गजल
टेको लाको बूकुरो त्यो ढल्ने हो कि सानु ।
अभावले चिसो चुलो नबल्ने हो कि सानु ।।
दिन रात दुःख गरी पसिना हाम्ले बगाकै हो ।
हाम्रो खेतमा उसकै बाली फल्ने हो कि सानु ।।
विभेदका पर्खालहरू भत्काई दिन्छु भन्थ्यो ।
फेरि पनि उसले हाम्लाई छल्ने हो कि सानु ।।
आश्वासनको भर पर्दा जीवन अन्धकार भो ।
अब हाम्ले आफ्नो सोच बदल्ने हो कि सानु ।।
आऊ सँगै अँध्यारोमा एउटा द्वीप जलाउँदै ।
अब हामी आफ्नै सुरले चल्ने हो कि सानु ।।
२०७७/०३/०२/६:३३am