Skip to main content

शिक्षक

१) अहिले २१औँ शताब्दीका विद्यार्थी शिक्षकभन्दा पहुँचका हिसाबले धेरै शक्तिशाली छन् । अहिलेका शिक्षकको चुनौती, आफू त्यो संसारमा फिट हुनु हो । त्यसका निम्ति, शिक्षक र विद्यार्थीको संवाद अनि सम्बन्धको भूमिका महत्वपूर्ण छ । शिक्षकमा विषयलाई प्रस्तुत गर्ने राम्रो कला हुनु महत्वपूर्ण छ ।

२) हामी रातो कलम बोकेर विद्यार्थीको कमजोरी केलाउन तम्सिन्छौँ, तर हामी त्यही उत्तरपुस्तिकामा रहेको उसको सबल पक्षमा ध्यान दिँदैनौँ । अब विद्यार्थीको कमजोरी देखाउने रातो मसीसँगै विद्यार्थीको सक्षमता देखाउने हरियो मसीको प्रयोग हुन जरुरी छ ।

३) यदि अर्जुनले कृष्णलाई प्रश्न सोध्दैनथे भने गीता लेखिँदैनथ्यो । प्रश्न सोध्नु, छलफल गर्नु नै सिकाइ हो । प्रश्न समाधान हो । तर, धेरै शिक्षकले यो बुझ्न सकेका छैनन् ।

४) शिक्षकलाई वेलावेलामा अनिवार्य रूपमा बालमनोविज्ञानको कक्षा दिन जरुरी छ । विषय शिक्षकलाई नै आफैँले पढाएको विषयमा परीक्षा लिने हो अनि अर्कैले कापी जाँच्ने हो भने सबैको उत्तर आउँदैन भने विद्यार्थीलाई सबै कुरा कसरी आउँछ ? यो कुरा शिक्षकले बुझ्न जरुरी छ । तसर्थ, विद्यार्थीसँग रिसाउने, इष्र्या गर्ने, बदला लिनेजस्ता क्रियाकलाप शिक्षकले आफ्नो शब्दकोशबाटै हटाइदिनुपर्छ ।

५) वर्षको एक सय ८० दिन अनि दिनको ६ घन्टा, अहिलेजस्तै १५ वर्षसम्म एउटा विद्यार्थी जसरी पढ्दै छ, त्यति नै समय सामान्य गतिमा एउटा विद्यार्थी हिँड्ने हो भने, यो पृथ्वीको डेढ फन्को लगाउन सक्छ । हामीले शिक्षामा समय र उमेरका हिसाबमा ठूलो लगानी गरेका छौँ । त्यो लगानीको महŒव शिक्षा क्षेत्रमा लाग्ने मानिसले बुझ्न जरुरी छ । शिक्षालाई सार्थक बनाउन नेतृत्व लिन जरुरी छ ।

६) विद्यार्थी उत्कृष्ट शिक्षक खोज्दैनन्, उनीहरू त केवल आफूलाई सिक्न सक्ने वातावरण बनाइदिने शिक्षक खोज्छन् । तसर्थ, शिक्षक निकै ज्ञानी हुनुपर्छ भन्ने छैन । उसले विद्यार्थीलाई बुझ्न सक्ने किसिमको वातावरण बनाउन सके पुग्छ ।

७) अहिले अक्सफोर्ड विश्वविद्यालयमा शिक्षकलाई पनि ‘लर्नर’ भन्न थालिएको छ । पढाउँदा विद्यार्थीले पनि सिक्छन् र शिक्षकले पनि । सिक्ने सबैभन्दा उत्तम विधि नै अरूलाई सिकाउनु हो । यो कुरा हाम्रा शिक्षकले बुझ्न निकै जरुरी छ । शिक्षक, कि ‘अपडेट’ हुन्छन् कि ‘डिग्रेड’ हुन्छन् । शिक्षक यथास्थितिमा रहन सक्दैनन् । आफूलाई यथास्थितिमा राख्ने हो भने शिक्षकको स्तर आफैँ खस्किँदै जान्छ । सिक्न खोज्ने शिक्षक मात्र सफल हुन्छन् ।

Milan Pandey

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...