लागुऔषध दुव्र्यसन, आजको ज्वलन्त समस्या भूमिराज शर्मा असार १२ अर्थात जुन २६ तारिखमा पर्ने लागु औषध व्यापार विरुद्धको दिवस विश्वभर मनाइयो । विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाहरुले विविध कार्यक्रमहरुको आयोजना गरी साताव्यापी रुपमा यो दिवस मनाए । औपचारिक वा अनौपचारिक रुपमा जे जस्ता कार्यक्रमहरु मनाइएता पनि ती कार्यक्रहरु खासै प्रभावकारी बन्न सकेनन् । जति दिवस मनाइएता पनि न त लागु औषधको व्यापार घटेको छ न त यसका प्रयोग कर्ताहरु नै । बरु उल्टै दिनानुदिन लागु औषधको व्यापार फस्टाएको छ । यसका प्रयोग कर्ताहरु पनि दिन दुई गुना , रात चौगुना बढी रहेका छन् । कुनै पनि सभ्य समाजको लागि पक्कै पनि यो गतिलो संकेत होइन । यसले भोलिका दिनहरुमा के कस्तो परिणाम ल्याउला भन्ने तर्फ हामी सचेत बन्न सकेका छैनौ । हिजो आज हामीले विद्यालय एवं समाजमा लागुऔषध दुव्र्यसनीमा लागेका बालबालिकाहरु र त्यसले परिवार र समाजमा पारेका नकारात्मक प्रभावहरुका बारेमा पर्याप्त देखिरहेका र सुनिरहेका हुन्छौँ । दुव्र्यसनीले बालबालिका स्वयम्को विकासमा प्रभाव त पार्दछ नै यसले परिवार र समाजलाई पनि आहत बनाइरहेको हुन...
A Complete Educational Blog