनि सतबाँझ जस्ता रमणीय स्थानहरुलाई छाड्नुपर्दो रहेछ । ओह्रालो झरेर तेर्सै तेर्सो बाटो हामी हिँडिरह्यौंहिँडिरह्यौं ।
सल्लैसल्लाको घारीको मध्य भागबाट हिँडेपछि एउटा चौतारो आइपुग्यो । झमक्क साँझ परिसकेकाले तल जङ्गल मुनिको टार अलेली मात्र देखिन्थ्यो । पहाडबाट झर्दा मधेस पुग्ने बेलाको झैं दृश्य थियो त्यो । बास नपाइएला भनेर भरियाहरु र दुई साथीहरुलाई त्यहीँ छाडी प्रधान र म ओह्रालो दुगुर्‍यौं बासको व्यवस्था गर्न ।
फेदीमा जङ्गल सकिएपछि रमाइलो विशाल चौर आइपुग्यो । त्यसै चौरलाई पाटन भन्दा रहेछन् । फट्याकफुटुक घरहरु देखा परे । बाटामा घरेलु विभागका एक कर्मचारीसित भेट भयो । कास्कीतिरका ती व्यक्तिले अरुतिर बस्ने ठाउँ पाइँदैन भनेर आफ्नै डेरातिर लगे । डेरामा काठमाडौं घर भएका दारी नै दाचरीले ढाकिएका स्वास्थ्य केन्द्रका कर्मचारी पनि रहेछन् । ती दुई दयालु सज्जनका पाहुना भएर हामी उनीहरुकै दालभात खाई त्यस रात राम्ररी सुत्यौं ।
भोलिपल्ट ती भरियाहरु डडेल्धुरा जान मानेनन् । सहायक अञ्चलाधीशले पाटनका प्रधानपञ्चलाई भरिया बन्दोबस्त गर्न लगाउनुहोला भनेकाले खोज्दाखोज्दा साढे एघार बजेतिर मात्र प्रधानपञ्चसित भेट भयो । उनले दुई जना भरिया खोजिदिए,तर त्यतिन्जेलमा दिउँसोको बाह्र बजिसकेको थियो । घरले विभागका कर्मचारीले भोलि मात्रै जानोस्आज मरे पनि डडेल्धुरा पुगिँदैन भनेर जिद्दी गरे पनि हामी बाह्र बजे पाटनबाट हिँड्यौं ।
ठीक दुई बज्दा त्यस दिन हामी तेर्सैतेर्सो हिँडेर अघोरी गाड पुगेका थियौं । अघोरी गाडमाथि अग्लो पारेर तेर्स्याएको फलेकको साँघु तरेर हामीले टोपी खस्ने उकालामा पाइला राख्यौं । डरलाग्दो जङ्गलले घेरिएको ढुङ्गेनी बाटाले मुटु ढक्क फुल्यो । यही थियो कुख्यात घनघस्याको विकट उकालो ।
मेरो शरीर अलिक मोटो भएकाले उकालो देख्ने बित्तिकै मेरो सातोपुत्लो उड्छ । तेर्सो र ओह्रालो बाटामा म निकै छिटो हिँड्न सक्छुतर उकालो भने मेरा लागि जेमराज जत्तिकै भयावह हुन्छ । तरम विवश थिएँमैले घनघस्या नकाटी भएको थिएन । पाटनका सहृदय व्यक्तिहरुले दिएका दुई लाँक्रा उखु पहिले टेक्तै र पछि चबाउँदै हामी एकोहोरो उकालिइरह्यौंउकालिइरह्यौं ।
जोगबनीदेखि धरानसम्को अलकत्रे बाटालाई धिक्कार्दै र भादगाउँदेखि बाह्रबीसेसम्‍मको फराकिलो कालो बाटालाई सराप्तै हामी ठसठस कनिरह्यौं । सिंहदरबार अगाडिको चिप्लो बाटो त्यहाँ थिएनन त्यहाँ भैरहवाबाट बुटौल जाँदा जस्तो तेर्सो सोझो बाटो नै थियो । त्यहाँ त चुच्चे ढुङ्गाहरु पहरामा तेर्सिएका थिए काला रुखहरुका छायामा कच्पल्टिएर । पसिनाले निथ्रुक्क भिजेर हामी ६ जना अभागीहरु आकाशतर्फ उचालिइरह्यौउचाइलिइरह्यौं ।
नील आर्मस्ट्रङहरुलाई त्यति फिटफिटी परेन होलाकिनभने चन्द्रमामा पुग्दा उनीहरुसित यथेष्ट वैज्ञानिक उपकरणहरु उपलब्ध थिए । हामी भने पानी समेत नपाएर रौयौं । निकै माथि पुगेपछि दुइटा पानीका कुला भेटिँदा स्वर्ग पुगेको अनुभव भयोमरुभूमिका यात्रीले एक्कसी मरुद्यान भेटे झैं हामी फुलेल भयौं ।
त्यत्ति हो, अरु पानी कतै भेटिएन । धेरैधेरै माथि हिउँ प्रारम्भ हुने ठाउँमा पो एउटा असाध्यै चिसो धारो रहेछ । बाटामा एकदुई ठाउँ घरहरु भेटिएतर तिनमा मान्छे थिएनन् । धुरामा पुग्ने बेला तीन माइल जति बाटो जमिसकेको हिउँले ढाकिएको थियो ।
चिसो धारामा पानी खाएपछि दुई भरियाहरु लागे हिउँ नै हिउँको पहरातिर । म पनि तिनको पछि लागेँ । चिप्ला हिउँका ढुङ्गाहरु खाली खुट्टाले टेक्तै रामसिंह भरिया र उसको भतिजो उकालिए । म तिनको सहनशीलता देखेर मख्ख पर्दै ठाउँठाउँमा चिप्लेर लड्दै तिनीहरुसित धुरातर्फ चढेँ । रामसिंहउसको भतिजो र म टुप्पामा पुग्‍दा पाँच बजेको थियो । अरु साथीहरुको पत्तो थिएन ।
