जुम्ला, साउन १० गते । जिल्ला शिक्षा कार्यालय जुम्लाले यस आव ०६९/७० को योजना सम्पन्न नहुँदै करोडभन्दा बढी निकासा दिएको छ । जिल्ला भरिका प्रावि, निमावि, मावि र उच्च माध्यमिक विद्यालयमा भवन, छात्रावास, महिला शौचालय निर्माण, विद्यालय मर्मत तथा बाहिरी वातावरण सुधार, कक्षा कोठा पुनःस्थापना लगायतका २९ वटा योजनामा १२ योजना गरी रु ४१ लाखको काम पूर्णरुपले सम्पन्न भएको देखाइएको छ भने अझै १७ योजनाको रु एक करोड १६ लाख ५० हजार बराबरका योजनाहरू सम्पन्न नहँुदा पनि शिक्षा कार्यालय जुम्लाले निकासा दिएको थाहा भएको छ । नेपाल सरकार शिक्षा मन्त्रालय, शिक्षा विभागबाट असार १९ गते मात्र बजेट अख्तिायारी प्राप्त भई जिल्लामा छनोटमा परेका २५ वटा विद्यालयमा असार २१ गते मात्र सम्झौता गरिएको हुँदा योजना सम्पन्न हुन नसकेको जिल्ला शिक्षा अधिकारी नेपालहरि रानाभाटले जानकारी दिनुभयो । यस आव भित्रै सबै योजनाहरू सम्पन्न गरिसक्नुपर्ने अर्थमन्त्रालयको निर्देशन भए पनि बजेट ढिलाइका कारण करिब ६० प्रतिशतभन्दा बढी योजनाहरू सम्पन्न हुन नसकेको र अहिले विद्यालयलाई केही रकम निकासा दिएपनि तत्काल खाता रोक्का गरिएको जिशिअ ...
A Complete Educational Blog