Skip to main content

६२ उच्च माविमा आजदेखि प्राविधिक शिक्षा

काठमाडौं ८ असोज / प्राविधिक विषय लिएर एसएलसी पास गरेका विद्यार्थीले बल्ल पढ्न पाउने भएको छ। यो कक्षा ११ को पढाइ हो। पढाउनका निम्ति सरकारले न्यूनतम पूर्वाधार पुगेका ६२ उच्च माध्यमिक विद्यालय छनोट गरेको छ। ती उच्च माविले कक्षा ११ र १२ सञ्चालन सम्बन्धन पाएका छन्।

सम्बन्धन पाउनेमा भक्तपुर दरबार स्क्वायर हातामा रहेको श्री पद्म उच्च मावि एक हो। प्राविधिक धारमा एसएलसी उत्तीर्ण विद्यार्थी पढ्न पाउनुपर्ने मागसहित उक्त विद्यालयका प्राचार्य राम हाडाको अध्यक्षतामा प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय सञ्जालसमेत गठन गरेका छन्। लामो संघर्षपछि पठनपाठन सम्बन्धनसँगै सञ्जालको शुक्रबारबाट कक्षा सुरु गर्ने भएको छ।

प्राविधिक धारका विद्यार्थी उच्च माविमा इन्जिनियरिङ पढ्न चाहनेले सिभिल, इलेक्ट्रिकल कम्प्युटर र इलेक्ट्रोलिक्स इन्जिनियरिङ पढ्नु पर्नेछ। कृषि प्राविधिक विषय रोज्नेले प्लान्ट र एनिमल साइन्स पढ्नु पर्नेछ। भक्तपुरको उक्त उच्च माविमा भने सिभिल इन्जिनियरिङको मात्र व्यवस्था छ। उक्त विषय रोज्नेले अनिवार्य विषयका रूपमा अंग्रेजी, फिजिक्स, केमेस्ट्री र गणित विषय एक–एक सय पूर्णाङ पढ्नु पर्नेछ।
पहिलो पटक देशभरिका ९९ माविबाट कक्षा ९ र १० मा प्राविधिक विषय पढेका विद्यार्थीले एसएलसीमा ग्रेडिङ सिस्टममा नतिजा प्राप्त गरेका थिए। एसएलसी ग्रेडिङमा ३ हजार २ सय ८८ विद्यार्थी उर्तीण भएका थिए। उनीहरूका निम्ति ढिलो गरी प्राविधिक उच्च शिक्षा पढाउन देशभरिका ६२ विद्यालय छनोट गरिएका छन्। सञ्जालका अध्यक्ष तथा उच्च माविका प्राचार्य हाडाले भने, ‘अनुमति पाएका ती विद्यालयहरूमा शुक्रबारबाट नियमित पठनपाठन हुनेछ।’
श्री पद्म उमाविले कक्षा ९ बाट सिभिल इन्जिनियरिङको कक्षा सञ्चालन गर्दै आएको छ भने अब १२ कक्षासम्म सोही विषय निरन्तर रहने छ। उक्त विद्यालयमा प्राविधिक एसएलसी उत्तीर्ण ४४ विद्यार्थी निरन्तर पढ्न पाएको प्राचार्यले जनाएका छन्।
सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसआरपी) अनुसार कक्षा १ देखि १२ लाई विद्यालय तह हुनेछ। त्यसैअनुसार कक्षा ९–१२ मा दुई धारको शिक्षा हुने उल्लेख छ। जसमा नियमित र अर्को प्राविधिक धार हुने भनिएको छ। जसअनुसार विद्यालय तहसम्मको शिक्षा नि:शुल्क हुने भनिएको छ। अहिले प्राविधिक धारमा पढ्ने विद्यार्थी मासिक शुल्क तिर्नुपर्ने छैन। विद्यार्थीको प्रयोगशालाका निम्ति शुल्क लिनुपर्ने भएमा विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकसितको सहमतिमा लिन सकिने सञ्जालका अध्यक्ष हाडाले बताए।
कान्तिपुरमा लीला श्रेष्ठले लेखेको खबर । 

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययनको नमूना प्रश्न पत्र तह माबि

नमुना प्रश्नपत्र विषय : सामाजिक अध्ययन तह : माध्यमिक समूह ख विषयगत उत्तर दिनुहोस् । ८ × ५ = ४० १.सामाजिक अध्ययनलाई किन वहुविधाको रुपमा लिइएको छ ? माध्यमिक तहमा सामाजिक विषय अ...