Skip to main content

भवन भत्किए पछि खुल्ला आकाश मुनी विद्यार्थी


DSC00467प्रेम सुनार, गुल्मी,१२ मंसिर । चार महिना अघि भवन भत्कीए पछि गुल्मी छापाहिलेको एक विद्यालयका विद्यार्थी खुल्ला आकाश मुनी बसेर पढ्न बाध्य भएका छन् । छापाहिले गाविस वडा नम्वर ६ मा रहेको छापाहिले प्रस्तावित माध्यामिक विद्यालयका विद्यार्थी यस्तो समस्यामा परेका हुन् ।

भदौ ८ र ९ गतेको अविरल वर्षा संगै बगेको पहिरोले भवन भत्कीए पछि कक्षा १ देखि ५ सम्मका विद्याथीहरुलाई चौरमा राखेर पढाउने गरिएको प्रधानध्यापक श्यामलाल गिरीले बताए । स्थानियवासी समेत रहेका अनेरास्ववियुका जिल्ला अध्यक्ष ओम कार्कीले भवन भत्कीन साथ विद्यालयको बैठक बसी जिल्ला शिक्षा कार्यालयमा पुनर निर्माणका लागि निवेदन दिएको बताए । उनले आगामी वजेट वितरणमा सो कार्यालयले सम्वोधन गर्ने विश्वास ब्यक्त गरे ।
प्रधानध्यापक गिरीका अनुसार २०१८ सालमा त्यहाँको काफल पानी गाउँबाट सुरु गरिएको विद्यालय सागवारीमा २०५४ सालमा सो भवन गुल्मी अर्घाखाँची ग्रामिण विकास परियोजना (गार्डेप ) ले निर्माण गरी दिएको थियो ।
उपयुक्त जमिनको अभावमा करिव १५ मिनेट दुरीको अभावमा सो विद्यालयका दुई वटा भवन रहेको मध्ये भत्कीएको भवन तर्फको शौचालय समेत जिर्ण बनेर प्रयोग विहिन रहेकोे छ । विद्यार्थीहरु झाडी तिर दिशा पिशाव गर्न जाने गरेको प्रधानध्यापक गिरी बताउँछन । निजी श्रोतबाट कक्षा ९ र १० सञ्चालन गर्दा आर्थिक भार थेग्न मुस्कील परेको भन्दै उनले सरकारले मावि सम्वोधन गरी दिन समेत निकै जरुरी रहेको बताए ।
‘शान्ति तथा पुनर निमार्ण मन्त्रालयले बनाई दिएको जम्मा चार कोठे भवन मात्रै छ ’उनले भने –‘जिल्ला शिक्षा कार्यालयले यहाँको मर्का नबुझी दिने हो भने विद्यायल बन्द गर्ने अवस्थामा पुग्ने भएका छौं । ’ यस सम्वन्धमा जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालको ध्यानकृष्ट गराउँदा उनले सो विद्यालयको भवन निर्माण प्राथामिकतामा परेको बताए ।
उनले भने –‘अहिले चुनावको कामले भ्याईएको छैन , दुई महिना भित्रमा वितरण गर्दा जिल्ला शिक्षा कार्यालयको प्राथामिकतामा पारेर जिल्ला शिक्षा समितिको बैठकमा राख्ने छौं । उनले थपे–‘ त्यहाँ भवन पर्नेर्,े नपर्ने हामीले अहिले नै भन्न सक्दैनौ तर हाम्रो प्राथामिकतामा पर्छ , हेरौं समितिले के गर्ने हो । ’ उनले त्यहाँ शौचालय अभाव सम्वन्धी निवेदन आएकोले त्यो भने वितरण गर्दा पारी दिने प्रतिवद्धता जनाए ।
source:www.ebaglung.com

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...