Skip to main content

गजल


मान्छे

गुनको बदला बैगुनले नै तिर्ने गर्छ मान्छे ।
जस्ले भलो गर्छ उस्लाई पिर्ने गर्छ मान्छे ।।

अलिकति लाभ हुने भयो भने मात्र पनि ।
आफ्नैले आफ्नैको छाती चिर्ने गर्छ मान्छे ।।

अहो कस्तो अचम्म छ मनुष्यको स्वार्थ ।
जता अबसर देख्छ उतै छिर्ने गर्छ मान्छे ।।

स्वार्थमा कतै अबरोध हुन थाल्यो भने ।
नानाथरि शस्त्र अस्त्र भिर्ने गर्छ मान्छे ।।

जब जब चारै तिरबाट अलगाबमा पर्छ  ।
अनि सबको नजरबाट गिर्ने गर्छ मान्छे ।।

२०७४/०७/०७

गजल

जो चोर उस्कै ठूलो स्वर हुन्छ यहाँ ।
स्वघोषित ठालु कामचोर हुन्छ यहाँ ।।

चतुर त कानून भन्दा माथि बसे भो ।
सोझोलाई नियम कठोर हुन्छ यहाँ ।।

समयको हिसाब फरक पर्न थालेपछि ।
गणितको जोर पनि बिजोर हुन्छ यहां ।।

जताततै दुर्जनहरुको राज बढ़े पछि ।
ईमान्दार सज्जनलाई बोर हुन्छ यहां ।।

जब अत्याचारले सीमा नाघ्न थाल्छ ।
अनि बल्ल युद्ध घन घोर हुन्छ यहाँ ।।

२०७४/०७/०७



Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...