Skip to main content

अनुगमन नहुँदा विद्यालयमा बजेटको दुरुपयोग

टीकाबहादुर बस्नेत
२०७० मंसिर १२ बुधबार
दाङ
 दाङका विभिन्न सामुदायिक विद्यालयहरुमा वर्षेनी करोडौँ रुपैयाँ बजेट जाने गरे पनि त्यसको खासै सदुपयोग नभएको पाइएको छ । जिल्ला शिक्षा कार्यालय दाङको नियमित तथा प्रभावकारी अनुगमन नहुँदा जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा पठाइने बजेटको सदुपयोग नभएको जिल्लाका सरोकारवालाहरु बताउँछन् ।
हरेक वर्ष शिक्षा कार्यालयले विभिन्न शीर्षकमा विद्यालयलाई बजेट पठाउँदै आएको छ । कार्यालयका अनुसार विद्यालयमा दिवा खाजा, कम्प्युटर शिक्षा, मुक्तकमलहरी छात्रबृत्ती, बाल विकास केन्द्र अनुदान, छात्रा छात्रबृत्ती, दलित छात्रबृत्ती, माध्यमिक शिक्षा छात्रबृत्ती कार्यक्रमका लागि बजेट पठाउने गरिएको छ । त्यस्तै विद्यालय कर्मचारी अनुदान, अपाङ्ग विद्यार्थीलाई छात्रबृत्ती, भौतिक पुर्वाधार, पाठ्यपुस्तक खरिदलगायतका विभिन्न शीर्षकमा बजेट पठाउने गरिएको जिल्ला शिक्षा कार्यालय दाङका उप–सचिव ओमप्रकाश न्यौपानेले जानकारी दिनुभयो । उहाँले शिक्षा कार्यालयबाट विभिन्न शीर्षकमा छुट्याइएको बजेट विद्यालयको बैंकमा रहेको खातामा निकासा मात्र गर्ने गरेको जानकारी दिनुभयो । ‘हामीले सामुदायिक विद्यालयका लागि सरकारले पठाएको बजेट निकासा मात्र गर्ने गरेका छांै, निकासा भएको बजेट सदुपयोग भएको छ या छैन भनि कार्यालयलाई थाहा हुने कुरो भएन’, उहाँले भन्नुभयो, ‘यदि बजेट दुरुपयोग भएको भए विद्यालयका अभिभावक, विद्यार्थीले गुनासो गरिहाल्नुहुन्थ्यो नि ।’
उप–सचिव न्यौपानेले नयाँ कार्यक्रम सुरु हुँदाखेरी जिल्लाका केही विद्यालयमा निकासा गरिएको बजेटको दुरुपयोग हुने गरेको गुनासो आए पनि अहिले त्यस्ता गुनासा नआएको बताउनुभयो । यद्यपी, जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले अघिल्ला वर्षहरुमा कार्यालयबाट पठाइने विभिन्न शीर्षकका बजेटको दुरुपयोग भएको विषयमा गुनासो आए पनि यसवर्ष कार्यालयमा कुनै गुनासो नआएको दावी गर्नुभयो । सरकारले प्रदान गर्ने विभिन्न किसिमका छात्रबृत्ती, दिवा खाजा, कम्प्युटर शिक्षालगायतका विभिन्न कार्यक्रममा अनियमितताका भएका गुनासाहरु बढि आएको शाहले स्विकार गर्नुभयो । ‘अघिल्ला वर्षहरुमा सामुदायिक विद्यालयमा बजेटको दुरुपयोगका विषयमा गुनासाहरु आएका हुन्, कार्यालयले गुनासाहरुलाई सम्वोधन गर्ने क्रममा खाजा कार्यक्रमलाई व्यवस्थित पनि ग-यो’, उहाँले भन्नुभयो, ‘अब हामी छात्रबृत्ती कार्यक्रमलाई व्यवस्थित गर्ने पक्षमा छांै ।’
