Skip to main content

सरकारी कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा पढाउन अदालतको आदेश


government_school--621x414--621x414

अब अर्को वर्षदेखि सरकारी तलव भत्ताखाने सरकारी कर्मचारी, शिक्षकहरुले अनिवार्यरुपमा आफ्ना छोराछोरी सरकारी विद्यालयमा पढाउनुपर्ने भएको छ । त्यसो नगरीय उनीहरुलाई कारवाही त हुन्छ नै उनीहरुको तलव सुविधा बाट विद्यालय पढाउने रकम समेत कट्टा हुने भएको छ ।
उच्च अदालतले सरकारी कर्मचारीहरुलाई अनिवार्यरुपमा छोराछोरी सरकारी विद्यालयमा पढाउन आदेश दिएको छ । यसले शैक्षिक क्रान्तिको सुरुवात गरेको सरोकारवालाहरुले बताएका छन् ।
यो समाचार भारतको उत्तरप्रदेशको हो । त्यहाँको इलाहबाद उच्च अदालतले यस्तो आदेश सुनाएपछि राज्यमा तहल्का मच्चिएको छ । अदालतले सवै सरकारी कर्मचारी र नोकरशाहहरको छोराछोरीहरुलाई प्राथमिक तहमा सरकारी विद्यालयमा पढाउन अनिवार्य व्यवस्था गर्न राज्यको मुख्य सचिवलाई आदेश दिएको छ ।
उसले आदेशमा भनेको छ कि आउने शैक्षिकसत्रबाट अनिवार्य रुपमा यो नियम लागु गरियोस । अदालतले यो पनि निर्देशन दिएको छकि यदि कसैले यो नियम नटेरेमा वा निजी विद्यालयमा छोराछोरी पढाएमा निज सरकारीकर्मचारीहरुको तलवबाट विद्यालय शुल्क बराबरको रकम कट्टा गरेर त्यसलाई सरकारी विद्यालय सुधारमा लगाइयोस ।
शिवकुमार पाठक लगायतको रीट निवेदनको फैसला गर्दै उच्च अदालतका न्यायधिष सुधीर अग्रवालले यो आदेश सुनाएको हो । रीट निवेदनमा भनिएको थियो कि ‘सरकारी विद्यालयहरुमा अयोग्य शिक्षकहरु नियुक्ति गरिएको छ जसको कारण बालबालिकाहरु स्तरीय शिक्षा लिनबाट बञ्चित रहँदै आउका छन् । यसको चिन्ता न त सम्बन्धीत अधिकारीहरुलाई छ न त प्रदेशका उच्च प्रशासनिक अधिकारीहरु नै छ । उच्च सरकारी अधिकारीहरको बालबच्चाहरु ठूला निजी विद्यालयमा पढ्ने कारण सरकारी विद्यालयको वास्तविकता बुझ्न कोही पनि आउदैन । यदि सरकारी कर्मचारीको छोराछोरीहरुलाई सरकारी विद्यालयमा पढाउने अनिवार्य व्यवस्थागरीय सरकारी विद्यालयको सुधार हुने थियो ।’
यहि रीट निवेदनलाई आधार मानेर उच्च अदालतले यो आदेश दिएको हो । सरोकारवालाहरुले यो निर्णयको स्वागत गर्दै कार्यान्वयनका लागि सरकारसँग माग गरेका छन् । यसका लागि केन्द्रिय सरकारले पनि सहयोग गर्नुपर्ने उनीहरुको माग छ ।
उत्तर प्रदेशमा ८ लाख ६६ हजार ३ सय ६१ सरकारी विद्यालयहरु छन् । अझैपनि त्यहा एकलाख ४० हजार थप विद्यालयको आवश्यकता रहेको छ । प्राथमिक विद्यालयहरुमा अझैपनि २ लाख ५२ हजार शिक्षकहरुको कमी रहेको छ ।
allahabad-high-court_6
प्राथमिक तहमा अझैपनि १०. ५ प्रतिशत ड्रप आउट रहेको छ । ६ देखि १७ वर्ष उमेर समुहका १०.५ प्रतिशत विद्यार्थी ६ कक्षामा नपढी बिचमानै विद्यालय छाड्ने गर्दछन् । त्यहाँ कार्यरत गैरसरकारी संस्थाहरुका अनुसार उत्तरप्रदेशको सरकारी विद्यालयमा कक्षा पाँचमा पढीरहेका ५५.९ प्रतिशत विद्यार्थीहरुले राम्ररी पढ्न सक्दैनन् ।
कक्षा पाँचमा पढ्ने ५६. २ प्रतिशत विद्यार्थीले राम्रोसँग कक्षा २ को पाठ पढ्न सक्दैनन् । ग्रामिण क्षेत्रमा अझैपनि ४. १ प्रतिशत बालबालिका विद्यालय जानबाट बञ्चित रहेका छन् । कक्षा पाँचमा अध्ययनरत ८.२ प्रतिशत बालबालिकाहरु अक्षर पढ्न जान्दैनन् । ९४.९ प्रतिशत विद्यार्थी विद्यालयमा भर्ना भएकामा सरकारी विद्यालयमा भने ४३.६ प्रतिशत मात्रै सरकारी विद्यालयमा भर्ना भएका झन् । लगातार सरकारी विद्यालयबाट विद्यार्थीहरु भागिरहेका छन् ।
एजेन्सीहरुको सहयोगमा

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...