आकाशमा बेगसरी
उड्ने ती चरीहरू
जो आपसमा
कहिल्यै ठोक्किँ दैनन्
हिमाल र पहाड देखि
बग्ने ती नदीहरू
जो आफूखुशी
कहिल्यै रोक्की दैनन ।
ठोकिन्छन् केबल
मान्छे नाना थरीहरू
जो ठोक्किन कै लागि
साँधीएका छन्
रोकिन्छन् केवल तिनै
ताल र पोखरीहरू
जो रोकिनकै लागि
बाँध बाँधिएका छन् ।
ठोक्कि नु र रोकिनुको
यो कस्तो नियति
जो लुकामारी गर्दै
अघि बढिरहेका छन्
अहँ कहिल्यै रोकिँदैन
त्यो समयको गति
पछ्याउन नसक्ने
आफै लडिरहेका छन् ।
चरी झै उड्नु
नदी झै बग्नु
श्रम गरी खानु
कसैलाई नठ गनू
समयलाई चिन्नु
आफ्नै बाटो हिन्नु