Skip to main content

शिक्षक बढुवाका लागि आवेदन माग

काठमाडौं । शिक्षक सेवा आयोगले कार्य सम्पादन मूल्याङ्कन र परीक्षाका आधारमा शिक्षक बढुवाका लागि आवेदन माग गरेको छ । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, काठमाडौँ, रौतहट, बारा र हुम्लामा बढुवाका लागि आवेदन माग गरिएको छैन । ती जिल्लामा भने मंसिर १५ गतेभित्र जिशिकाले आयोगलाई विवरण उपलब्ध गराएपछिमात्र आवेदन आह्वान गर्ने र अन्य जिल्लाकै विज्ञापनमा समावेश गरिने जनाइएको छ ।
आयोगले शैक्षिक सत्र २०६७, २०६८, २०६९, २०७० र २०७१ को कार्यसम्पादन मूल्याङ्कनका आधारमा देशका ६६ जिल्लामा प्राथमिक द्वितीय, प्राथमिक प्रथम, निम्न माध्यमिक द्वितीय, निम्न माध्यमिक प्रथम, माध्यमिक द्वितीय र माध्यमिक प्रथमका लागि विज्ञापन आह्वान गरेको छ ।
कासमूका आधारमा ७५ प्रतिशत र आन्तरिक परीक्षा (लिखित र अन्तर्वार्ता)का आधारमा २५ प्रतिशत बढुवा गर्ने जनाइएको छ ।
गत २०७१ चैत मसान्तसम्ममा सम्भाव्य उम्मेदवार बनेकाहरुले आवेदन दिनसक्ने जनाइएको छ । अन्तरिक प्रतियोगितात्मक परीक्षा आगामी फागुन १६ गते आइतबार दिउँसो १ बजे सञ्चालन हुने जनाइएको छ ।
आयोगले प्राथमिक द्वितीयमा सबैभन्दा बढी झापामा ३३ पदमा विज्ञापन गरिएको छ ।
दरखास्तका लागि प्राथमिक द्वितीयका लागि चार सय रुपियाँ, प्रथमका लागि सात सय रुपियाँ, निमा द्वितीयका लागि सात सय रुपियाँ, प्रथमका लागि एक हजार रुपिपयाँ, मावितह द्वितीयका लागि एक हजार रुपियाँ र प्रथमकका लागि एक हजार २५० रुपियाँ तोकिएको छ । दरखास्त दिने अन्तिम दिन आगामी पुस ६ गतेसम्म र दोब्बर दस्तुरका लागि पुस १३ गतेसम्मको समयावधि दिइएको छ ।
दरखास्त फाराममा प्रधानाध्यापकको हकमा जिशिअले र अन्य शिक्षकको हकमा सम्बन्धित विद्यालयका प्रअ र जिशिअले अनिवार्य रुपमा प्रमाणित गरेको हुनुपर्नेछ ।
विस्तृत विवरण मंसिर १ गतेको गोरखापत्रमा विज्ञापन प्रकाशित गरिएको छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...