Skip to main content

त्रिविमा पढाउने भारतीय प्राध्यापकलाई अवकाश

 TU
 
काठमाडाैं / सरकारले त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि करार सेवामा प्राध्यापन गरिरहेका भारतीय मूलका प्राध्यापकलाई सुविधा सहित अवकाश दिने भएको छ।
          श्रम अनुमतिबिना रोजगारीमा लाग्न पाइने सरकारी नीतिअनुसार प्राध्यापन गर्न आएका तर विदेशी भएका कारण नेपाली सरह प्रतिस्पर्धामा सहभागी भई स्थायी हुन नसकेका प्राध्यापकलाई अवकाश दिन लागिएको शिक्षा मन्त्रालयले जनाएको छ । लामो समय प्राध्यापन गरेर उमेरहदका कारण अवकाश पाउन लागेका तथा अवकाश पाइसकेका भारतीय मूलका नागरिक यो योजनाबाट लाभान्वित हुनेछन्। ‘विगतमा श्रम अनुमति नचाहिने हुनाले थुप्रै भारतीय पढाउन नेपाल आए । तर स्थायी हुन त्रिविको खुला प्रतिस्पर्धामा विदेशी भएकै कारण सहभागी हुन पाएनन्’, शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले भने, ‘लामो समयसम्म विश्वविद्यालयमा उनीहरूको योगदानको कदर गरेर सरकारले प्रोत्साहनस्वरूप अवकाश सुविधा दिन लागेको हो।’  लम्सालका अनुसार यसरी अवकाश पाउने प्राध्यापकको संख्या ८० जनाको हाराहारीमा छ। अवकाश पाउने प्राध्यापकलाई पाँच वर्षदेखि माथि पढाएकालाई आधा महिना, दस वर्षदेखि पन्ध्र वर्षसम्म पढाएकालाई एक महिना तथा पन्ध्र वर्षभन्दा माथि पढाएकालाई एक वर्ष बराबर डेढ महिनाको तलब दिने प्रस्ताव मन्त्रालयले गरेको समाचार अाजकाे अन्नपूर्ण पाेस्ट्ले छापेका छ ।
         अवकाश योजनामा पर्नेमध्ये अधिकांशले बीस वर्षभन्दा बढी समय त्रिविमा पढाएका छन्। केही प्राध्यापक अझै पनि पढाइरहेका छन्। यस्ता प्राध्यापकमध्ये अधिकांशले अंग्रेजी, विज्ञान, कृषिलगायतका विषय पढाउने गरेका छन् । लामो समयसम्म पढाए पनि उमेरहदका कारण आफ्ना नागरिक खाली हात घर फर्कनु परेको भन्दै अवकाश योजना ल्याउन भारतीय दूतावासले नेपाल सरकारलाई अनुरोध गरेको थियो।दूतावासको अनुरोधमा परराष्ट्र मन्त्रालयले शिक्षा मन्त्रालयलाई अवकाश योजनाको प्रस्ताव तयार गर्न पत्राचार गरेको थियो।
परराष्ट्रको पत्र तथा प्राध्यापकको अनुरोधमा शिक्षा मन्त्रालयले अवकाश योजनासहितको प्रस्ताव गत फागुनमा तयार गरी मन्त्रिपरिषद्मा पेस गरेको थियो। मन्त्रिपरिषद्ले गत साता अवकाशसम्बन्धी निर्णय गरेको छ । लम्सालले भने, ‘भारतमा पनि यसरी थुप्रै नेपाली नागरिकले काम गरिरहेका छन्। भोलि उनीहरूले पनि नेपालमा भारतीय नागरिकले भोग्नु परेको जस्तै समस्या बेहोर्नु नपरोस् भनेर यस्तो योजना ल्याइएको हो।’ त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार देवराज अधिकारीले मन्त्रिपरिषद्को निर्णयबारे विश्वविद्यालयलाई आधिकारिक जानकारी नआएको बताए। श्वविद्यालयअन्तर्गतको विभिन्न क्याम्पसमा धेरै प्राध्यापकले पढाइरहेका छन् । कतिपयले उमेरहदका कारण अवकाश पाइसकेका छन् भने कतिपय म्याद थपेर पढाइरहेका छन्’, अधिकारीले भने, ‘उनीहरूको अवकाश योजनामा के के समावेश गरिएको रहेछ, मन्त्रिपरिषद्को पत्र आएपछि थाहा होला ।’
त्रिविमा पढाउने प्राध्यापकका लागि ६३ वर्ष उमेरहद तोकिएको छ। सरकारले विद्यालय तहमा स्थायी पदमा अस्थायी रूपमा कार्यरत शिक्षकलाई पनि अवकाश दिने तयारी गरेको छ। बजेट भाषणमार्फत यस्तो घोषणा भएको थियो । शिक्षा मन्त्रालयले शिक्षा ऐन संशोधनसम्बन्धी विधेयकमा पनि यो प्रस्ताव गरेको छ। प्रस्ताव लागू भए विद्यालय तहमा पढाउने आठ हजार शिक्षक लाभान्वित हुनेछन्।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...