Skip to main content

मुक्तिमार्ग उमावि अब मुक्तिमार्ग क्याम्पस बन्यो

म्याग्दी, २०७० मंसिर १२ । म्याग्दीको घार गाविसमा क्याम्पस तहको पठनपाठन हुने भएको छ ।
घारमा रहेको मुक्तिमार्ग उच्च माविको स्तरवृद्धि गरि मुक्तिमार्ग क्याम्पस सञ्चालन गरि क्याम्पस तहको पठनपाठन सुरु गर्न लागिएको हो ।
त्रिभुवन विश्वविद्यालयबाट शिक्षा शास्त्र अन्र्तगत अंग्रेजी र नेपाली विषयमा पठनपाठन गर्ने गरि स्विकृत लिएर क्याम्पस तहको पठनपाठनका लागी क्याम्पस सञ्चालन गरेको प्राचार्य ठकराज बरुवालले जानकारी दिए । बरुवालका अनुसार यसै शैक्षिक सत्र देखी स्नातक तहमा शिक्षा शास्त्र संकायमा अंग्रेजी र नेपाली विषयमा पठन पाठन हुने गरि विद्यार्थीहरुलाई भर्ना लिईरहेको छ । गाउँमै क्याम्पस तहको पठनपाठन हुनेभएपछी स्थानियबासी उत्साहित बनेका छन, प्राचार्य बरुवालले भने आर्थिक अवस्था कमजोर भएका कारण शहरबजार सम्म पुगेर अध्ययन गर्नबाट बन्चित भएकाहरुलाई ठुलो राहत मिलेको छ ।’

घारमा क्याम्पस सञ्चालनका लागी २०६६ साल चैत्र महिनामा आयोजना गरेको महायज्ञबाट १ करोड २७ लाख रकम समेत संकलन गरिएको थियो । तत्कालिन अवस्थामा क्याम्पस सञ्चालनको लागी त्रिविले अनुमती नदिएपछी क्याम्पस सञ्चालनको काम रोकिएको थियो । वि.स. २०१६ सालमा स्थापना भएको मुक्तिमार्ग विद्यालयमा २०२६ देखी मावि र २०५९ देखी उच्च मावि तहको पठनपाठन हुँदै आएको छ ।
ग्रामीण भेगमा संचालन भएको उक्त क्याम्पसमा जिल्लाको उत्तरी घार, शिख, हिस्तान, राम्चे, दोवा, वेग, तातोपानी, नारच्याङ्ग, दाना गाविसका विद्यार्थीहरु प्रत्येक्ष लाभान्वित हुने बताईएको छ । क्याम्पसको लागी आवस्यक भौतिक पुर्वधारहरु निर्माण भईसकेको र गुणस्तरीय शिक्षा प्रदान गर्नका लागी आवस्यक जनशक्तिको व्यवस्थापनमा लागेको विद्यालयले जनाएको छ ।
म्याग्दीमा यस अगाडी सामुदायिक तवरबाट सञ्चालित म्याग्दी बहुमुखी क्याम्पस र बावियाचौरमा रहेको मंगला शिक्षा क्याम्पस तथा निजि क्षेत्रबाट सञ्चालित वेनी स्थित न्यु वेष्ट प्वाईन्ट कलेजमा स्नातक तहको पठनपाठन हुँदै आएको छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...