Skip to main content

लागू औषध दुरव्यसन लेख

लागुऔषध दुव्र्यसन, आजको ज्वलन्त समस्या    
भूमिराज शर्मा
असार १२ अर्थात जुन २६ तारिखमा पर्ने लागु औषध व्यापार विरुद्धको दिवस विश्वभर मनाइयो । विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाहरुले विविध कार्यक्रमहरुको आयोजना गरी साताव्यापी रुपमा यो दिवस मनाए । औपचारिक वा अनौपचारिक रुपमा जे जस्ता कार्यक्रमहरु मनाइएता पनि ती कार्यक्रहरु खासै प्रभावकारी बन्न सकेनन् । जति दिवस मनाइएता पनि न त लागु औषधको व्यापार घटेको छ न त यसका प्रयोग कर्ताहरु नै । बरु उल्टै दिनानुदिन लागु औषधको व्यापार फस्टाएको छ । यसका प्रयोग कर्ताहरु पनि दिन दुई गुना , रात चौगुना बढी रहेका छन् । कुनै पनि सभ्य समाजको लागि पक्कै पनि यो गतिलो संकेत होइन । यसले भोलिका दिनहरुमा के कस्तो परिणाम ल्याउला भन्ने तर्फ हामी सचेत बन्न सकेका छैनौ । 
हिजो आज हामीले विद्यालय एवं समाजमा लागुऔषध दुव्र्यसनीमा लागेका बालबालिकाहरु र त्यसले परिवार र समाजमा पारेका नकारात्मक प्रभावहरुका बारेमा पर्याप्त देखिरहेका र सुनिरहेका हुन्छौँ । दुव्र्यसनीले बालबालिका स्वयम्को विकासमा प्रभाव त पार्दछ नै यसले परिवार र समाजलाई पनि आहत बनाइरहेको हुन्छ । छोराछोरी लागुऔषध दुव्र्यसनीमा लाग्दा अभिभावकले आफ्नो जीवनको लगानि डुबेको र आफ्ना सपनाहरु समाप्त हुन लागेको अनुभव गरेका हुन्छन् भने सँगसँगै समाजले दुव्र्यसनीमा लागेमा बालबालिकाहरुबाट विभिन्न खालका क्षतिहरु एवं अशान्ति बेहोरी रहनु पर्ने  हुन्छ । विद्यालयले त झन लागु पदार्थले सिंगो वातावरणलाई नै चुनौति दिइरहेकोे महसुुस गरिरहेको हुन्छ । 
लागुऔषध दुव्र्यसनीमा विशेषगरी किशोरावस्थाका बालबालिकाहरु फसेको पाइन्छ । शारीरिक, मानसिक, संवेगात्मक एवं सामाजिक विकासमा तीव्रता आउने र परिपक्वता समेत प्राप्त गर्ने समायावधि भएको हुँदा प्रतिकुल वातावरण, आवश्यकताको परिपुर्ति र साथीसंगीको नकारात्मक प्रभावले उनीहरुलाई लागु औषध दुब्र्यसनीतर्फ धकेलिरहेको हुन्छ । लागुऔषध दुब्र्यसनीको समस्या किशोरावस्थामा मात्र प्रष्ट रुपमा देखिने भएता पनि बाल्यावस्था देखि संघालिदैँ आएको हुन्छ र नकारात्मक भोगाई र प्रतिकुल वातावरणले दुब्र्यसनीमा लाग्न सहयोग पुर्याइरहेको हुन्छ । लागुऔषध दुब्र्यसनी पनि भावानात्मक समस्याका कारण व्यवहारमा देखिने विचलन भएको हुँदा समयमा नै यसको समाधानतर्फ लागिएन भने जटिल खालका मानसिक समस्याहरु पनि देखा पर्न सक्छन् । तसर्थ लागुऔषध दुब्र्यसनीमा लाग्ने बालबालिकाको व्यक्तिगत विशेषता तथा अनुभवको प्रभाव सामाजिक सांस्कृतिक परम्पराको असर थाहा पाउनुका साथै दुब्र्यसनीमा लागेका बालबालिकालाई चिन्ने तरिका, दुब्र्यसनीलाई निम्त्याउन सक्ने समस्याहरु र समाधानका आधारभुत जानकारीहरु थाहा पाई राख्न नितान्त आवश्यक हुन्छ । 
बालबालिकाहरुले सुरुसुरुमा लुकेर चुरोट खाएको, पेय पदार्थको सेवन गरेको र हुँदा हँुदा लागु पदार्थ नै सेवन गर्न थालेको कुराहरु वा घटनाहरु हामीले प्रशस्त रुपमा देख्ने सुन्ने गरेका छाँै । यो समस्या आफ्नै परिवार वा छरछिमेक एवं विद्यालयमा नै पनि हामीले भोगिरहेका हुन्छौँ । आखिर किन बालबालिकाहरु दुव्र्यसनीमा फसिरहेका हुन्छन ? समाधान के हुन सक्छ ? यी र यस्तै प्रश्नहरुको उपयुक्त र सही जवाफ नै अहिलेको लागु औषध दुव्र्यसन विरुद्धको अभियानमा अगाडि बढ्ने गोरेटो बन्न सक्छ । 
