Skip to main content

अख्तियारद्वारा शिक्षक सेवा आयोगलाई सफाई (विज्ञप्ति सहित)


काठमाडौँ, २०७० फागुन १६ गते 
 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षक सेवा आयोगलाई शिक्षक पदको परीक्षा सञ्चालन गर्ने बाटो खुल्ला गरेको छ । गत पुष ११ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परीक्षा सम्बन्धी काम रोक्न आदेश दिएको थियो । 
हालसम्म शिक्षक सेवा आयोगले माध्यामिक र निम्नमाध्यामिक तहको लिखित परीक्षाको नतिजा सार्वजनीक गरिसकेको छ ।
शिक्षक सेवा आयोगका सहसचिव खगेन्द्र नेपालले माध्यामिक र निम्नमाध्यामिक तहको अन्र्तवार्ता तथा प्राथमिक तहको लिखित परीक्षाको नतिजा प्रक्रिया छिट्टै अगाडी बढ्ने जानकारी  दिनुभयो ।

प्रेस विज्ञप्ति : 
मितिः२०७०।११।१६ 
शिक्षक सेवा आयोगद्वारा स्थायी शिक्षक पदपुर्ती गर्ने सम्बन्धि मिति २०७०।०८।२३ मा प्रकाशित बिज्ञापन बमोजिम परीक्षा संचालन भई परीक्षाफल प्रकाशनका सम्बन्धमा शिक्षक सेवा आयोग विरुद्भ यस आयोग समक्ष विभिन्न विषयलाई सम्बोधन गरी थुप्रै उजुरीहरु प्राप्त भएकोमा अनुसन्धानका क्रममा मा. वि. तहको स्वास्थ्य शारिरीक बिषयको नतिजा मिति २०७०।०८।१८ मा पहिलो पटक प्राविधिक भुलवस सिमित केन्द्रको प्रतियोगीहरुको मात्र नतिजा प्रकाशन भएकोमा बाँकी सबै प्रतिस्पर्धीहरु समावेश गरी मिति २०७०।०८।२१ मा पुनः दोश्रो पटक परीक्षाफल प्रकाशित गरेको देखिन्छ । यसैगरी अंग्रेजी विषयको क्रमाङ्क 3310200129 मकवानपुरको उत्तर पुस्तिका अध्ययन गर्दा निजको प्राप्ताङ्क गणना गर्दा बस्तुगत तर्फ १६ र विषयगत तर्फ ३९ गरी कूल ५५ अङ्क हुनुपर्नेमा विषयगत तर्फको प्राप्ताङ्क 39 लाई 29 उल्लेख गरी मूल्याङ्कन गरेको देखिन्छ । त्यसैगरी क्रमाङ्क 2910300150 का परीक्षार्थीको मा.वि. तहको गणित विषयको मूल उत्तरपुस्तिका र थप उत्तरपुस्तिकामा प्रयुक्त हस्ताक्षर मेल खाएको देखिदैन । तत्कालको अवस्थामा सिमित व्यक्तिहरुको उजुरीको सांयोगीक नमुना (Random sampling) का आधारमा परीक्षण गर्दा प्रारम्भिक अनुसन्धानवाट उत्तिर्ण हुनुपर्ने परीक्षार्थी अनुत्तिर्ण र अनुत्तिर्ण हुनुपर्ने परीक्षार्थी उत्तिर्ण भएको अवस्था समेत हुँदा शिक्षक नियुक्ती प्रकृया सम्बन्धमा शिक्षक सेवा आयोगबाटै सम्पूर्ण परीक्षार्थीहरुको उत्तरपुस्तिकाहरु समग्रतामा परीक्षण गरी परीक्षणकै क्रममा पुनर्योग समेत गरी पछि सम्म वास्तविक परीक्षाफलमा फरक नपर्ने गरी परीक्षा सम्बन्धमा भएका र गरिने काम कारबाहीहरुमा आफै विस्वस्त हुने गरी वास्तविक परीक्षाफल प्रकाशन गर्न र शिक्षक सेवा आयोगको परीक्षा प्रणालीमा पुनर्योग गर्ने/गराउने कानूनी व्यवस्था समेत नभएकोले आगामी दिनमा शिक्षक सेवा आयोगलाई पुनर्योगको कानूनी व्यवस्थाको प्रबन्ध समेत गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २८ बमोजिम सुझाव दिने । शिक्षक नियुक्ती प्रकृया अत्यन्तै महत्वपुर्ण र सम्वेदनशील विषय हुँदा लामो समय सम्म यस प्रकृयालाई रोकि राख्नु उपयुक्त र तर्क संगत नहुने हुँदा प्रस्तुत परीक्षा सम्बन्धि काम कारबाहीलाई सु-संचालन गर्न शिक्षक सेवा आयोगलाई लेखि पठाउने निर्णय गरेको छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...