Skip to main content

Posts

एसएलसीबाट बञ्चित छात्रा बढी

दोलखा, चैत्र १५ - शैक्षिक जीवनमा विशेष महत्व ठानिने एसएलसी परीक्ष्ाामा समेल हुन तयार भएर पनि दोलखाका तीन सय ४९ जना छुटेका छन् । छुटेकामध्य महिला विद्यार्थी बढी छन् । व्यक्तिगत कारण र प्रकृया पूरा नभएका कारण परीक्षाबाट विमुख हुनेको संख्या त्यति पुगेको अनुमान गरिएको छ । एसएलसी सकिएपछि जिल्ला शिक्षा कार्यालयद्धारा आयोजित पत्रकार सम्मेलनमा नियमिततर्फ सात छात्र र १६ छात्रा गरी २१ जना परीक्षामा सामेल नभएको जानकारी दिइएको छ । एक्जेम्टेडतर्फ एकसय १३ छात्र र एकसय १४ छात्रा गरी दुई सय २७ जना परीक्षामा अनुपस्थित भएको जिल्ला शिक्षा अधिकारी दीपक शर्माले बताए । परीक्षामा पुरुष भन्दा महिला विद्यार्थी बढी संख्यामा अनुपस्थित रहेको पाइएको छ । एसएली परीक्षा दिन आवेदन फारम भरेपछि विहे भएर अन्तै जाने समस्या छ । परीक्षाका बेला बच्चा जन्माउने कारणले पनि महिला विद्यार्थीहरु अनुपस्थित हुने देखिएको शिक्षा कार्यालयको अनुमान छ । त्यसैगरी बैदेशिक रोजगारीमा जाने र पटकपटक परीक्षा दिदाँ पनि असफल भएपछि दिक्क भएर छाड्ने कारण पाइएको शिक्षा अधिकारी शर्माले बताए । अनुपस्थित रहनेमध्ये एकसय २१ जना भने प्रकृया नपुगेर...

त्रिविको पूर्व स्वीकृति नलिई अन्यत्र शिक्षण संस्थामा कार्यरत शिक्षक कर्मचारीहरु

शिक्षक सेवा आयोगद्धारा प्रकाशित प्राथमिक नतिजा

शैक्षिक गुणस्तरका लागि विद्यालय गाभियो

रत्ननगर (चितवन),  चैत १५ गते । विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि चितवनमा विद्यालय गाभिने प्रक्रिया सुरु भएको छ ।  जिल्लामा पहिलो पटक माडीको कल्याणुर गाविस– ५ मा रहेको राप्रावि जनकल्याण कीर्तनपुरलाई जनकल्याण माविमा गाभिएको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले बताउनुभयो ।  पचास जना विद्यार्थी रहेको राप्राविलाई दुवै विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार गाभिएको हो । आगामी शैक्षिकसत्रबाट जनकल्याण माविलाई उच्च मावि बनाउनका लागि गाभ्ने निर्णय भएको जनकल्याण राप्राविका प्रधानाध्यापक यमनाथ सुवेदीले बताउनुभयो ।   शिक्षा कार्यालयका अनुसार जिल्लाका कुनै एक कक्षामा १२ जना विद्यार्थीभन्दा कम भए विद्यालय गाभ्नुपर्ने हुन्छ । उक्त राप्राविमा कक्षा १ देखि ३ सम्म १२ जनाभन्दा कम विद्यार्थी छन् । सो कारणले पनि विद्यालय गाभ्न जरुरी भएको शिक्षा अधिकारी रमाकान्त शर्मा बताउनुहुन्छ । यस वर्ष शिक्षा कार्यालयले चितवनका चार वटा विद्यालयलाई समायोजनका लागि पत्राचार गरेको छ । पहाडी गाविसको हकमा भने यो लागू छैन । पहाडमा विद्यालय जान घण्टाँै लाग्ने भएकाले सहरी क्षेत्रमा प्...

