Skip to main content

प्रथम विश्वयुद्धसँग सम्बन्धित विषयबस्तु

प्रथम विश्वयुद्ध
१९१४ देखि १९१९ सम्म युरोप, अफ्रिका र मध्य पूर्व (आंशिक रुपमा चीन र प्रशान्त द्विप समुह)मा चलेको लडाईंलाई प्रथम विश्वयुद्ध भनेर जानिन्छ| यी क्षेत्रहरुमा यो लडाईं जल, थल तथा आकाशमा लडिएको थियो| यस युद्धमा अभूतपूर्व ज्यान-मालको क्षति भएको थियो र नैं यस युद्धलाई विश्वयुद्ध भनिएको हो |
औद्योगिक क्रांतिको कारण संसारका सबै ठूला देशहरुले आफ्नो उद्योगको निम्ति काँचो माल प्राप्त गर्नका साथै आफ्ना देशमा मेसिनद्वारा उत्पादित सामानहरु बेच्नको निम्ति संसारका कमजोर देशहरुलाई उपनिवेश बनाउन चाहन्थे | यो उद्देश्य प्राप्तिको निम्ति सैनिक शक्तिमा वृद्धि गराउनुका साथै कूटनैतिक संधिहरु पनि गरे | यो होडबाजीमा राष्ट्रहरुमा अविश्वास र वैमनस्यता बढ्यो र युद्ध गर्नु अनिवार्य भयो। ऑस्ट्रियाको सिंहासनको उत्तराधिकारी आर्चड्युक फर्डिनेंड र उनकी पत्नीको हत्या यस युद्धको तात्कालिक कारण थियो। यो घटना २८ जून, १९१४मा सेराजेवोमा भएको थियो| एक महिनापछि ऑस्ट्रियाले सर्बियाको विरुद्धको युद्ध घोषणा गरयो। रूस, फ्रान्स र ब्रिटेनले सर्बियालाई सहायता गरे र जर्मनीले आस्ट्रियालाई। अगस्तमा जापान, ब्रिटेन आदिको तर्फबाट, अनि केही समयपछि टर्की, जर्मनीको तर्फबाट, युद्धमा सामेल भए। यो महायुद्ध यूरोप, एशिया अनि अफ्रीका तीन महाद्वीपहरुमा जल, थल तथा आकाशमा लडियो| शुरुमा जर्मनीले जित्यो। १९१७मा जर्मनीले धेरै व्यापारिक जहाजहरुलाई डुबाइदियो। यसले गर्दा अमेरिका ब्रिटेनको तर्फबाट युद्ध स्थलमा उत्रियो तर रूसी क्रांतिको कारण रूस यस युद्धबाट हट्यो। सन् १९१८मा ब्रिटेन, फ्रान्स र अमेरिकाले जर्मनी आदि राष्ट्रहरुलाई पराजित गरे। जर्मनी र आस्ट्रियाको अनुरोधमा ११ नोभेम्बर १९१६मा युद्धको समाप्ती भयो।
यो विश्वयुद्ध अन्तर्गत धेरैवटा लड़ाईहरु भए, जसमा टेनेनबर्ग (२६ देखि ३१, १९१४), मार्नं (५ देखि १० सेक्टेम्बर, १९१४), सरी बइर (Sari Bair) अनि सूवला खाड़ी (६ देखि १० अगस्त, १९१५), वर्दूं (२१ फरवरी, १९१६ देखि २० अगस्त, १९१७), आमिऐं (८ देखि ११ अगस्त, १९१८), एव वित्तोरिओ बेनेतो (२३ देखि २९ अक्टोबर, १९१८) आदि लड़ाईहरु मुख्य थिए |

