Skip to main content

पाँचथरमा शिक्षाको विकृति बढार्दै जिशिअ नेपाल


कृष्ण ओझा
१३ मंसिर, पाँचथर । अनियमिततामा संलग्न भएका  एकजना स्रोतव्यक्ति र दुईजना शिक्षिकाहरुलाई जिल्ला शिक्षा कार्यालय पाँचथरले स्पष्टिकरण सोधेको छ । स्पष्टिकरण सोधिनेमा खलंगाटार उच्च मावि स्रोत केन्द्रका स्रोतव्यक्ति श्याम जवेगु तथा सुखवोध मावि फिदिमकी शिक्षिका गंगा खरेल र सेसेलुङ प्रावि याङनामकी शिक्षिका सूर्यकला कन्दङवा रहेका छन् ।
स्रोत व्यक्ति जवेगुले जिशिकाको कार्यादेश विपरित विद्यालय नजिकै पसल खोलेर विद्यालयमा भएको अनियमितता रोक्न नसकेकाले स्पष्टिकरण सोधिएको जिल्ला शिक्षा कार्यालय पााचथरले जनाएको छ ।
दसैं अघि विद्यालय छाडेर हालसम्म हाजिर नभएकी शिक्षिका गंगा खरेल र अर्की शिक्षिका सूर्यकला कन्दङवाले पटक पटक लापरवाही गरेकोले शिक्षा नियमावलीअन्तर्गत उनीहरुमाथि कारवाही थालिएको जिशिकाले जनाएको हो । ‘तीनैजनालाई लिखित स्पष्टिकरण सोधिएको छ, चित्तवुझ्दो जवाफ दिएर व्यबहारमा सुधार नगरे विभागीय कारवाही गरेर अवकाश दिइने छ ।’ जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताउनुभयो ।
अवोध वालवालिकाको भविष्य वर्वाद गर्ने अधिकार कसैलाई नभएको बताउादै जिशिअ अधिकारीले पााचथरको शिक्षाक्षेत्रमा रहेको विकृति हटाएरै छाड्ने बताउनुभयो ।
जिशिकाको टोलीले हालै गरेको अनुगमनको क्रममा याङ्नामस्थित सेसेलुङ प्रावि दिउासो २.३० वजे बन्द भएको, सिंहसिद्व माविमा २ वजेपछि कक्षा ६ मुनिका कक्षाहरु वन्द गरेको र खलंगाटार उच्च मावि दिउासो दिनको ३ बजेबाटै वन्द भएको भेटेको थियो ।
विद्यालय अनुगमनको जिम्मेवारी लिएका स्रोतव्यक्ति जवेगुले आाखै अगाडि लापरवाही देखेर पनि वेवास्ता गरेकाले उनीसहित विद्यालयका प्रधानाध्यापकहरुलाई स्पष्टिकरण सोधिएको हो ।
जिशिकाले संविधानसभा निर्वाचनपछि पुनः विद्यालय अनुगमनलाई तिव्र पारेको छ । ‘पाँचथरमा रहेसम्म विद्यालयको शैक्षिकस्तर उकास्न जस्तासुकै अफ्ठ्यारा चुनौति सामना गर्न तयार छु’,  जिशिअ नेपाल भन्नुभयो, ‘म यहाँ आएदेखि विकृतिका चाङलाई घटाउने प्रयासमा छु, विरोधका स्वहरु पनि आइरहेका छन्, तर शिक्षाक्षेत्रको सुधारका लागि मेरो यात्रा रोकिन्न ।’
गत असारमा पााचथर आउनुभएका जिशिअ नेपालले शिक्षाक्षेत्रको सुधारमा कडाई गर्न थालेपछि  शैक्षिकक्षेत्रका पेशागत संघ संगठनले विरोध पनि खेपिरहनुभएको छ ।
चुनावअगाडि जिल्ला शिक्षा अधिकारीसहितको टोलीले यसअघि पाँचथरका पौवासार्ताप ,च्याङथापु, शिवा र फिदिमसहितका गाविसका विद्यालयहरुमा आकष्मिक अनुगमन गरिसकेको छ
Source: http://www.onlinekhabar.com

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...