Skip to main content

एसएलसी परीक्षाको सबै तयारी पूरा


३० फागुन, काठमाडौं । भोलिदेखि शुरु हुने एसएलसी परीक्षाको सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । चैत ९ गतेसम्म सञ्चालन हुने एसएलसी परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । प्रयोगात्मक परीक्षा सैद्धान्तिक परीक्षा सकिएपछि जिल्ला शिक्षा कार्यालयको व्यवस्थापनमा सञ्चालन हुने कार्यालयले जनाएको छ ।
झण्डै साढे ५ लाख सहभागी हुने
यसवर्षको एलएलसी परीक्षामा ५ लाख ४७ हजार एकसय ६५ परीक्षार्थी सहभागी हुँदैछन् । यसमध्ये नियमिततर्फ नियमितर्फ ४ ला ३० हजार ९७ र एक्जेम्टेडतर्फ १ लाख १७ हजार ६८ छन् ।
परीक्षाका लागि १ हजार ७ सय ८६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षा सञ्चालनका लागि १ हजार ७ सय ८६ केन्द्राध्यक्ष, २ हजार ६ सय ५५ सहायक केन्द्राध्यक्ष, २१ हृजार ८ सय ९० निरीक्षक, ७ हजार २ सय ९७ सहयोगी र १९ हजार ८ सय ६० सुरक्षाकर्मी परिचालन हुने कार्यालयले जनाएको छ ।
परीक्षामा कडाइ
एसएलसी परीक्षालाई मर्यादित बनाउन नियममा कडाई गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । प्रश्नपत्रको गोपनीयता भङ्ग गरेमा, परीक्षा केन्द्रमा सम्बन्धित पदाधिकारीको स्विकृतिविना प्रवेश गरेमा, प्रयत्न गरेमा वा परीक्षा केन्द्र नियन्त्रणमा लिई अमर्यादित कार्य गरेमा, अरूको तर्फबाट परीक्षा दिएमा र परीक्षाको मर्यादा भङ्ग हुने कुनै कार्य गरेमा त्यस्ता व्यक्तिलाई कसुरको मात्रा हेरी १ लाखसम्म जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।
यस्तै कुनै परीक्षा केन्द्रमा अनियमित कार्य भएमा परीक्षा बदर गर्ने वा पुनः परीक्षा गराउने सम्मको कार्वाही हुने कार्यालयको भनाई छ ।
परीक्षामा कुनै परीक्षार्थीले कुनै किसिमको अनियमित वा अनुशासनहीन कार्य गरेमा कुनै विषयको मात्र वा पूरै परीक्षा रद्द गरी बढीमा अर्को १ वर्षसम्म आगामी परीक्षामा सम्मिलित हुन नपाउने गरी कारवाहीका गर्न सक्ने व्यवस्था छ ।
बन्द नगर्न अपील
एसएलसी परीक्षा अवधिभर बन्द, हडताल लगायतका कार्यक्रम नगर्न परीक्षा नियन्त्रण कार्यालयले सम्बन्धित सबै पक्षसित आग्रह गरेको छ । ‘परीक्षालाई मर्यादित, अनुशासित र व्यवस्थित तथा परीक्षार्थी शान्तिपूर्ण र भयरहित अवस्थामा परीक्षामा सहभागी हुनका लागि सहयोग गर्न सबैसित अपील गरिएको छ’ परीक्षा नियन्त्रक खबराज बरालले भन्नुभयो -’एसएलसी परीक्षा आम सरोकारको विषय भएकाले परीक्षा सञ्चालनदेखि नतिजा प्रकाशनसम्म सकारात्मक सहयोगको अपेक्षा गरिएको छ ।’

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...