Skip to main content

छात्रवृत्तिमा पढ्नेलाई पनि शुल्क


 काठमाडौं, श्रावण ११
उच्च माध्यमिक शिक्षा परिषद्ले ११ र १२ कक्षामा छात्रवृत्ति कोटामा अध्ययनरत विद्यार्थीसँग पनि शुल्क लिन निजी कलेजलाई अनुमति दिएको छ । निजी कलेजले छात्रवृत्तिका विद्यार्थीसँग चर्काे शुल्क असुल गरिरहेको गुनासो आइरहेका बेला परिषद् स्वयंले शुल्क लिन अनुमति दिएको हो । छात्रवृत्तिको शुल्कको विरोधमा उत्रिएको अखिल क्रान्तिकारी र परिषद् पदाधिकारीबीच बिहीबार भएको बैठकमा यस्तो सहमति बनेको हो ।
सहमतिअनुसार विज्ञान विषयमा मासिक १ हजार, व्यवस्थापनमा ६ सय ५० र मानविकीमा ३ सय ५० रुपैयाँ शुल्क लिन पाउनेछन् । प्रयोगशाला र परीक्षा शीर्षकमा शुल्क लिन पाउने सहमति भएको हो । छात्रवृत्तिका विद्यार्थीसँग निजी कलेजले १० देखि ४० हजार रुपैयाँसम्म असुल गरेको भन्दै अखिल क्रान्तिकारी त्यसको विरोधमा उत्रिएको थियो । तर, अखिल क्रान्तिकारी स्वयंले शुल्क लिन पाउने व्यवस्थामा सहमति गरेपछि विद्यार्थीहरू पीडित बनेका छन् । उच्च माध्यमिक विद्यालय सञ्चालकको संस्था हिसानले छात्रवृत्ति कोटाका मानविकीका विद्यार्थीसँग १० हजार, व्यवस्थापनसँग १५ हजार र विज्ञान संकायका विद्यार्थीसँग २५ हजार रुपैयाँ लिने निर्णय गरेको थियो । परिषद्, हिसान, अभिभावक संघ र अनेरास्ववियु (क्रान्तिकारी) बीच बुधबार सहमति भएको थियो । छात्रवृत्ति कोटामा पढ्न गएका विद्यार्थीसँग १० हजार मानविकी, १५ हजार व्यवस्थापन र २५ हजार विज्ञान संकायमा लिने निर्णय हिसानले गरेको थियो ।
हिसानका उपाध्यक्ष डा.बाबुराम पोखरेलले परिषद्ले गरेको निर्णयलाई मुलुकभरका निजी कलेजले कार्यान्वयन गर्ने बताए । ‘सरकारको निर्देशन हामीले मान्नैपर्छ, यसका आधारमा दस जोड दुईको शुल्क निर्धारणका लागि आधार पनि तयार भएको छ,’ उपाध्यक्ष पोखरेलले राजधानीसँग भने । परिषद्का सहसचिव नारायण कोइरालाले चालू शैक्षिक सत्रका लागि प्रयोगशाला र परीक्षा शुल्कबापत छात्रवृत्तिमा पढ्न गएकासँग कलेजले शुल्क लिनसक्ने बताए । परिषद्ले तयार पारेको निर्देशिकामा भर्ना, मासिक, वार्षिक आदि शुल्क लिन नपाउने उल्लेख छ । अखिल क्रान्तिकारीका उपत्यका नेवाः राज्य समितिका संयोजक सुरेन्द्र बस्नेतले आफूहरूले छात्रवृत्तिमा पढ्ने विद्यार्थीसँग कलेजले शुल्क लिन नपाउने मुद्दा अगाडि ल्याएको भए पनि चालू शैक्षिक सत्रका लागि पूर्णरूपमा कार्यान्वयन गर्न नसकेको बताए । सरोकारवाला निकाय र परिषद्को आग्रहमा न्यूनतम शुल्क कायम गरेको बताउँदै संयोजक बस्नेतले राजधानीसँग भने, ‘परिषद्ले आफैंले छात्रवृत्तिमा पढ्न पठाएका विद्यार्थीसँग शुल्क तोकेर नियम र निर्देशिकालाई अपव्याख्या गरेको छ ।’
उच्च माध्यमिक शिक्षा परिषद्ले ११ कक्षामा छात्रवृत्तिमा पढ्नका लागि २ हजार ४ सय ३७ जनाको नाम सार्वजनिक गरेको थियो । सरकारी विद्यालयमा पढ्ने र अतिगरिब विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइन्छ । निजी कलेजले कुल विद्यार्थी संख्याका ३ प्रतिशतलाई सरकारी कोटामा र २ प्रतिशतलाई कलेज आफैंले छात्रवृत्ति उपलब्ध गराउनुपर्ने परिषद्ले व्यवस्था गरेको छ । तर, छात्रवृत्ति कोटामा पढ्न गएका विद्यार्थीसँग कलेजले प्रयोगशाला, परीक्षा शुल्कलगायतका विषयमा भन्दै शुल्क लिने गरेको छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...