पूर्वपट्टि डडेल्धुरा कुइरामा कता हो कता चन्द्रमा जस्तै टाढा भएर बिलाएको थियो । उँधोतिर कहालीलाग्दो कालो जङ्गल थियोजसलाई छिचोलेर एउटा खोलो तरेर एउटा उकालो चढेपछि मात्र डडेल्धुरा पुग्न सकिन्थ्यो ।
डरलाग्दा चितुवा र भालु लाग्ने पट्टेर जङ्गललाई सेतै ढाकेको हिउँमा खाली खुट्टाका औंलालले मान्छेको आकृति कोरेर रामसिंहले भन्यो, ‘आज डडेल्धुरा पुग्न सकिँदैनपोखरातिर राति बाह्र बजेतिर सम्ममा पुगिएला ।
पोखरा पनि पुगिँदैन । तल कतै रित्तो गोठ पाइएछ भने त्यहाँ रात काट्नुपर्छ ।भतिजो चाहिँले हिउँका डल्लाले छेवैको रुखलाई हिर्काउँदै भन्यो ।
म चाहिँ साथीहरु हिउँमा हराए कि भनेर विचलित भएर कराएँ, ‘प्रेमबहादुर भाइ !’
प्रत्युत्तरमा हावा मात्र सुइइयँ गर्‍यो ।
जाऊँ त कसरी जाऊँबसूँ त जाडोले सिध्याइसक्यो !’ भन्दै मैले हिउँको ढिस्को थुपारेँ ।
बल्ल साढे पाँचतिर साथीहरुले जवाफ दिए तल भीरतिरबाट, ‘हामीले बाटो हरायौं !’
हाम्रो आवाजलाई पछ्याउँदै साथीहरु डाँडामा निस्किसकेपछि मैले भनेँ, ‘आज डडेल्धुरा त कुनै अवस्थामा पनि पुग्न सकिँदैन रे । रामसिंह पोखरासम्म पुगिहालिन्छ कि भन्छ भने उसको भतिजो चाहिँ तल गोठतिर अलपत्रै सुत्ने कुरो गर्छ । त्यसैले छिटो हिँड्न नसक्ने साथी चाहिँ दुई जना भरियाहरुसित बिस्तारी आउनुहोस्हामी तीन जना चाहिँ दुगुर्दै पोखरा जान्छौं अनि बासगाँसको व्यवस्था मिलाउँछौं । जस्तै अवस्थामा पनि र जति रात परे पनि तपाईंहरु अवश्य आइपुग्नुहोला ।
मेरो योजना सबैलाई मन परेकाले प्रेमबहादुर प्रधानएक जना साथी र म ओह्रालो कुद्‌यौं । लड्दै पछारिँदै धेरै हिँडेपछि बाटो तेर्सियो र फेरि उकालियो । अनेकौं ओह्राला र उकाला बाटाहरु हिँड्दाहिँड्दै अँध्याराले झ्याप्पै छोप्यो । चोरडाँकाभूत,प्रेत र जङ्गली जनावरका आक्रमणको आशङ्काले ढक्क भएको छातीलाई दुई हातले थिचेर हामी तीन जना एक प्राण र एक मुटु भएर दगुरिरह्यौं ।
हामी यति पछारियौं, भनेर साध्य छैन । हामीलाई यति तिर्खा लाग्यो, भनेर साध्य छैन । भोकडर र बाटो बिरियो होला भन्ने आशङ्काले थुर्थुर हुँदै दस बजे रातितिर एउटा डाँडामाथिको गाउँमा हामी पस्यौं । निकै घरमा बोलाएपछि एउटाबाट थाहा पाइयोबाटो बिरिएको रहेनछ । अनेकौं घरमा प्रयत्न गरेपछि एउटा छाप्राकी खड्किनी मकै भुट्न तयार भई । लोग्ने परदेश लागेको रहेछ । तल्लो तलामा गाई बाख्रा थिए र माथ्लामा सस्याना भन्टाङभुन्टुङ छोराछोरीहरु यत्रतत्र पसारिइरहेका थिए ।
दियालाको छेस्को बत्ती जस्तै बालेर त्यस आइमाईले अँगेनामा बीट नभएको ताप्के जस्तो भाँडाले कुँचाले चलाएर तीन घान मकै भुटिदिई । पैसा पहिले दिएपछि मात्र त्यसले मकै हाम्रो रुमालमा हालिदिई । प्रशस्त पानी लोटाबाट खाएर त्यो अमृत जस्तै मकै खाँदै हामी पोखरातिर लाग्यौं ।
खड्किनीले भनेकी थिई, ‘बाटामी गाड पडन्छ ।
साँच्चै नै बाटामा एउटा खोलो रहेछ । त्यहाँ मन ढक्क फुल्यो । खोलो वास्तवमा मसानघाट होकिनभने मरेका मानिसलाई खोलाकै किनारमा जलाउँछन् । त्यसै हुनाले खोलो भन्ने बित्तिकै दिउँसै पनि मेरो सातोपुत्लो उड्छ भने रातिको त कुरै भएन । तरत्यहाँबाट केही उकालो लागेपछि नै रमाइलो डाँडो टुप्लुक्क देखा पर्‍यो,जसमा बाटामा दुवैतिर पन्ध्रसोह्र ढुङ्गाले छाएका घरहरु थिए । घरहरु सबै बन्द थिए । एकदुई घरका बाहिरपट्टि सिकुवामा मान्छेहरु सुतिरहेका थिए ।
मैले सोधेँ, ‘पोखरा कता पर्छ ?’
