Skip to main content

विद्यालय सुधारका लागि समुदायको सकारात्मक सोच आवश्यक ः द्धारे


भूमिराज शर्मा
पर्वत, १४ कार्तिक
क्षेत्रीय शिक्षा निर्देशनालय पोखराका निर्देशक विष्णु बहादुर द्धारेले विद्यालय प्रति समुदायको सकारात्मक सोंचको विकास गर्न सके मात्र शिक्षा क्षेत्रको विकास गर्न सकिने विचार व्यक्त गर्नु भएको छ । जिल्लाको सदरमुकामस्थित नमुना आवासीय उच्च माविको साताव्यापी रजत महोत्सवको अवसरमा बिहीबार आयोजित समापन मुल समारोहको प्रमुख अतिथिको रुपमा बोल्दै द्धारेले सो कुरा बताउनु भएको हो ।
सोही कार्यक्रममा बोल्दै निर्देशक द्धारेले विद्यालयको प्रगतिका लागि असल प्रशासक, कुशल व्यवस्थापक र कर्तव्यनिष्ठ शिक्षकको आवश्यकतामा जोड दिनु भयो ।  पच्चिस बर्षको अवधिमा शैक्षिक गुणस्तर अभिबृद्धिका लागि विद्यालयले धेरै नयाँ अभ्यासहरुको थालनी गरेकोमा प्रशंसा गर्दै अन्य विद्यालयहरुले पनि यस्ता अभ्यासहरुको सिको गर्नु पर्ने कुरा बताउनु भयो ।
सोही कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी घनश्याम पौडेलले शिक्षक विद्यार्थीहरुको मनोबल उच्च राख्न सके मात्र अपेक्षित शैक्षिक उपलब्धि हासिल गर्न सकिने बताउनु भयो । जिशिअ पौडेलले बिद्यार्थीहरुमा व्यवहारिक ज्ञान, सीप र अनुभवहरु प्रदान गर्न सफल भएकोमा विद्यालयलाई बधाइ दिंदै सकारात्मक कार्यहरुको सबै विद्यालयहरुले आत्मसात गर्न जरुरि रहेको विचार व्यक्त गर्नु भयो ।
कार्यक्रममा क्षेशिनि पोखराका उपसचिव योगेन्द्र पराजुली, विद्यालयका संस्थापकद्धय तेज बहादुर लामिछाने र खेम बहादुर लामिछाने, अभिभावक अम्बिका लोहनी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । विद्यालयका प्राचार्य यम प्रसाद शर्माले विद्यालयको समग्र गतिविधिको जानकारी गराउनुका साथै प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो ।
सोही कार्यक्रममा प्रमुख अतिथिबाट विद्यालय हातामा निर्माण गरिएको रजत जयन्ती स्मारकको अनावरण गरिनुका साथै रजत जयन्ती स्मारिका दिपज्योतिको विमोचन समेत गरिएको थियो ।
रजत जयन्तीकै  अवसरमा विद्यालयले मितरी तथा भगिनी विद्यालयहरु पञ्चकोशी प्रावि चित्रे, आदर्श प्रावि देउपुर, ज्ञानेन्द्र प्रावि तिलाहारलाई शैक्षिक छात्रवृत्ती कोषका लागि प्रति विद्यालय पच्चिस हजार नगद चेक र बिद्यार्थीका लागि विभिन्न शैक्षिक सामाग्री हस्तान्तरण गरेको थियो । सोही अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय र नगर प्रहरी कार्यालयलाई संयुक्त रुपमा पच्चिस हजार नगद र युरो गार्ड प्रदान गरिएको थियो । साथै मोदीबेनीमा रहेको बृद्धाश्रममा रहेका सत्र जना बृद्धबृद्धाका लागि सहयोगस्वरुप भौतिक सामग्रीहरु वितरण गरिएको थियो ।
सो समापन समारोहमा भूपु बिद्यार्थीहरु, भूपु शिक्षकहरु, अभिभावकहरु, विद्यालयमा कार्यरत शिक्षकहरु, शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने महानुभावहरु, साताव्यापी विभिन्न कार्यक्रमहरुमा उत्कृष्ट हुने विद्यालय तथा विद्यार्थीहरु, खेलाडीहरु लगायत विद्यालयलाई सहयोग गर्ने विभिन्न संघसंस्थाहरुलाई समेत सम्मानित तथा पुरस्कृत गरिएको थियो ।
कार्यक्रमको बीचमा सदरमुकामस्थित विभिन्न विद्यालयका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए भने विज्ञान समूहले एन सेवेन्टी नामक रोवोट प्रदर्शन गरेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रमान खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन भाइस प्रिन्सिपल खेमराज शर्माले गर्नु भएको थियो ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...