जर्मनीद्वारा १९१६मा गरिएको आक्रमणको प्रधान लक्ष्य बर्दूं थियो। महाद्वीप स्थित मित्र राष्ट्रहरुका सेनाहरुको विघटन गर्नका लागि फ्रांसमाथि आक्रमण गर्ने योजनानुसार जर्मनीको तर्फबाट तारिक २१ फरवरी १९१६ का दिन बर्दूं युद्धहरुको श्रीगणेश भयो । नौ जर्मन डिवीजनले एक साथ मजेल (Moselle) नदीको दाहिने पटिको किनारमा आक्रमण गरे तथा प्रथम एवं द्वितीय युद्ध मोर्चामाथि अधिकार जमाए। फ्रेंच सेनाका ओज जनरल पेतैं (Petain)को नेतृत्वमा यस चुनौतीको सामना गर्न अधि आए| जर्मन सेना २६ फरवरीमा बर्दूंको सीमाना देखि पाँच माइल टाडा रहे| केही दिनसम्म भयानक लडाईं भयो। १५ मार्चसम्ममा जर्मन आक्रमण शिथिल हुँदै गयो र फ्रांसलाई आफ्नो व्यूहरचना अनि रसद आदिको सुचारु व्यवस्था मिलाउने मौका मिल्यो। म्यूजको पश्चिमी तीरमा पनि भीषण युद्ध भयो जो लगभग अप्रिलसम्म चल्यो| मईको अंतमा जर्मनीले नदीका दुवैतर्फबाट आक्रमण गरयो र भयानक युद्ध भएपछि ७ जूनमा वाक्स (Vaux)को किला लिन सफल बन्यो | जर्मनी अब आफ्नो सफलताको शिखरमा पुग्नमा सफल भयो| फ्रेंच सैनिक मार्ट होमे (Mert Homme)को दक्षिणी ढलान स्थलीय मोर्चामा डटेका थिए| संघर्ष चल्लिरह्यो, ब्रिटिश सेनाले सम (Somme)माथि आक्रमण गरेर बर्दूंलाई मुक्त गराए | जर्मनीको अंतिम आक्रमण ३ सेक्टेम्बरमा भएकोथियो| जनरल मैनगिन (Mangin)को नेतृत्वमा फ्रांसले प्रत्याक्रमण गरयो तथा अधिकांश हारिएका स्थल फिर्ता लिए | २० अगस्त, १९१७मा बर्दूंको अंतिम युद्धको अतिंम युद्धको उपरांत जर्मनीसित केवल ब्यूमांट (Beaumont) बच्यो। यी युद्धहरुमा फ्रैंच सेना शिथिल भैसकेका थिए | आहत जर्मन सेनाको संख्या लगभग तीन लाख पुगेको थियो जसले गर्दा जर्मनीको जोश सेलाइसकेको थियो ।
आमिऐं (Amiens)को युद्धक्षेत्रमा मुख्यत: मोर्चाबंदीका लड़ाईहरु भए। २१ मार्च देखि २० अप्रिलसम्म जर्मनले आफ्नो मोर्चादेखि बढेर अङ्ग्रेजी सेनालाई लगभग २५ माइल ढकेलेर आमिऐंको नजिक पुरयाए| उनीहरुको उद्देश्य त्यहाँबाट जाने रेलवे लाइनमा अधिकार गर्नु थियो, जो कैले बंदरगाहदेखि पेरिस जान्थ्यो र जसद्वारा अङ्ग्रेजी सेना र फ्रांसको सेनाको निम्ति सहायता पुरयाइन्थ्यो |
तारिक २० अप्रिल देखि १८ जुलाईसम्मक जर्मन आमिऐंको छेउमा रहिरहे| अर्कोपटि मित्र देशहरुले आफ्नो शक्ति धेरै बढाएर संगठित भैसकेकाथिए, उनीहरुका सेनाहरु जो यो भन्दा पहिला आ-आफ्ना सेनापतिहरुको निर्देशनमा लड्थे अब एक प्रधान सेनापति मार्शल फशका अधीनमा गराइयो |
