Skip to main content

'मेरो तलब गरिबका छोराछोरी पढाउन खर्च गर्छु'-भण्डारी

गुल्मी, मंसिर १४ - संविधान सभामा क्षेत्र नं. २ बाट निर्वाचित भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले आफूले पाउने तलबको सबै रकम गरिब तथा विपन्नका छोराछोरी पढाउन खर्च गर्ने बताएका छन् ।
सञ्चारिक समूहले शुक्रवार तम्घासमा आयोजना गरेको 'संविधान सभामा महिला सहभागिता, लैङ्गिक मुद्धा र मिडियाको भमिका' विषयक अन्तर्क्रियामा भण्डारीले तलब भत्ता आफूले नलिने घोषणा गरेका हुन् । जिल्लाका अधिकांश दलित तथा विपन्नका छोराछोरीहरु अहिले पनि शिक्षाबाट बञ्चित रहेको भन्दै उनीहरुमा शिक्षाको ज्योति नपुगेसम्म आफुहरुको राजनीतिले कुनै अर्थ नराख्ने भएकाले आफ्नो तलब भत्ता शिक्षामा खर्च गर्ने उनले बताए ।
'अझै पनि दलित र गरिबका छोराछोरीहरु स्कुल पढ्न जान सकेका छैनन्', भण्डारीले भने, 'सभासद भए वापत मैले जति तलब र भत्ता पाउने छु, एउटा कोष बनाएर सबै यहाँका दलित र गरिबका छोराछोरी पढाउन खर्च गर्ने छु ।'
चुनाव जित्ने धनी बन्दै जाने र भोट दिएर जिताउने गरिब बन्दै जाने संस्कृतिले राजनीतिमा नयाँ पुस्ताको बितिष्ण बढेको उनले बताए । अब त्यस्तो संस्कारको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए ।
source: http://www.ekantipur.com/np

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...