Skip to main content

सरकारी विद्यालय व्यवस्थापन सुधारिदै

काठमाडौ, श्रावण १२ - शिक्षा विभागले यो वर्षबाट सामुदायिक विद्यालयको व्यवस्थापन सुधार नीति अघि बढाएको छ । जापान सहयोग नियोग (जाइका)सितको सहकार्यमा यो नीति कार्यान्वयन गर्न लागेको हो । सामुदायिक विद्यालय व्यवस्थापनका समग्र पक्ष सुधारका निम्ति समुदायको सहभागिता बढाउने नीति अघि सारिएको छ । जसले गर्दा शिक्षकको अध्यापन नियमित हुने र विद्यार्थीको बुझाइस्तरमा बढावा दिइनेछ । सिकाइ गुणस्तर सुधारका निम्ति नयाँ प्रक्रियाको थालनी गरिएको हो ।
विभागले 'विद्यालय व्यवस्थापन सुधारका निम्ति सहयोग' (सिसम) परियोजनाको परीक्षणसमेत गरेको छ । रसुवा र धादिङमा सुरु गरिएको परीक्षणले सकारात्मक प्रभाव पारेको परीक्षण प्रतिवेदनले देखाएको छ । सुधार परीक्षणका क्रममा सोलुखुम्बु, रुपन्देही, जुम्ला, डोटी, संखुवासभा, कपिलवस्तु, कालिकोट र डडेलधुराका १ सय ६० विद्यालयमा यसै वर्षबाट लागू गरिएको छ । 'विद्यालयको क्षमता विस्तार र विद्यालयको वाषिर्क कार्ययोजना निर्माणलाई महत्व दिएका छौं,' व्यवस्थापन निर्देशिका र शिक्षण प्रशिक्षण सामग्रीहरु निर्माण भएको उल्लेख गर्दै विभागका निर्देशक कमलप्रसाद पोखरेलले भने, 'स्कुलका सबै युनिटहरुले प्रभावकारी भूमिका निर्वाह गर्दामात्र सुधार हुनेछ । अब देशव्यापी कार्यान्वयन तयारीमा छौं ।'
विद्यालय व्यवस्थापन समितिमा राजनीतिक दलहरुको भागबन्डालाई अन्त्य हुन नसक्नु, शिक्षकहरु दलगत आस्था र गुटबन्दी हुनु, राम्रा शिक्षकभन्दा हाम्रा शिक्षक रोजेर नियुक्ति दिनेजस्ता क्रियाकलापले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किएको हो । विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर सुधारभन्दा राजनीतिक पहुँच विस्तार गर्ने चलनको अन्त्यका निम्ति सिसम परियोजनाले नयाँ तरिका अपनाएको जनाइएको छ ।
सन् २०१५ सम्ममा सबैका लागि शिक्षा अभियान अन्तर्गत विद्यालयमा विद्यार्थी भर्ना हुने क्रम सतप्रतिशत सफल भएको निर्देशक पोखरेलले जनाएका छन् । 'लक्ष्यअनुसार पाच प्रतिशत विद्यार्थी भर्ना हुन बाँकी छ,' बीचैमा पढाइ छाड्ने क्रम रोक्न नसकिएको बताउँदै उनले भने, 'त्यसनिम्ति सिकाइ समस्या छ । सुधारका निम्ति यो परियोजनाले महत्वपूर्ण भूमिका निभाउने छ ।'
विभागले विद्यालय व्यवस्थापन नमुना परीक्षण गरिएका जिल्लाका शिक्षा अधिकारी, विद्यालय निरीक्षक, स्रोत व्यक्ति, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापकसहितको गोष्ठी आयोजना गरेको छ । विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसआरपी) ले कक्षा १२ सम्म विद्यालय शिक्षा किटान गरेअनुसार व्यवस्थापन समितिको सुधारमा जोडदिइएको जनाइएको छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...