1.   "फूल , म  र  निलो  आकाश'   फूल  जस्तै  सुन्दर  मान्छे  बन्न  सकिएन    किन  यस्तो  हुदो  रैछ  भन्न  सकिएन  ।   मौसमी  पो  हुँदो  रैछ  राम्रो  फूल  पनि  कति  फुले  कति  झरे  गन्न  सकिएन  ।   माथितिर  निलो  आकाश  टोलाएर  हेर्छु  किन  छोप्छ  बादलुले  जान्न  सकिएन  ।   कति  थिए  चाहना , इच्छा  अनि  अभिलाषा  जिन्दगीको  बाटो  अझै  खंन्न  सकिएन  ।  2072 -07-18   2   दुई  दुई  जोड्दाखेरी  चार  नभएपछि  नियम  कानून  बनाउनुको  सार  नभएपछि  ।   नाच्न  थाल्छन  सांढेहरु  उन्मत्त  भै  वरिपरि  वल्लो  पल्लो  छुट्टाउने  बार  नभएपछि  ।     3  नेता   बर्गीय  हित  गर्छु  भन्थ्यो ,    परि  आए  मर्छु  भंथ्यो  ।  गाउ  अनि  देशको  बिकाश ,    गर्न  अघि  सर्छु  भन्थ्यो  ।   अज्ञानतालाई  हटाउंदै  ,  ज्ञानको  ज्योति  छर्छु  भंथ्यो  ।  दुखिहरुको  मुहारमा  ,  लाली  किरण  भर्छू  भंथ्यो  ।   कहॉ  गयो  थाहा  छैन ,  गायब  भयो  गाउ  बाट  ।  कति  खोजें  भेटिएन  ,  उहि  पूरानो  नाउ  बाट  ।   आज  भोलि  सुनेको  छु ,  शहरतिर  बस्या  छ  रे  ।  दुस्मनसँगै  साइनो  गांसि ,  सिंह  दरबार  पस्या  छ  रे  ।   ...