खेमलाल पहारी
आत्मा ज्ञान उच्च मा वि मा अंग्रेज़ी पढाउने शिक्षकको पद खाली भएको आधा महिना पुग्दापनि नयाँ शिक्षक पाईएको थिएन। विद्यार्थीले प्राचार्यलाई दिउसै तारा देखाउन थालेका थिए। दुईदिन दिन सम्ममा नयाँ शिक्षक नआएमा एक महिनाको शुल्क नतिर्ने शर्तमा विद्यार्थीले प्राचार्यलाई घर जान दिए।
भाग्यले भोलिपल्ट चमेनागृहमा एकजना हितैषीले प्राचार्यलाई आफ्नो चिनजानको एकजना मनोहर शर्मा राजधानीबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर पुरा गरेर घर आएको र अनुरोध गरेमा पढाउन पनि आउलान् भन्ने कुरा सुनाए। प्राचार्यले खवर गरे लगत्तै मनोहर आएपनि। चिनजानको क्रममा थाह भयोकि यी युवक रमाइला मित्रवत रहेछन्। आज बाह्र कक्षामा एक पिरियड लिईदिनु हुन्छकि भन्नासाथ उनि काखे कम्प्यूटर लिएर कक्षा खोज्न निस्के।
पढउनमा पनि मनोहर नाम जस्तै रहेछन्। सत्र वर्षे ठिटा ठिटीले खुब मन पराए।
छुट्ने बेलामा प्राचार्यले भने, " मनोहर जी तपाईं गजब पढाउनु हुँदो रहेछ भोलि जागिरकोलागि आफ्नो शैक्षिक प्रमाणपत्रहरूको साथमा एउटा निवेदन लिएर आउनु होला।" मनोहर केहि नबोलि गए।
उनि न भोलिपल्ट गए नत पर्सि नै।
तेश्रो साँझ प्राचार्यको फोन आयो, " खै त तपाईं निवेदन लिएर आउनु भएन!" मनोहरले यताबाट प्रतिप्रश्न गरे, "म एउटा कुरामा द्विविधामा परें; मलाई नोकरी चाहिएको होकि तपाईंलाई शिक्षक?"
"मलाई शिक्षक चाहिएको हो," प्राचार्यले झट्ट उत्तर दिए।
"त्यसोभए विद्यालयको पत्र कागजमा मलाई एउटा निवेदन लेखेर पढाउनु होस्," मनोहरले भने।
" तपाईंलाई म के भनेर लेखौं?" प्राचार्यले सोधे।
"यही कि:-
श्रीमान मनोहर शर्मा ज्यू
हाम्रो शिक्षण संस्थामा एकजना अंग्रेजी विषय शिक्षकको आवस्यक्ता परेको र हाम्रो ठम्याइमा तपाईं उपयुक्त व्यक्ति रहेकोले यस संस्थामा अध्यापन गर्न आईदिनु होला।"