लागु औषध विरुद्धको अभियानमा हामी साच्चिकै लाग्न चाहन्छौं भने हामीले दुव्यसनीमा लागेका बालबालिकाहरुको राम्रो सँग पहिचान गर्न सक्नु पर्दछ । त्यस्ता बालबालिकाहरुमा पाइने प्रमुख विशेषताहरु केलाउने हो भने उनीहरुमा आत्मबल कमजोर भेटिन्छ । निराशाजनक अनुभूति पाइन्छ । यस्ता बालबालिकाहरु अरुको ध्यान आकर्षण गर्ने र अनावश्यक जिज्ञासा राख्ने हुन्छन भने अलिक आक्रामक स्वभावका पनि हुन सकछन । उनीहरु कुनै निश्चित ध्येय लिएर कामप्रति कम उत्प्रेरित हुन्छन । 
जो बालबालिकाहरु सानै उमेर देखि चुरोट खाने हुन्छन, तिनीहरु लागुऔषध दुब्र्यसनीमा लाग्ने सम्भावना बढि हुन्छ । यी र यस्तै विषेषताहरुलाई गहिरिएर हेर्ने हो भने लागुऔषध दुब्र्यसनीमा लागेका बालबालिकाहरुको व्यक्तित्वमा परिवर्तन देखा पर्दछ ।  उनीहरुमा नड्ड नकाटने, कपाल नकोर्ने, कम नुहाउने, निन्याउरो स्वभाव हुन्छ । साथै औँला वा बुढि औँलाको कापमा जलेको जस्तो वा धुवा लागेको जस्तो देखिन्छ, पाखुरामा सुइको डाम हुन सक्छ, शरीरमा विभिन्न खालका दागहरु देखा पर्न सक्छन् । 
लागुऔषध दुव्र्यसनमा लागेका बालबालिकाहरुको व्यवहारमा पनि परिवर्तन देखा पर्दछ । उनीहरुमा कम भोक लाग्ने, कम खाने, चर्पिमा धेरै समय बिताउने, प्रायजसो झुटो बोल्ने बानी, आफ्ना दाजुभाई दिदीबहिनीहरु र आमाबुुबासँग साना साना कुरामा पनि वादविवाद गर्ने, झगडा गर्ने बानी देखिन्छ । यसका साथै उनीहरुको सामाजिक अवस्थामा पनि परिवर्तन देखा पर्दछ । लागुऔषध दुव्र्यसनमा लागेका बालबालिकाहरु विद्यालयमा बारम्बार गयल हुने, नयाँ नयाँ साथीहरु बनाइरहने, अलि बढी नै उत्तेजित देखिने, पैसाको सहयोग मागिरहने, आफ्ना व्यक्तिगत सम्पतिहरु एवं चिजबिजहरु हराई राख्ने, साथमा हिँड्दा विभिन्न खालका औषधिहरु राखेर हिँड्ने जस्ता स्वभावहरु देखा पर्न सक्छन् ।  
लागुऔषध दुव्यसनले विभिन्न शारीरिक समस्याहरु निम्त्याउन सक्दछ । जसमध्ये वान्ता हुने, पखाला लाग्ने, कब्जियत हुने, कमलपित्त, कुपोषण, एड्स आदि समस्याहरु  देखिन सक्छन् । त्यस्तैगरी बाबुआमाको सम्बन्धमा गडबडी, शैक्षिक प्रगतिमा क्रमिक ह्रास, दिक्दारी, आत्महत्याको समस्या आदि मनोवैज्ञानिक समस्याहरु अउन सक्छन् । लागुऔषध दुव्यसन सामाजिक साँस्कृतिक  समस्या पनि हो । यसले गर्दा समाजले बहिस्कार गर्ने, विद्यालयबाट निष्कासित हुने, कानुनी हिंसामा समेत संलग्न हुने, चोरी गर्ने, आफ्नै घरका परिवारका सदस्यलाई दुख दिने, हत्या नै गर्न पट्टि लाग्ने, यौनजन्य विकृतिहरुमा समेत संलग्न हुने गरेको समेत पाइन्छ । 
किन लाग्दछन त बालबालिकाहरु लागुऔषध दुव्र्यसनमा ? 
 बाल्याबस्थाको मानसिक आघात ( बाबुआमा छुट्टीएर बस्दा वा मृत्यु हुँदा, बाल शोषणमा पर्दा )
 बारम्बार हुने शैक्षिक असफलता 
 अभिभावकहरुको भन्दा साथीसड्डीको बढ्दो प्रभाव 
 परिवारमा पेय पदार्थको प्रयोग गर्ने संस्कृति 
 सामाजिक रुपमा एक्ल्याएको अवस्था 
 साँस्कृतिक रुपमा नै लागु पदार्थ लिने प्रचलन 
 परिवार एवं समाजबाट प्रेरणा नपाउँदा र समाजबाट एक्लिएको महशुश गर्न पुग्दा 
