Skip to main content

राहत शिक्षक संघर्ष समिति पर्वतको अध्यक्षमा लामिछाने

भूमिराज शर्मा /सहारा न्यूज
पर्वत,कार्तिक ८
सबै शिक्षकलाई एउटै सम्मान, पेसाको सुनिश्चितता हाम्रो अभियान भन्ने नाराका साथ राहत शिक्षक संघर्ष समिति पर्वतको तेस्रो जिल्ला अधिवेशन शुक्रबार सदरमुकाम कुस्मामा सम्पन्न भएको छ । सम्मेलनले दिपक लामिछानेको अध्यक्षतामा चार सदस्य पछि थप गर्ने गरी २१ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित गरेको छ । निर्वाचित समितिको उपाध्यक्षमा कोकिलराज पौडेल, दिवाकर अधिकारी, शेषकान्त पराजुली, र भीमलाल पुरी, सचिव देवेन्द्र पौडेल, सहसचिव संञ्जय रेग्मी र कोषाध्यक्षमा देवका पराजुली रहनु भएको छ । अन्य सदस्यहरुमा कमल खत्री, केशव प्रसाद शर्मा, टंक प्रसाद रेग्मी, कुल प्रसाद सापकोटा, शारदा शर्मा, प्रकाश चापागाई, घनश्याम पोख्रेल, हरिदत्त शर्मा र टिका कुमारी गौतम चयन हुनु भएको छ । अधिवेशनको उद्घाटन समारोहमा बोल्दै राहत शिक्षक संघर्ष समितिका केन्द्रीय सचिव बसन्त विक्रम तिमिल्सिनाले राहत शिक्षकहरुको माग पूरा गराउनको लागि संघर्षको विकल्प नरहेको बताउनु भयो । सोही कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी घनश्याम पौडेलले शैक्षिक समस्या समाधानका लागि सबै शिक्षकहरु एकजुट हुनु पर्ने कुरामा जोड दिनु भयो । पौडेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धिमा अन्य शिक्षकहरुको तुलनामा राहत शिक्षकहरुको महत्वपूर्ण भूमिका रहेको विचार व्यक्त गर्नु भयो । सो कार्यक्रममा शिक्षक युनियन पर्वतका अध्यक्ष हिरा देवी शर्मा, अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य भूमिराज शर्मा, नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतका उपाध्यक्ष चिरञ्जिीवी अधिकारी, अखिल नेपाल शिक्षक संगठन पर्वतका सचिव इन्द्र प्रसाद तिमिल्सिना, राहत शिक्षक संघर्ष समिति बाग्लुङका अध्यक्ष हरि बहादुर कुँवर र म्याग्दीका अध्यक्ष देवराज शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।  राहत शिक्षक संघर्ष समिति पर्वतका अध्यक्ष दिपक लामछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षक दिवाकर अधिकारीले गर्नु भएको थियो भने सहभागीहरुलाई स्वागत उपाध्यक्ष कोकिल राज पौडेलले गर्नु भएको थियो । 

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...