Skip to main content

शिक्षा विभागमा सबै विद्यार्थीको विवरण कम्प्युटरमा राखिने


प्रकृति अधिकारी,
काठमाडौँ, मङ्सिर १३ गते । देशभरिका सबै विद्यालयका सबै विद्यार्थीको नामसहितको विवरण शिक्षा विभागको कम्प्युटरमा देख्न पाइने भएको छ ।
विद्यार्थी ‘ट्रयाकिङ’ कार्यक्रम अन्तर्गत प्रत्येक सामुदायिक र निजी विद्यालयमा अध्ययनरत प्रत्येक तहका विद्यार्थीको लगत राख्न थालिएको छ ।
शिक्षा विभागको अनुसन्धान तथा शैक्षिक सूचना व्यवस्थापन शाखाका उपसचिव शंकर थापाले विद्यालय तहको तथ्याँक शुद्धिकरणका लागि यसरी विद्यार्थीको नामनामेसीसहितको लगत राख्न थालिएको जानकारी दिनुभयो ।
विद्यार्थीको नाम, थर, भर्ना वर्ष, लिङ्ग, कक्षा, थर, बाबु र आमाको नाम, जन्ममिति, अपाँगता, पाएको छात्रवृत्ति र छात्रवृत्तिको किसिम, पूर्व प्राथमिक तहको अनुभव लिएको वा नलिएको लगायतका बारेमा लगत राखिएको छ ।
उहाँले भर्खरै यसरी नामनामेसी सँकलन गर्न थालिएको र तिनलाई कम्प्युटरमा समेत समावेश गरिँदै गएको जानकारी दिँदै हालसम्ममा पर्वत, दाङ, रुपन्देही, भक्तपुर लगायतका विद्यालयहरुका सबै विद्यार्थीको लगत राखिसकिएको बताउनुभयो ।
“सबै जिल्लाले केही समयभित्रै सबै लगत उपलब्ध गराइसक्ने छन्” उहाँले भन्नुभयो, “यो आर्थिक वर्षभित्र सबै जिल्लाका सबै तहका सबै विद्यार्थीको लगत हामीसँग उपलब्ध भइसक्ने छ ।”
हाल बढी विद्यार्थी देखाएर अनुदान पचाउने प्रवृत्ति झाँगिदै गएको छ । विभागको यस्तो अभियानबाट त्यस्तो प्रवृत्ति रोकिने अपेक्षा गरिएको छ । 
विद्यालयको लगत स्रोतकेन्द्र, जिल्ला शिक्षा कार्यालय हुँदै विभागसमक्ष पठाइएको छ । यसबाट विद्यार्थीको लगत सम्बन्धित सबै निकाय समक्ष पुग्नेछ ।
उहाँले विद्यार्थीको उपलब्धिलाई पनि क्रमशः समावेश गरिँदै जाने बताउनुभयो । लगतलाई कम्प्युटरमा अद्यावधि गर्न सकिन्छ । अहिले लगत राखिएका विद्यार्थीमध्ये उत्तीर्ण हुने, दोहा¥याउने, दोहोरो कक्षा चढ्ने, विद्यालय छाड्ने को को हुनेछन् भन्ने कुरालाई अद्यावधिक गरिनेछ ।
“हरेक विद्यार्थीको व्यक्तिगत रेकर्ड रहन्छ” उपसचिव थापाले थप्नुभयो, “बीचमा छाडेका विद्यार्थीहरु कहाँ पुगे ? उनीहरु कुन विद्यालयमा भर्ना भए वा भएनन् भन्ने थाहा हुन्छ ।”
यस वर्षबाट शुरु गरिएको यस्तो व्यवस्थाबाट आगामी १० वर्षपछि एसएलसी परीक्षामा सहभागी हुने विद्यार्थीका बारेमा विस्तृत जानकारी राज्यले राख्न पाउनेछ । उहाँका अनुसार कति विद्यार्थी कक्षा १ मा भर्ना भए र कतिले एसएलसी परीक्षा दिए, कतिले एसएलसी परीक्षा दिँदा कति वर्ष लगाए लगायतका जानकारी पनि हासिल हुनेछ ।
उहाँले यस्तो व्यवस्था अब शिक्षकको पनि गर्ने योजनामा आफूहरु रहेको बताउनुभयो । शिक्षकहरुको नामनामेसी सहितको लगत विभागले राख्न आवश्यक कार्य छिटै शुरु गर्ने बताइएको छ ।
यसरी विभागको कम्प्युटरमा आइपुगेका विद्यार्थीहरुको नामनामेसीलाई इन्टरनेटमा राख्ने सोचाइ भएको छैन । उहाँले वेवसाइटमा राख्दा दुरुपयोग हुनसक्ने सम्भावना रहने बताउनुभयो ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...