Skip to main content

शिक्षामा प्रगतिशील कर लगाउने बीस तरिका


कृष्ण हरि बासकोटा
स्थानीय तहको मातहतमा आएको माध्यमिक तहसम्मको शिक्षाको अधिकारलाई मजबुत बनाउने भनेको योजना र बजेट हो । योजनालाई सफल बनाउनका लागि विचारले मात्र हुन्न । यसलाई सफल बनाउन आर्थिक पाटो पनि महत्वपूर्ण छ । सोही महत्वपूर्ण पाटोअन्तर्गत रहेको अर्थ व्यवस्थापनका लागि आवश्यक बजेटको स्रोत कर हो । स्थानीय तहको मातहतमा आएको शिक्षालाई गुणस्तरीय बनाउन करले पनि भूमिका निर्वाह गर्छ । शिक्षामा राज्यको बजेट घटिरहेको समयमा कसरी बजेट बढाउन सकिन्छ ? भन्ने आम चासोको विषय हो । यही चासोको विषयलाई केन्द्रीत गरी राजधानीमा शिक्षाको लागि राष्ट्रिय अभियान नेपाल (एनसिई–नेपाल) ले शुक्रबार ‘शिक्षामा लगानी र प्रगतिशील कर प्रणालीका बारेमा नीतिगत बहस’ गरेको छ । शिक्षामा सरोकारवालाहरुको उपस्थितिमा गरेको उक्त कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमख आयुक्तको जिम्मेवारी सम्हालिरहेका तथा पूर्व अर्थसचिवको जिम्मेवारी समेत निभाइसकेका कृष्णहरि बाँस्कोटाले प्रस्तुत गरेको कार्यपत्र :
स्थानीय तहको शिक्षामा प्रगतिशील करमा छलफलका बुँदाहरू
१. सबै करमा शिक्षा सेवा शुल्क लिने : स्थानीय तहले उठाउने सबै कर (सम्पत्ती कर, घर बहाल कर आदि) मा निश्चित प्रतिशत शिक्षा कर उठाउने र शिक्षा क्षेत्रमा खर्च गर्ने ।
२. शिक्षा सेवा करलाई नयां अनिबार्य करको रुपमा लागू गर्ने :
मूल्य अभिबृद्धि कर (भ्याट) जस्तै शिक्षा सेवा कर लगाउने । यो कर सबैमा अनिबार्य गर्ने । भन्सारमा यो कर असुली गर्ने ।
३. सम्पत्ती करमा शिक्षा कर पनि उठाउने :
नागरिकको सम्पत्तीका आधारमा वा बार्षिक राजश्व तिरेको हैसियतका आधारमा थोरै सम्पत्ती हुने र थोरै कर तिर्नेलाई ५% र धेरै सम्पत्ती हुने र धेरै कर तिर्नेबाट क्रमशः १०% र १५% सम्म अतिरिक्त शिक्षा कर लिने ।
४. निजी शिक्षण संस्थामा मात्रै शिक्षा कर लगाउने :
निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाका विद्यार्थीबाट कर असुली गर्ने र सामुदायिक विद्यालयको सञ्चालनमा सो कर राजश्व लगानी गर्ने ।
स्कूलको शैक्षिक शुल्कनै हुनेका लागि र नहुनेका लागि फरक गर्ने :
शैक्षिक फि दूई प्रकारको हुन सक्छ, हुनेका लागि बढि दर र नहुनेका लागि कम दर ।
६. शिक्षामा कर दिगो लगानीको आधार :
कर लगाउन पाए, शिक्षाको मूल स्रोत नै कर हुने थियो ।
७. जोनिंग बाहिर जानेलाई कर लगाऔं :
जोनिगंमा कर लाग्छ कि लाग्दैन होला । आप्mनो क्षेत्र बाहिर जानु विदेश जानु सरह भएकाले कर लगाउन सकिन्छ ।
एक जनालाई एउटा सुबिधा एक पटक मात्रै दिने :
कक्षाको परीक्षामा अनुत्तिर्ण भए कर लाग्ने हो कि ? एउटा कक्षामा एक पटक अनुदान दिने हो, अनुत्तिर्ण भएर पुन सोही कक्षामा अध्ययन गर्न कर तिर्नुपर्छ ।
९. गैसस र निजी क्षेत्रको भूमिका :
गैर सरकारी संस्थाको भूमिका वा लगानी के कसरी हुने ? कार्यक्रम बजेटको निश्चित अंश शिक्षामा दिने ।
निजी क्षेत्रको सोसल कर्पोरेट रिस्पोन्साबिलिटी कति र कसरी हुने ? सामाजिक उत्तरदायित्व अन्तर्गत बिद्यार्थीको छात्रबृत्ति हुन सक्तछ ।
बैदेशिक छात्रबृत्ति र अध्ययनमा कर लिने :
बैदेशिक छात्रबृत्तिमा कति भर पर्न सकिने ? यस्मा कर लिने कि ?