कार्यालयका अनुसार विभिन्न शीर्षकमा छुट्याइएको बजेटमध्ये यसवर्ष कमलहरी छात्रबृत्तीका लागि विद्यालयमा ३३ लाख रुपैयाँ बजेट पठाइने भएको छ । कमलहरी छात्रबृत्ती १ हजार ८ सय जनालाई वितरण गरिने कार्यालयले जनाएको छ । जसमध्ये कक्षा १–८ कक्षासम्मका विद्यार्थीहरुलाई प्रतिव्यीक्त १ हजार ५ सय रुपैयाँ, ९–१० कक्षासम्मका विद्यार्थीहरुलाई १ हजार ८ सय रुपैयाँ, उच्च माविका तहका विद्यार्थीहरुलाई प्रतिव्यक्ति ५ हजार रुपैयाँ र स्नातक तहमा अध्ययनरत मुक्त कमलहरीहरुलाई छात्रबृत्ती प्रदान गरिदै आएको छ । कार्यालयले देउखुरीको नर्ती होस्टेलमा अध्ययनरत १ सय १० जना पूर्व कमलहरी विद्यार्थीहरुलाई १० महिनाका लागि ३ हजारका दरले रुपैयाँ पनि उपलब्ध गराउँदै आएको छ । तर, हरेकवर्ष मुक्त कमलहरीको छात्रबृत्ती रकम पठाउँदै आएको शिक्षा कार्यालयले बताए पनि विभिन्न सार्वजनिक कार्यक्रममा मुक्त कमलहरीले पैँसा नपाएको गुनासो गर्दै आएका छन् । उनीहरुले विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षा कार्यालयको मिलेमतोमा विद्यार्थीहरुलाई प्रदान गरिने विभिन्न किसिमका छात्रबृत्तीमा अनियमितता हुने गरेको आरोप लगाउँदै आएका छन् ।
त्यस्तै यसवर्ष छात्रा छात्रबृत्ती ३८ हजार ८ सय ३४ जनालाई ३ सय ५९ रुपैयाँका दरले १ करोड ३९ लाख ४१ हजार ४ सय ६ रुपैयाँ, दलित छात्रबृत्ती १६ हजार ९ सय ५० जनालाई ३ सय ६१ रुपैयाँका दरले ६१ लाख १८ हजार ९ सय ५० रुपैयाँ उपलब्ध गराइने कार्यालयका उप–सचिव न्यौपानेले जानकारी दिनुभयो । त्यस्तै जिल्लाका ४ सय २४ वटा सामुदायिक विद्यालयलाई विद्यालय कर्मचारी अनुदानअन्तर्गत मावि र उमावितर्फ वार्षिक १ लाख ७५ हजार रुपैयाँ, निमावितर्फ ७५ हजार रुपैयाँ, १–७ कक्षासम्म सञ्चालित विद्यालयलाई ३९ हजार रुपैयाँ र ४ कक्षासम्म सञ्चालित विद्यालयलाई २७ हजार रुपैयाका दरले बजेट विद्यालयको खातामा निकासा गरिने बताइएको छ । शिक्षा कार्यालयले दिवा खाजा कार्यक्रम १ सय ३७ वटा विद्यालयमा लागु भएको जानकारी दिएको छ । उक्त कार्यक्रमबाट १८ हजार ११ सय ८५ जना विद्यार्थीलाई विद्यालय सञ्चालन भएको प्रतिदिन १२ रुपैयाँका दरले खाजा रकम प्रदान गरिने कार्यालयको भनाइ छ ।
यसैगरी विद्यार्थीको पाठ्यपुस्तक खरिदका गर्न प्राथमिक तहमा ४२ हजार ५ सय ५५ जनाका लागि ७१ लाख ४० हजार रुपैयाँ, निमावि तहमा ३० हजार ४ सय २९ जना विद्यार्थीका लागि १ करोड १५ लाख ११ हजार रुपैयाँ र मावि तहमा १४ हजार ७ सय ६ जना विद्यार्थीका लागि ६३ लाख ४५ हजार रुपैयाँ उपलब्ध गराइएको छ । शिक्षा कार्यालयका उप–सचिव न्यौपानेका अनुसार सम्बन्धित विद्यालयका नाममा रहेका खाताहरुमा विभिन्न शीर्षकका बजेट निकासा गर्ने कार्य भइरहेको जानकारी दिनुभयो ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...