जुलाई, १९१८ पछि जनरल फशको निर्देशनमा मित्र देशहरुका सेनाहरुले जर्मनीलाई धेरै ठाउँहरुमा परास्त गरे |
जर्मन प्रधान सेनापति लूडेनडार्फले अङ्ग्रेजी तथा फ्रांसीसी सेनाहरुको संगम स्थलमा अचानक आक्रमण गरे। यो आक्रमण २१ मार्च बिहानी पख ४.३० बजे गरियो, कुहिरो लागेको कारण सेनाको गतिविधि थाह पाएनन्| ४००० तोपहरुको गोलीबारीबाट शुरु भयो| ४ अप्रिलमा जर्मन सेना कैले-पेरिस रेलवेदेखि केवल दुई माइल टाडा थियो। ११-१२ अप्रिलमा अङ्ग्रेजी सेनापतिहरुले आफ्ना सैनिकहरुलाई लडेर मर्ने अनुरोध गरे |
त्यसपछि एक सप्ताह भन्दा अधिक समयसम्म जर्मनहरुले आमिऐंको नजिक लड़ाई जारी राखे, तर उनीहरुले कैले-पैरिस रेल लाइनमा अधिकार गर्न सकेनन्। अङ्ग्रेजी सेनालाई फ्रांसीसि सेनादेखि अलग राख्ने उनीहरु प्रयास असफल भयो |
२० अप्रिलदेखि लगभग तीन महीनासम्म जर्मनले मित्र देशहरुलाई अन्य क्षेत्रहरुमा परास्त गर्ने प्रयत्न गरिरह्यो, अनि सफल पनि भयो। तर यो सफलताबाट लाभ उठाउने मौका भनें जर्मनीले पाएन| मित्र देशहरुले यस भीषण स्थितिमा आफ्नो शक्ति बढ़ाउने प्रबंध गरिसकेका थिए |
२५ मार्चका दिन जेनरल फश यस क्षेत्रमा मित्र देशहरुका सेनाका सेनापति नियुक्त भए| ब्रिटेनको संसदले अप्रिलमा सैनिक सेवाको उमेर बढाएर 50 वर्ष गरिदियो, अनि ३,५५,००० सैनिकहरु अप्रिल महिनाभित्रमा नैं फ्रान्स पठाइए। अमरीकाबाट पनि सैनिक फ्रान्स पुग्नथाले, अनि बिस्तारै उनीहरुको ६,००,००० पुग्यो| नयाँ अस्त्र-शस्त्र तथा अन्य आविष्कारहरुको कारण मित्र देशहरुको वायुसेना प्रबल भयो। विशेष गरी उनीहरुका टैकहरु सक्षम बने |
१५ जुलाईका दिन जर्मनीले आफ्नो अंतिम आक्रमण मार्न नदीमा पेरिसतिरबाट गर्ने प्रयास गरयो। फ्रांसीसी सेनाले यसलाई रोकेर तीन दिनपछि जर्मनहरुमाथि सो नैं क्षेत्रमा शक्तिशाली आक्रमण गरेर ३०,००० सैनिकहरुलाई बन्दी बनाए| फेरि ८ अगस्तमा आमिऐं नजिक जनरल हेगको अध्यक्षतामा ब्रिटिश तथा फ्रांसीसी सेनाले बिहानै ४.३० बजे कुहिरो लागेको आडमा जर्मनहरुमाथि अचानक आक्रमण गरे| यस लडाईमा चार मिनेट तोपहरुबाट गोला चलाए पछि, सयौ टैंक सेनाको अघाडि पठाइए, जसको कारण जर्मन सेनामा हलचल मचियो। आमिऐंको पूर्व आब्र एवं सम नदीहरुको बीच १४ माइलको मोर्चामा आक्रमण भयो, अनि यस लड़ाईमा जर्मनहरुको यति बिघ्न क्षति भयो कि सूडेनडोर्फले यसदिनलाई जर्मन सेनाको निम्ति कालो दिन भने |

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...