Skip to main content

एसएलसीबाट बञ्चित छात्रा बढी

दोलखा, चैत्र १५ - शैक्षिक जीवनमा विशेष महत्व ठानिने एसएलसी परीक्ष्ाामा समेल हुन तयार भएर पनि दोलखाका तीन सय ४९ जना छुटेका छन् । छुटेकामध्य महिला विद्यार्थी बढी छन् ।
व्यक्तिगत कारण र प्रकृया पूरा नभएका कारण परीक्षाबाट विमुख हुनेको संख्या त्यति पुगेको अनुमान गरिएको छ । एसएलसी सकिएपछि जिल्ला शिक्षा कार्यालयद्धारा आयोजित पत्रकार सम्मेलनमा नियमिततर्फ सात छात्र र १६ छात्रा गरी २१ जना परीक्षामा सामेल नभएको जानकारी दिइएको छ । एक्जेम्टेडतर्फ एकसय १३ छात्र र एकसय १४ छात्रा गरी दुई सय २७ जना परीक्षामा अनुपस्थित भएको जिल्ला शिक्षा अधिकारी दीपक शर्माले बताए ।
परीक्षामा पुरुष भन्दा महिला विद्यार्थी बढी संख्यामा अनुपस्थित रहेको पाइएको छ । एसएली परीक्षा दिन आवेदन फारम भरेपछि विहे भएर अन्तै जाने समस्या छ । परीक्षाका बेला बच्चा जन्माउने कारणले पनि महिला विद्यार्थीहरु अनुपस्थित हुने देखिएको शिक्षा कार्यालयको अनुमान छ । त्यसैगरी बैदेशिक रोजगारीमा जाने र पटकपटक परीक्षा दिदाँ पनि असफल भएपछि दिक्क भएर छाड्ने कारण पाइएको शिक्षा अधिकारी शर्माले बताए ।
अनुपस्थित रहनेमध्ये एकसय २१ जना भने प्रकृया नपुगेर परीक्षामा सामेल हुन पाएनन् । शैक्षिक सत्र २०७० मा उनीहरुले कक्षा १० मा अध्ययन गर्दा हाजिर संख्या नपुगेर अयोग्य ठहरिएको विवरण सम्वन्धित विद्यालयहरुले शिक्षा कार्यालयमा पठाएका छन् । यस बर्ष दोलखाबाट एक जना विद्यार्थीले गणित विषय पछिका परीक्ष्ााहरुमा सामेल हुन पाएनन् । भीम उच्च मावि परीक्षा केन्द्रबाट परीक्षा दिने विद्यार्थीले आफ्नो कापी घर लिएर गएका हुनाले त्यसपछिको परीक्षाबाट बञ्चित गरिएको जानकारी पनि शिक्षाले दिएको छ ।
यसबर्षको परीक्षा तुलानात्मक रुपमा मर्यादित र शान्तिपूर्ण भएको जिल्ला परीक्षा समन्वय समितिको ठहर छ । प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले परीक्षा केन्द्रको वाहिरी बातावरण र भित्री वातावरण मर्यादित भएको बताए । यसबर्ष दोलखाबाट नियमिततर्फ तीन हजार चारसय ३९ र एकजेम्टेडतर्फ एकहजार छ सय दुई गरी कुल पाँच हजार ४१ जना परीक्षामा सामेल भएको केन्द्रहरुबाट प्राप्त भएको शिक्षाद्धारा जारी वक्तव्यमा उल्लेख छ ।
 (कान्तिपुर दैनिकबाट)

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...