छोरा पढे ठूलो मान्छे बन्यो । बुवाको मृत्युपछी आमाले सकिनसकी काम गरेर छोरालाई यो लायक बनाएकी थिईन् । तर छोरालाई बिस्तारै लाग्न थाल्यो, आमाले पढेकी छैनन् , हाम्रो लेभल नै मिल्दैन ।
एकदिन उसले मुख फोरेर भन्यो, 'आमा तपाईले मलाई यहाँसम्म ल्याउन कति खर्च गनुभो, ब्याज समेत लेखेर दिनुस्, म तिर्छु अनि हामी सुखले अलग अलग बसौला ।'
आमाले सोचेर भनिन्, 'हिसाब लामो छ बाबु , मलाई केहि समय सोच्न देऊ ।'
त्यो दिनको रात पर्यो । आमा लोटा भरी पानी लिएर छोराको कोठामा पुगिन् । छोरा निदाएको थियो । उनले ओछ्यानको एक भागमा पानी हालिन् । उसले कोल्टै फेर्दै गयो, आमाले विस्तारामा पानी हाल्दै गईन् । दिक्क भएर उ उठ्यो र ठूलो स्वरले भन्यो, 'के हो आमा तरिका किन मेरो विस्तारामा पानी हाल्नुभाको ?'
आमाले भनिन 'छोरा तिमीले मलाई पुरै जिन्दगीको हिसाब बताउनु भनेको हैन ? म हिसाब गर्दै थिए कि सानोमा तिमीले कतिपटक मेरो विस्तारामा हिलो पारिदियौ र म रातभर जागा भएकी थिए । यो त पहिलो रात हो छोरा, यतिमै तिमी तर्सियौ ? मैले भर्खरै हिसाब शुरु गरेकी छु...'
आमाको यो कुरा सुनेर छोराको मनमा ठूलो धक्का पुग्यो । ऊ रातभर निदाउन सकेन । अन्नतः उसले थाहा पायो आमाले जुन गुन लगाएकी हुन्छिन् त्यो कहिले तिर्न सकिन्न , आमाको माया, शीतल छाया, आमाले उठाएको दुःखः त्यो अमूल्य हुन्छ अनि सदा अमर रहन्छ ।