संस्कृति नजोडिएको पढाइः भोलिको खोजी

- प्रा.डा. विद्यानाथ कोइराला पढाइको सन्दर्भ के पढ्ने? कसरी पढ्ने ? किन पढ्ने ? यी त्रयीय प्रश्न हुन् । नेपाली बालबालिकाले घर पढे । खेती पढे । जीन्दगी पढे । तर पढाउनेहरुले किताब पढायौँ । किताब र बालबालिकाको पढाइबीच सम्बन्ध राखेनौँ । देखाएनौँ । हाम्रो शैक्षिक संस्कारले बालबालिकाले बुझे कि पढाइ छुट्टै हो । पढ्ने चिज छुट्टै हो । यी दुईमा सम्बन्ध छैन । किन त्यस्तो भयो ? उत्तर सामान्य छ । शिक्षक ‘योजक’ बनेनौँ । बनाइएनौँ । यो ‘एटोले’ बुद्धिले हाम्रा बालबालिकाले पढेनन् । पढ्नै जानेनन् । किताब कस्ता बने ? अर्काे यक्ष प्रश्न हो । रमाइलो । मनोवैज्ञानिकवालाले त्यही भने । विज्ञहरुले त्यही भन्यौँ । तर बालबालिकाले पढेको जिन्दगीले त्यसो भनेन । उनको मौन बोली रह्यो– ताराबाजी लैलैले के गर्नु ? चौधरीको कथाले के गर्नु ? पहिलोले उफा¥यो । दोस्रोले उत्साहित बनायो । तर दुवै खाले किताबले जिन्दगी जोडेन । धान रोप्ताको मजामा वनस्पतिशास्त्रका कुरा सिकेन । प्राणीशास्त्र देखेन । जग नै बसेन । ठूलो कक्षामा पुग्दा शब्द सिक्यो । प्राणीशास्त्र । वनस्पतिशास्त्र । भोग्यो बाल्यकालमा । पढ्यौ युवाकालमा । दुवै कालमा जोडेन...

प्रवेशिका परीक्षा सम्पन्न निष्कासित शिक्षक तथा कर्मचारीलाई कारबाही गरिने

भक्तपुर,  चैत १४ गते । प्रवेशिका परीक्षा आजदेखि सम्पन्न भएको छ ।  यही चैत ६ गतेदेखि सुरु भएको परीक्षामा नियमिततर्फ चार लाख १९ हजार ३५२ र एक्जाम्टेडतर्फ एक लाख ४६ हजार ७३३ विद्यार्थीले परीक्षा दिएको परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक प्रह्लाद अर्यालले जानकारी दिनुभयो । देशभर शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न भएको बताउँदै उहाँले तराईका जिल्लामा पनि विगत वर्षभन्दा यस वर्ष परीक्षा सञ्चालनमा व्यापक सुधार आएको जिकिर गर्नुभयो ।  परीक्षाका लागि देशभरका एक हजार ८३६ परीक्षा केन्द्रमा ५३ हजार ७६ जनशक्ति र सुरक्षाका लागि देशभर १८ हजार ३६० प्रहरीलाई खटाइएको थियो ।   परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले परीक्षा सञ्चालनका क्रममा जिल्ला जिल्लामा परीक्षा समितिद्वारा निष्काशनमा परेका शिक्षक तथा कर्मचारीलाई कसुरअनुसार कारबाही गरिने बताउनुभयो ।  यसवर्ष कारबाहीबाट कोही उम्कन नपाउने बताउँदै उहाँले सबै जिल्लाबाट विवरण आएपछि कारबाही अगाडि बढाइने जानकारी दिनुभयो । तराईका केही परीक्षा केन्द्रमा सुरक्षाकर्मी र परीक्षार्थीबीचको विवादका कारण बिथोलिएको परीक्षा पुनः...

शिक्षक सेवा आयोगबाट प्रकाशित प्राथमिक तहको नतिजा(पाँचथर,ताप्लेजुङ,झापा, इलाम)

नेपाल सरकार शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुर खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा तथा अन्तर्वाता सम्बन्धी सूचना शिक्षक सेवा आयोगबाट प्रकाशित भएको तपसिलमा उल्लेखित वि.नं. र तहको स्थायी पदपूर्तिको लागि भएको विज्ञापन बमोजिम मिति २०७०।२।११ गते लिइएको प्राथमिक तहको लिखित परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुमध्ये रोल नं.को सिलसिलेवार रुपमा देहायका उम्मेदवारहरुलाई देहायको मिति, समय र स्थानमा हुने अन्तर्वार्ताको लागि छनौट गर्ने आयोगको मिति २०७०।१२।१४ गते निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । प्राथमिक तहको नतिजा प्रकाशित भएका जिल्ला र अन्तर्वार्ता कार्यक्रम क्र.सं. नतिजा प्रकाशित जिल्लाहरु अन्तर्वार्ता स्थान अन्तर्वार्ता मिति ज्ञ पाँचथर जि.शि.का., झापा द्द ताप्लेजुङ जि.शि.का., इलाम घ झापा जि.शि.का., पाँचथर द्ध इलाम जि.शि.का., ताप्लेजुङ २०७१।२।३ गते शनिवार विहान ८.०० बजेदेखि for more info. plz click http://www.tsc.gov.np/site/getFile/news/402