Skip to main content

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अध्यक्षतामा तदर्थ समितिले नेपालमा रेडक्रसको स्थापना गरेको थियो । यसरी नेपालमा रेडक्रस स्थापना गर्न पहल गर्ने ब्यक्तिमा डा. जयनारायण गिरीको प्रयास पनि उल्लेखनीय थियो ।

रेडक्रसका सात आधारभूत सिद्धान्तहरू
मानवता
निष्पछ्यता
तटस्थता
स्वाधिनता
एकता
विश्वव्यापकता
एेच्छिक सेवा

वि.स. २०२० साल भाद्र १९ गते नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको हो, नेपाल रेडक्रस निम्ति ऐतिहासिक दिन हो । यसै दिन तत्कालीन नेपाल सरकार सरकार स्वास्थ्य मन्त्रालयको आव्हानमा विभिन्न व्यक्ति र संस्थाका प्रतिनिधिहरुको एक सभा भएको थियो । सिंहदरबारको कैलाश बैठकमा बसेको सो सभाले नै श्री ५ अधिराजकुमारी प्रिन्सेस शाहको अध्यक्षतामा २१ सदस्यीय नेपाल रेडक्रस तदर्थ समिति गठन गरेको थियो । वि.स. २०२० साल माघ २४ गते नेपाल सरकारले जेनेभा महासन्धिमा हस्ताक्षर गरी अन्र्तराष्ट्रिय रेडक्रसको जिम्मेवार अङ्ग बनेको थियो । तत्पश्चात वि.स. २०२१ असोज १६ मा नेपाल रेडक्रस सोसाइटी अन्तर्राष्ट्रिय रेडक्रस समिति (ICRC) ले मान्यता प्रदान गर्यो , यसैको भोली पल्ट तत्कालीन लीग हाल अन्र्तराष्ट्रिय महासंघ (IFRC) को सदस्यता प्राप्त गरी नेपाल रेडक्रस पनि अन्तर्राष्ट्रिय रेडक्रस अभियानको एक अभिन्न अङ्ग ( राष्ट्रिय सोसाइटी ) बन्न पुग्यो । यसरी नै नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको हो ।
नेपाल रेडक्रस स्थापना कालको प्रारम्भमा तिब्बती ÷ भुटानी शरणार्थीहरुकालागी राहत कार्यबाट शुरु गरी हाल प्रकोप पूर्व तयारी, प्रकोप व्यवस्थापन, उद्घार ÷ राहत र पुनः स्थापना , भुटानी शरणार्थी सहयोग, एमबुलेन्स सेवा, रक्तसन्चार सेवा, प्राथमिक उपचार, स्वास्थ्य शिक्षा , एच. आई.भी र एड्स रोकथाम, हेरचाह तथा सहयोग कार्यक्रम , आँखा अस्पताल , आँखा उपचार सेवा , कान शिविर सेवा, एम्बुलेन्स सेवा, ट्रेसिङ सेवा ,सामुदायिक विकास , महिला विकास , जुनियर तथा युवा गतिविधि , पारिवारिक सन्देस–,जीवन रक्षा एवं स्वास्थ्य सुरक्षा–, राष्ट्रिय ÷ अन्तर्राष्ट्रिय मित्रता–, समझदारी र शान्तिका लागि शिक्षा, अन्तर्राष्ट्रिय मानवीय कानून, मानवीय मूल्यको प्रवद्र्घन र रेडक्रसका सिद्घान्तहरुको तथा प्रचार–प्रसार, क्षमता अभिवृद्घि र सङ्गठन विकास जस्ता आदि कार्यक्रमहरु लिएर मानव सेवामा सर्मपित मानवीय संस्थाको रुपमा नेपाल रेडक्रस सोसाइटी स्थापित भएको छ ।
राष्ट्रियता, जात –जाति , लिङ्ग ,राजनीतिक आस्था वा धार्मिक विश्वासको आधारमा भेदभाव नगरी रेडक्रसले आफ्ना कर्तव्यहरु निवार्ह गरिरहेको छ । मानव सेवामा समर्पित संस्था रेडक्रस हो । मानव चेतना फैलाउने , मानव सेवामा तल्लिन रहने मूल उद्देश्य बोकेर नेपालका ७५ वटै जिल्ला शाखा–, उपशाखा हुदै जुनियर ÷ युवा रेडक्रस सर्कलको माध्ययम बाट नेपालको भौगोलिक विकटताले भरिएको पिछिडिएका दुर्गम वस्ति, गाँउ, घरहरुमा समेत प्यासी लाई पानी पिलाउने संस्था पुगेको छ रेडक्रस । चाहे महामारी रोग होस्, चाहे प्राकृतिक प्रकोप होस्, खाने पानी , सरसफाई देखि लिएर हरेक ठाँउमा रेडक्रस सबभन्दा अगाडी पुगेको छ । महामारी रोग लाई न्यूनिकरण गर्न–, प्राकृतिक प्रकोपमा परेकाहरु–लाई खोज–, उद्घार र राहत पु¥याउनका लागी घटनास्थल पहिले रेडक्रस लोगो–, झण्डा झल्किएकै हुन्छ , रेडक्रस टोली पुगेकै हुन्छ । तर यी कार्यहरु स्रोतको उपलव्धताका आधारमा भइरहेका हुन्छन् ।
रेडक्रस जस्तो मानवीयसंस्था लाई सबै आम नागरिक , सबै सर्व साधारण हरुले आ–आफ्नो ठाँउ बाट यस्को इतिहास, सेवा र महत्व बारे बुझन जरुरी छ, निष्पक्ष सेवा मुलक तथा विकास कार्यक्रम सँग सम्बद्घ सामजिक संस्थाको रुपमा विशिष्ट स्थान ओगट्न सफल रहेको पवित्र संस्था रेडक्रस हो । हाल सम्म दुःख को साथी रेडक्रस विश्वका १९० राष्ट्रहरुमा विस्तार भई यसका सात आधारभूत सिद्घान्तहरु मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, स्वयंसेवा, एकता, र विश्वव्यापकता सिद्घान्तहरुलाई आत्मसाथ गरी सधैँ रेडक्रस अभियानलाई अभिप्रेरित गरिरहेको छ । यी सात आधारभूत सिद्घान्तहरुलाई आधार बनाएर स्व.स्फुर्त रुपमा निरन्तर सेवा प्रवाह गर्नु रेडक्रसको विशिष्ट विशेषता हो । रेडक्रस प्रति आस्था राख्नु हुने सबै आम नागरीकहरुले नजिकको जिल्ला शाखा तथा उपशाखाबाट सदस्यता लिई रेडक्रस जस्तो मानविय, सामाजिक संस्थामा आवद्घ भएर रेडक्रसका सात सिद्घान्तहरुलाई आत्म साथ गरी मानविय सेवा, रेडक्रसका कार्यहरुमा सधैँ भरी सङ्लग्न हुन सक्नु हुनेछ, रेडक्रस प्रवेशमा कसैलाई रोकाबट छैन, रेडक्रसले तपाईहरुको साथ, सहयोग लाई सदंैव पर्खिरहेको छ । यसैले हामी भनिरहेका छौं कि रेडक्रस सवै ठाँउमा सवैको लागि हो । जय रेडक्रस …

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...