यही हो !’ एउटाले ओढ्ने भित्रैबाट भन्यो ।
दोकानहरु सबै थुनिएका छन् नि यहाँ कतै पनि बास पाइँदैन कि क्या हो ?’प्रेमबहादुर प्रधानले सोध्नुभयो ।
दोकानमा राति कोही बस्तैनन् । दिउँसो बेचबिखन गरेर बेलुका ती गाउँतिर आफ्ना घरमा सुत्न जान्छन् । बरु अलिक पर्तिर जानोस्एउटा पसले त्यहीँ सुत्छ । त्यहीँ बास पाइन सक्छ । त्यस मान्छेले ओढ्ने झिकेर हामीलाई राम्ररी नियाल्दै भन्यो ।
हामी अघि बढ्यौं । साँच्चै नै एउटा घरभित्र लालटिन बलिरहेको हामीले देख्यौं । ढोका निकै घचघच्याएपछि एउटा बूढाले ढोका उघारी लालटिन उचालेर हामीलाई हेर्दै सोध्यो, ‘रातिहुँदो के चाहियो ?’
मैले घडी हेरेँ– रातिको बाह्र बजेको रहेछ ।
हामीलाई एक रातको बास चाहियो । मैले भनेँ ।
यहाँ बास पाइँदैन । बूढो ढोका ढप्क्याउन लाग्यो ।
त्यसरी निठुरी बन्न तपाईं पाउनुहुन्न । हेर्नोस्हामी टाढा पूर्वबाट आएका । बास नदिए पनि केही खानेकुरा भए दिनोस्हामी किनेर खान्छौं । प्रधानले भन्नुभयो ।
बूढासित खाने कुरो केही रहेनछ । चिउरामकैचामलआलु केही रहेनछ । सस्याना सुन्तलाहरुले भरिएको एक डालो रहेछ ।
कास्‍की पोखराका सुन्तला रहेछन् नि त तारा दाइ !’ अर्का साथीले व्यङ्ग्य गर्नुभयो ।
अनि हामीले दुईदुई रुपियाँका तीसतीस दाना जति ती चिचिले सुन्तला खायौं । बूढाले कति गर्दा पनि त्यहाँ बास दिन मानेन । उसकै घर अगाडिको चिसो छानु ह्वाङ्गै भएको र फोहरी कटेरो उसले देखायो । त्यसैसित दुई रुपियाँका ती अँगाला दाउरा किनेर हामी आगो ताप्तै साथीहरुलाई पर्खन लाग्यौं ।
राति दुई बजे सास मात्र बाँकी राखेर भरियाहरु र साथी आइपुगे । अनि रामसिंह र उनको भतिजो आगोको छेउमा पातलो तन्दा ओछ्याएर र हामी चार भाइ आआफ्ना सुत्ने थैलाभित्र पसी चिसो न चिसो ढुङ्गाको सिरानी लगाएर भोलि रमाइलो डडेल्धुरा पुग्ने स्वादिलो कल्पना गर्दै साढे दुई बजेतिर कच्पल्टिलो निद्रा सुत्यौं ।
स्रोत : अनलाइन खबर

Popular posts from this blog

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्ष

गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु

भूमिराज शर्मा गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु                               गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव हुँदैन ।            मानवीय क्रियाकलापको अन्र्तनिहित शक्ति गणितमा नै निहित छ । विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी छ । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिन्छ । कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्छ तर गणितमा अब्बल विद्यार्थी आफूलाई हरेक विषयमा अब्बल रहेको प्रमाणित गर्न सक्छ र आफूलाई आत्मविश्वासले भर्न सक्छ । तसर्थ मानव