 कमजोर आत्मविश्वास  
 धेरैजसो समय निराशावादी अनुभूति 
 शरीरको संवेदनाले त्यस्तो वस्तुहरु खोज्दा र जिज्ञासा बढ्दै जाँदा 
 निराशा सहन गर्ने क्षमताको कमी 
 सफलता प्राप्त गर्ने क्षमतामा कम अभिप्रेरित हुने स्वभाव 
 पहिले देखि नै गैह्रसामाजिक क्रियाकलापमा संलग्न हुने प्रवृत्ति 
बालबालिकाहरुलाई दुब्र्यसनीबाट बचाउन अभिभावक र शिक्षकको महत्वपूर्ण भूमिका हुन्छ । सकेसम्म त बालबालिकाहरुलाई दुब्र्यसनीमा लाग्नु भन्दा अगाडि नै सावधानी अपनाउनु अति उत्तम हुन्छ । जसका लागि सानै देखि उनीहरुको स्वभाव, रुचि, भावना र क्षमताअनुसारको सहज सकारात्मक वातावरणको सिर्जनामा जोड दिनुपर्दछ । समस्या सुरु भइसकेको अवस्थामा भने आफ्ना बालबालिकाहरु लागु औषधमा लागेको थाहा पाउनासाथ धम्क्याउनुका सट्टा समस्यालाई बुझ्ने एवं पर्याप्त मात्रामा माया दिनुपर्दछ । उनीहरुसँग कुरा गरेर समस्यालाई बुझ्ने प्रयास गर्नु पर्दछ साथै अभिभावकलाई पनि यस विषयमा सम्झाउनु पर्दछ । परिवारमा सुरक्षा र अनुकुल वातावरणको सिर्जना गर्नु पर्दछ । खेलकुद र शारीरिक क्रियाकलापको अतिरिक्त उनीहरुलाई मनपर्ने रुचिको क्षेत्रमा लाग्न पर्याप्त अवसर र प्रोत्साहन उपलब्ध गराउनुपर्दछ । यस्तो उपाय अपनाउँदा पनि समस्यामा सुधार नआए यस्ता बालबालिकालाई दुब्र्यसनीबाट मुक्त गराउनको लागि पुर्नस्थापना केन्द्रमा राख्नुका साथसाथै मनोविदहरुबाट मनोपरामर्श सेवा प्रदान गर्नु पनि आवश्यक हुन्छ । 
लागु औषध दुब्र्यसनीमा गम्भिर रुपमा फसेका बालबालिकाहरुलाई मेडिकल उपचारको पनि जरुरत पर्न सक्दछ ।  यस्ता बालबालिकाहरुलाई एक्कासी लागु औषध छोड्न लगाउँदा विभिन्न प्रकारका समस्याहरु आउने हुँदा अस्पताल वा पुर्नस्थापना केन्द्रमा भिटामिनको साथमा अनुकुल वातावरणको सिर्जना गर्नु पर्दछ । साथसाथै राम्रो पारिवारिक सहयोग हुनुको सँगसँगै लागु औषध लिने बानी छोड्न बारम्बार अभिप्रेरित गर्नु पर्दछ । लागु औषध दुब्र्यसनी समस्याको समाधानका लागि सरकारको नियम कानुन पनि व्यवहारिक बनाउन आवश्यक हुन्छ । लागु औषध ओसारपोसार गर्ने मान्छेलाई कडा कारबाहिको व्यवस्था गरी औषधिको सहज उपलब्धतालाई कम गराउनु पर्दछ । कम्तिमा यति गर्न सकियो भने पनि आगामी बर्षहरुमा लागु औषध दुव्र्यसनबाट उत्पन्न भएका धेरै समस्याहरुको खबरमा कमी आउनेछ । 
    सुझाव र प्रतिक्रियाका लागि shiksharasarokar@yahoo.com

Popular posts from this blog

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्ष

गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु

भूमिराज शर्मा गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु                               गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव हुँदैन ।            मानवीय क्रियाकलापको अन्र्तनिहित शक्ति गणितमा नै निहित छ । विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी छ । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिन्छ । कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्छ तर गणितमा अब्बल विद्यार्थी आफूलाई हरेक विषयमा अब्बल रहेको प्रमाणित गर्न सक्छ र आफूलाई आत्मविश्वासले भर्न सक्छ । तसर्थ मानव