शिक्षामा बाहिरिने लगानीलाई कसरी करको दायरामा ल्याउने ? यस्मा त कर लिनै पर्ला ?
११. शिक्षामा करको कुरै नगरौं :
रक्सी चुरोटमा कर नलाग्ने कुरा सोच्न पनि सकिन्न ? शिक्षामा कर लगाउने कुरा पनि कसरी सोच्ने होला ।
शिक्षा कर होईन स्कूललाई आत्मनिर्भर हुने आन्दानीमा उन्मुख गराउने :
शिक्षा कर उठाउनुको सट्टा स्कूलको आम्दानीको स्थायी स्रोत बृद्धि गर्ने । सार्वजनिक जमिनहरू स्कूललाई उपलब्ध गराउने र त्यसलाई व्यापारिक आम्दानीमा रुपान्तरित गर्ने । संबिधानमा निशुल्क शिक्षा भनेको छ , कसरी करको कुरा गर्न मिल्ला र ।
१३. निजी स्कूल गुठीमा मात्रै संचालन गर्ने :
निजी स्कूल गुठीमा संचालन हुनु पर्छ, व्यक्तिगत नाफामा होईन ।
१४. पैत्रिक सम्पत्ती राज्यमा जाने व्यबस्था गर्ने :
कुनै पनि व्यक्तिको सम्पत्ती निजले खपत गरेर वा कसैमा हस्तान्तरण गरेर बचेको सम्पत्ती स्वतः सरकारी ट्रष्टमा जाने व्यबस्था गर्ने । यसबाट निशुल्क शिक्षा संचालन गर्ने ।
सम्पूर्ण जमिन राज्यको नाममा राख्ने :
मुलुकभरीको जमिनको पूर्जा राज्यको नाममा राख्ने । राज्यले निश्चित प्रयोजनका लागि निश्चित जमिन निश्चित बर्षका लागि व्यक्तिलाई लिजमा दिने प्रणाली लागू गर्ने । यस प्रणाली अन्तर्गत बढि जमिन शिक्षण संस्थालाई बिबिध सेवामूलक आम्दानीको लागि उपलव्ध गराउने ।
१६. व्यापारिक र औद्योगिक प्रतिष्ठान लगायतमा बिद्यार्थीलाई ईन्टर्नको रुपमा खटाई सो बापत कर उठाउने :
स्थानीय तहभित्र विभिन्न कार्यक्रम सञ्चालन गर्ने निकायसँग समन्वय गरी विद्यार्थीलाई सिकाईकालागि अतिरिक्त क्रियाकलापकालागि विभिन्न कार्यमा इन्टर्नकारुपमा खटाउने र यसबाट तत् निकायबाट एक प्रकारले विद्यार्थीको श्रमबापत पारिश्रमिक माग गर्ने ।
१७. सरकारी अनुदान गुणस्तरीय स्कूलमा खर्च गर्ने :
सरकारी स्कूलमा पढाउन लाग्ने लागत बराबर बिद्यार्थीले नगद अनुदान लिएर निजीमा पढन जान पनि सक्तछ ।
शिक्षाको कर शिक्षामै खर्च हुनुपर्छ ।
स्थानीय तहमा शिक्षामा दिगो लगानी कसरी संभब होला ।
कि कर लगाउनु पर्यो कि अनुदान दिनु प¥यो ।
१८. बैदेशिक सहायतामा शिक्षा :
बैदेशिक सहायतामा कति निर्भर हुने, कति स्वाबलम्बी हुने ।
बैदेशिक ऋणबाट शिक्षा क्षेत्रमा लगानी गर्न सकिने कि नसकिने ? मनन गर्नुपर्ने बिषय छ ।
१९. कमजोर स्थानीय निकायलाई शिक्षामा विषेश अनुदान दिने :
नसक्ने स्थानीय निकायलाई बिशेष अनुदान दिनु पर्ने हुन सक्छ ।
स्थानीय निकायको पनि फरक फरक हैसियत छ ।
शिक्षाको कर शिक्षामै खर्च हुनुपर्छ ।
स्थानीय तहमा शिक्षामा दिगो लगानी कसरी संभब होला ।
कि कर लगाउनु पर्यो कि अनुदान दिनु पर्यो ।
२०. कूल बजेटको २० प्रतिशत शिक्षामा विनियोजन गर्ने :
स्थानीय तहको कूल राजश्व असुलीको २०% शिक्षा क्षेत्रमा अनिवार्यरुपमा लगानी गर्ने ।
स्थानीय तहका संघ, प्रदेश, जिल्ला समन्वय समिति र अन्यत्रबाट प्राप्त निशर्त अनुदानको कम्तिमा २०% रकम शिक्षा क्षेत्रमा छुट्याउनु पर्ने ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...